ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य, केन्द्रीय बैंकदेखि विदेशीसँग काम गरेको समेत अनुभव
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुभवी बैंकर रत्नराज बज्राचार्य नियुक्त भएका छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुवँरले पदबाट राजीनामा गरेपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंक संचालक समिति स्रोतले जानकारी दियो । चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले २० वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेकाकाे देखि वित्तीय क्षेत्र सुधारकाे क्रममा नेपाल बैंकमा व्यवस्थापन विदेशीले संहाल्दा उच्च तहमा सँगै काम गरेको अनुभव पनि हासिल गरेका छन् । उनी नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा पहिलाे पटक प्रमुख कार्यकारी अधिकृत भएका थिए । एनसीसी बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएपछि बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । ग्लोबल आइएमई बैंकको ४ वर्षे कार्यकाल पूरा भएपछि बज्राचार्य सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । सनराइज बैंकमा पनि ४ वर्षे कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए । बज्राचार्य अहिलेसम्म जुन बैंकको प्रमुख कार्यकारी अधिकृत भएका छन्, ती बैंकमा एक कार्यकाल पूरा गरेका छन् । र, उनले कार्यकाल दोहोर्याएका छैनन् । करिब १ वर्षअघि तत्कालिन जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि परशुराम कुवँरले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहालेका थिए । तत्कालिन कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोबल आइएमई बैंकमा मर्ज हुने वित्तिकै ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका बज्राचार्यले पोष्ट मर्जर व्यवस्थापनमा विशेष भूमिका निर्वाह गरेका थिए । अहिले पनि ग्लाेबल आइएमई बैंकमा पाेष्ट मर्जर व्यवस्थापनदेखि व्यवसाय विस्तारसम्मका चुनाैति सामना गर्न बैंकले उनलाई जिम्मेवारी दिएकाे हाे । खह्राे स्वभावका बज्राचार्य नतिजामुखी बैंकर्सकाे रूपमा परिचित छन् ।
नेपाली काँग्रेसको वित्तीय विभागको सचिवमा सुरेन्द्र भण्डारी मनाेनीत
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा श्री लालीगुराँस मल्टीप्रपोज सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी मनाेनीत भएका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई उक्त पदमा मनाेनयन गरेका हुन् । सभापति देउवाले नेपाली काँग्रेसको विद्यान, २०१७(संशोधनसहित) को धारा २५ (९) बमोजिम सीईओ भण्डारीलाई उक्त पदमा मनाेनयन गरेका हुन् । यससँगै पार्टीको केन्द्रिय वित्तीय तथा सहकारी संस्था समन्वय विभागका साथै समग्रमा नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउन भण्डारीको योगदान हुने सभापति देउवाको विश्वास छ ।
एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालकाे कार्यकाल थप
रमेशराज अर्याल, प्रमुख कार्यकारी अधिकृत, एनसीसी बैंक लिमिटेड काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रमेशराज अर्यालकाे कार्यकाल थप भएकाे छ । असाेज १ गते उनकाे पहिलाे कार्यकाल सकिदै थियाे । गत साेमबार जनै पूर्णिमाकाे दिन बसेको सञ्चालक समिति बैठकले अर्याललाई अर्काे चार वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेकाे हाे । अर्याल २०७३ असोज १ गते उक्त बैंकको सीइओमा नियुक्त भएका थिए । उनी २०७२ पुस १४ गतेदेखि उक्त बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत थिए । उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् । औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए । उनले करिव साढे ६ वर्ष तत्कालिन ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल)मा काम गरेको थिए । सम्बन्धित सामाग्री वार्षिक ३५ प्रतिशतले व्यवसाय वृद्धि गर्न र यसै वर्ष २० प्रतिशत बोनस सेयर दिन सकिन्छ- रमेशराज अर्याल