थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त
काठमाडौं । थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त भएका छन् । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शिवाकोटीलाई सञ्चालक समितिको अध्यक्षको पदमा नियुक्त गरेको हो । कम्पनीका अनुसार थ्री स्टार हाइड्रोपावरको सञ्चालक समितिका अध्यक्ष कुमार खरेलले राजीनामा दिएसँगै कम्पनीले उक्त पदमा शिवाकोटीलाई नियुक्त गरेको हो ।
प्रभु बैंकको सञ्चालकमा बस्नेत नियुक्त
काठमाडौं । प्रभु बैंकको सञ्चालकमा बृष बहादुर बस्नेत नियुक्त भएका छन् । पुस ६ गते बसेको बैंक संचालक समितिको बैठकले बस्नेतलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल बैंकको सीईओ बने पाण्डेय, खराब कर्जा घटाएर बैंकलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता
काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । सीईओ छनोट समितिले आज पाण्डेयसहित सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले पाण्डेयलाई सीईओ बनाउने निर्णय गरेको हो । तत्कालीन भिवोर विकास बैंक समस्याग्रस्त हुँदा उनी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर बैंक प्रवेश गरेका थिए । भिवोर विकास बैंकको अवस्था सुध्रिएपछि लुम्बिनी विकास बैंकसँग मर्ज भयो । र, उनी बाहिरिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशनल बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिक डाइरेक्टर भएर १ वर्ष काम गरेका थिए । उनले हाल नेपाल बैंकको खराब कर्जा बढी, रिकभरीको समस्या र लगानीको सुस्तता भएकोले यो समस्या समाधानका लागि आफूले काम गर्ने बताए । उनले ग्राहकहरुको मनोबल उठ्न नसकेका समस्या पहिचान गरी समाधान गर्ने पनि बताएका छन् ।