सुर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विशाल अग्रवाल नियुक्त

काठमाडौं, १९ असोज । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विशाल अग्रवाल नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई आगामी एक कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको हो । अग्रवालको कार्यकाल असोज १८ गतेबाट शुरु भएको छ । नियुक्त भएको दिन देखि नै अग्रवालले इन्स्योरेन्सको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् ।

माछापुच्छ्रे बैंकको सिइओमा निरज श्रेष्ठ नियुक्त

काठमाडौं, १९ असोज । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निरज श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चाल समितिको बैठकले श्रेष्ठलाई आगामी चार बर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो । असोज २८ गतेको नियुक्त पाएका उनले दशैंपछि बैंकको कार्यभार सम्हाल्नेछन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकतृ तुलसीराम गौतमले कार्यकाल सकिनु एक महिना अघि नै बिदा बसेपछि श्रेष्ठलाई सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ । श्रेष्ठले केहि समय अघि मात्रै ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरेका थिए ।

हानको अध्यक्षमा अमरमान शाक्य, २१ सदस्यीय नयाँ कार्यसमिति छनोट

काठमाडौं १७, असोज । होटल संघ नेपाल (हान)मा अमरमान शाक्य चयन भएका छन् । हानलको ४५ औं अधिवेनबाट ताहाचलस्थित अमर होटलका संचालक शाक्यर्लाइ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । हानको अहिलेसम्मको इतिहासमा अध्यक्ष निर्विरोध नै चयन गर्ने गरिएकोले यो पटक पनि सोही मापदण्ड लागू गरिएको हानले बताएको छ । हानको आगामी दुई वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्ष होटल अन्नपूर्णकी संचालिका सिर्जना राणा, द्वितिय उपाध्यक्षमा शंकर होटलका संचालक विनोद शंकर श्रेष्ठ, महासचिवमा एयरपोर्ट होटलका संचालक विनायक शाह चयन भएका छन् । शाहले महासचिवमै आफ्नो कार्यकाल दोहोर्याएका हुन । कार्यसमितिको कोषाध्यक्षमा पार्क भिलेज रिसोर्टका संचालक सुनिल शाक्य चयन भएका छन् । क्षेत्रिय होटलमा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष विप्लव पौडेल, क्षेत्रीय होटल संघ चितवनबाट घनश्याम श्रेष्ठ कार्यसमिति सदस्य चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शाक्यले पर्यटन क्षेत्रमा होटलको महत्व स्पष्ट पारेर अगाडि बढ्ने बताए । पर्यटन क्षेत्रमै सबैभन्दा बढी लगानी भएको यो क्षेत्रलाई सरकारले प्राथमिता नदिएको र पर्यटन क्षेत्र नै ओझेमा परेकोले आफ्नो कार्यकालमा होटल क्षेत्रकै स्थायित्वको लागि आफूले पहल गर्ने बताए ।