नेपाल व्यवस्थापन संघको कार्यकारी निर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को कार्यकारी निर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । संघले असार १ गतेदेखि लागु हुने गरि कम्पनीको कार्यकारी निर्देशकमा पौड्याललाई नियुक्त गरेको हो ।  

नेपाल एसबिआई बैंकको संचालकमा विजयकुमार त्यागी नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकको संचालकमा विजयकुमार त्यागी नियुक्त भएका छन् । असार ४ गते बसेको बैंकको संचालक समितिको ४०८औँ बैठकले त्यागीलाई कम्पनीको संचालकमा नियुक्त गरेको हो । यसअघि बैंकको संचालकमा प्रबोध पारिख रहेका थिए । पारिखले असार ४ गतेदेखि नै लागु हुने गरि बैंकको संचालकाे पदबाट राजिनामा दिएका हुन् ।

एक्सल डेभलपमेन्ट बैंकका सिइओ पोख्रेलको कार्यकाल थपियो

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेलको कार्यकाल थपिएको छ । बैंक सञ्चालक समितिको असार १ गते बसेको बैठकले पाख्रेलको कार्यकाल थप्ने निर्णय गरेको हो । पोखरेललाई चार बर्षअघि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । उनले अब फेरी चार बर्षसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा एक्सल डेभलपमेन्ट बैंकको नेतृत्व सम्हाल्नेछन् ।