ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा नुमनाथ पौडेल नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा नुमनाथ पौडेल नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न २८९औँ सञ्चालक समितिको बैंठकले पौडेललाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्को सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । गत माघ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई फाइनान्सको सिईओमा नियुक्त गरेको हो । उक्त सञ्चालक समितिले आगामी ४ वर्षको लागि फाइनान्सको सीईओ पदमा श्रेष्ठलाई नियुक्त गरेको हो । नवनियुक्त सीईओ श्रेष्ठले माघ १७ गतेदेखि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालिसकेका छन् ।

सानिमा लाईफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा जितु नेपाल र स्वस्तिमा खड्का

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लि.ले कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा नेपालका चर्चित कलाकार जितु नेपाल र स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । कम्पनीले यी दुई कलाकारलाई आगामी दुई वर्षका लागी कम्पनीको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । सोमबार आयोजीत एक कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी र कलाकारबीच करार पत्रमा हस्ताक्षर भएको छ । उक्त करार बमोजिम कलाकारले कम्पनीको आफ्नो लक्षित जीवन बीमाको व्यावसायिक कारोबारको लागि प्रवध्र्रनात्मक विज्ञापनहरु, तथा अन्य कार्यक्रमहरु गर्नेछन् ।