ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले कामु सीईओ पौड्यालाई सीईओमा नियुत्त गरेको हो । यसअघि बैंकमा डेपटी हुदै अनिल ज्ञवालीले राजिनामा गरेपछि कामु सीईओको रुपमा उनले काम गरेका थिए । पौड्याल भदौ २९ गते कामु सिइओ जिम्मेबारी सम्हालेका हुन् । उनले झण्डै ३ दशक बैंकिङ क्षेत्रमा बिताएका छन् । नबिल बैंकबाट बैंकिङ क्षेत्रमा जागिर सुरु गरेका पौड्यालले त्यहाँ ११ बर्ष काम गरेपछि एनआइसी एसियामा पनि काम गरेका छन् ।

गुराँस लाइफ इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नारायणकुमार भट्टराई नियुक्त भएका छन् । बैंकको संचालक समितिको १४२ औं बैठकले कम्पनीको सीईओ पदमा भट्टराईलाई नियुक्त गरेको हो । संचालक समितिले मंसीर ११ गतेदेखि लागु हुनेगरि भट्टराईलाई सिईओ पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । नवनियुक्त भट्टराईले पुने यूनिभर्सिटीबाट बीएससी तथा म्यानीपुर यूनिभर्सिटीबाट एमबीए उपाधि हासिल गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब ९ वर्ष सेवा गरि मिति २०६८ साल मंसीर १ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा सहायक महाप्रबन्धक पदमा नियुक्त भएका भट्टराई मिति २०७० साल माघ १ गतेदेखि नायब महाप्रबन्धक पदमा बढुवा भएका थिए । कार्यरत अवधिमा कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुखको जिम्मेबारी कुशलतापुर्वक निर्वाह गरि सकेका भट्टराईले यस अवधिमा धेरै पटक कम्पनीको कायम मुकायम प्रमुख भई कार्य गरि सकेका छन् । जीवन बीमा क्षेत्रमा लामो अनुभव सँगालेका भट्टराईको नेतृत्वमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै अगाडी बढ्ने विश्वास लिइएको छ ।

विशाल बजार कम्पनीले खुलायो सीईओको जागिर, ७ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ । कम्पनीले ७ दिनभित्र आवेदन दिन भनेको छ । अर्थशास्त्र, वाणिज्यशास्त्र र समाजशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उतिर्ण वा क वर्गको वाणिज्य बैंकमा १० औं तहसम्म काम गरेकाले आवेदन दिन पाउने व्यवस्था गरेको छ । कम्पनीले प्रशासन सहायक, लेखापाललगायत कनिष्ठ तहमा ६ जनाका लागि जागिर खुलाएको छ ।