हिमालयन जनरल इन्स्यारेन्समा सुशिल बज्राचार्य
काठमाडौं, १० साउन । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुशिल बज्राचार्य नियुक्त भएका छन । कम्पनीले बज्राचार्यलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । साउन १ गतेबाटै बज्राचार्यले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका छन । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आइतबार नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखेर सो जानकारी गराएको हो । बज्राचार्य यसअघि सोही कम्पनीमा नायब महाप्रबन्धकमा कार्यरत थिए ।
जनता बैंकमा कुमार लम्साल, ग्लोवल आईएमईमा अनिल ज्ञवाली
७ जेठ । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा लम्साललाई चार वर्षको लागि नियुक्त गरेको हो । लम्सालले विहीबारदेखि नै जनता बैंकमा जिम्मेवारी समालेका छन् । लम्साल यसअघि किष्ट र मर्जपछिको प्रभु बैंकमा छोटो अवधि कार्यकारी प्रमुख भएका थिए । उनले सानिमा बैंकमा साढे ६ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार समालेका थिए । जनता बैंकमा डा रमेश कुमार भट्टराईले राजीनामा दिएपछि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो ।त्यसैगरी ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । ज्ञवाली नविल बैंकमा चार वर्षे कार्यकाल सकिए लगत्तै ग्लोवल आईएमईमा फर्केका हुन् । चार वर्षअघि उनी सोही बैंकमा एक कार्यकाल कार्यकारी प्रमुख भएर काम गरेका थिए । जेठको पहिलो सातामा तीन वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् । जेठ १ गते सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका थिए । ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको चार वर्षे कार्यकाल बैशाख ३१ गते सकिए लगत्तै बज्राचार्यले नयाँ बैंकमा जिम्मेवारी समालेका हुन् । ग्लोवल आईएमई बैंकमा कार्यकारी प्रमुख हुनुपूर्व उनी एनसीसी बैंकमा चार वर्ष कार्यकारी प्रमुख थिए । त्यसअघि उनले नेपाल बैंकमा वित्तीय विदेशी व्यवस्थापन टोलीमा रहेर काम गरेका थिए ।
नवनियुक्त महानिर्देशक खतिवडाबाट पदवहाली
२ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त महानिर्देशक धरणीधर खतिवडाले बुधबार महासंघमा महानिर्देशकको पदवहाली गरेका छन् । खतिवडा यसअघि महासंघको वरिष्ठ परामर्शदाताको रुपमा कार्यरत थिए । नेपाल सरकारका विभिन्न निकायहरुमा नेतृत्वदायी पदमा रही काम गर्नु भएका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका हुन् । पदवहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन गर्नुहुंदै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरुबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।