गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागकै उपमहानिर्देशकका रुपमा कार्यरमत जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको हो । यसअ‍घि यही माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् । उनको नियसक्तिसँथै ‍गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ ।

छिमेक लघुवित्तको सीईओमा तिवारी नियुक्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपक निधी तिवारी नियुक्त भएका छन् । माघ १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओ पदमा नियुक्त गरेको हो । उनले माघ ११ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।

नेपाल टेलिकमका नवनियुक्त अध्यक्ष जोशीले लिए शपथ

काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा मनिष जंग जोशी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष जोशीले माघ ५ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् । सञ्चालक समितिको सदस्य जोशी गत पुस २९ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । यसअघि टेलिकमको अध्यक्ष अम्बिका प्रसाद पौडेल थिए ।