डिप्रोक्स लघुवित्तको सीईओमा पुनः शेषरमण आचार्य नियुक्त
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत (सीईओ)मा पुनः शेषरमण आचार्य नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिले आचार्यलाई संस्थाको सीईओ पुनः नियुक्त गरेको हो । लघुवित्तले सीईओ आचार्यलाई आगामी ४ वर्षका लागि सीईओमा दोहोर्याएको हो । उनको पहिलो कार्यकाल माघ २० गते सकिदै छ । कार्यकाल सकिनु अघि नै उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।
मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पाँच जना निर्वाचित, सीताराम काफ्ले बने अध्यक्ष
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । पुस २५ गते सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाले सञ्चालक समितिमा ५ जना निर्वाचित गरेको हो । नयाँ सञ्चालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल रहेका छन् । त्यस्तै, संस्थापक संस्थागत कम्पनी मुक्तिनाथ विकास बैंकको तर्फबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका छन् । यससँगै पुस २६ गते बसेको नव निर्वाचित सञ्चालकहरुको बैठकबाट सीताराम काफ्ले अध्यक्षमा चयन भएका छन् । त्यस्तै, सञ्चालक भरतराज ढकाललाई ४ वर्षे कार्यकालका लागि प्रबन्ध सञ्चालकमा चयन गरेको हो । मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो । कम्पनीले सर्वसाधारण सेयरको निष्कासन समेत गरिसकेको छ । कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी वस्तु तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रमा जोड दिँदै आइरहेको छ ।
नाडेप लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न, दुई सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शुक्रबार रानीबन पार्टी प्यालेस नगार्जुनमा सम्पन्न भएको हो । नवौं वार्षिक साधारण सभा पिताम्वर प्रसाद आचार्यको अध्यक्षामा सम्पन्न भएको हो भने प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीले स्वगत मन्तव्य राखेका थिए । सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले हाल वित्तीय क्षेत्रमा प्रतिकुल अवस्था रहेता पनि आगामी दिनमा सहज परिस्थितिको कामना गर्दै ग्राहक सदस्यलाई थप गुणस्तरीय सेवा प्रदान गर्दै सेयरधनीको अपेक्षा पुरा गर्न संस्था कटिवद्ध रहेको जानकारी गराए । आगामी दिनमा नेपाल राष्ट्र बैंकबाट जारी हुने नीति तथा निर्देशनहरु अझै लघुवित्त मैत्री होस भन्ने कामना समते गरे । त्यसैगरी नाडेप लघुवित्त वित्तीय संस्थाको उन्नति र प्रगतिमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग, सल्लाह र प्रोत्साहित गरी आ–आफ्नो क्षेत्रबाट पुर्यााएको योगदानका लागि सम्पूर्ण शेयरधनी महानुभावहरु, ग्राहकहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सजेन्ज, लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, बैंक तथा वित्तीय संस्थाहरु, लेखापरीक्षक, दातृ निकायहरु र यस वित्तीय संस्थाका कर्मचारीहरुलाई सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा गरे । नवौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन आगामी आर्थिक वर्षको लागि विदुर एसोसिएटस् लेखापरीक्षकमा नियुक्ति तथा परिश्रमिक निर्धारण गर्ने प्रस्तव पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकमा विवेक कडेल र सुष्मा वाग्लेलाई निर्वाचित गरेको छ ।