एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोमेश्वर सेठ नियुक्त

काठमाडौं, १९ कात्तिक । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सोमेश्वर सेठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सेठलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सेठले कात्तिक १६ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रहरीमा ३७ सय पद रिक्त, खुला प्रतिस्पर्धाबाट छान्ने काम पनि अगाडि बढेन

काठमाडौं १२, कात्तिक । काठमाडौं –नेपाल प्रहरीमा खुल्ला प्रतिस्पर्धाबाट लिइने प्रहरी जवान, प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षकको २ हजार ४ सय ७४ पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले भने ६ सय ३७ जनाका लागि मात्रै भर्ना खुल्ला गरेको छ । सार्वजनिक कार्यक्रमहरूमा प्रहरी नेतृत्वले अपराध अनुसन्धान र शान्ति सुरक्षामा जनशक्ति अभाव रहेको तर्क गर्दै आएको छ । प्रधान कार्यालयको मानवस्रोत विभागका अनुसार संगठनमा प्रहरी कार्यालय सहायकदेखि डीआईजीसम्म ३ हजार ७ सय ९७ पद रिक्त छ । तर, त्यसलाई पूर्ति गर्न नयाँ भर्ना र बढुवा प्रक्रिया अगाडि बढाइएको छैन । प्रहरी प्रवक्ता हेमन्त मल्लका अनुसार प्रहरी निरीक्षकमा ८६ र प्रहरी सहायक निरीक्षक ९असई० मा ५ सय ५१ पदका लागि भर्ना आहवान भएको छ । मानवस्रोत विभागको तथ्यांकमा प्रहरी निरीक्षकमा २ सय ४ र असईको ७ सय १० पद रिक्त छ । खुल्ला प्रतिस्पर्धाबाट छानिने प्रहरी जवानको १ हजार ८ सय ३७ पद रिक्त भए पनि भर्ना प्रक्रिया सुरु भएको छैन । कान्तिपुर दैनिकबाट ।

सिविआईएल क्यापिटलको ब्राण्ड एम्बेस्डरमा विजय लामा नियुक्त

काठमाडौं, ११ कात्तिक । सिविआइएल क्यापिटलले कम्पनीको ब्राण्ड एम्बेस्डरमा क्याप्टेन विजय लामालाई नियुक्ति गरेको छ । लामालाई बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो । उक्त बैठकमा सि.वि.आई.एल कम्पनी र नेपालको उड्यन तथा मिडिया क्षेत्रमा सुपरिचित क्यापटेन लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लामाद्धारा यस कम्पनीले प्रदान गर्ने विभिन्न सेवाहरु मध्ये मुलतः लगानी व्यवस्थापन सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार तथा प्रवद्र्धन गरिनेछ ।