नेप्सको प्रमुख कार्यकारी अधिकृतमा सुब्बा, भन्छन्ः वित्तीय समावेशीतामा केही गरेर देखाउँन आएको छु

काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृतमा सन्जिव सुब्बा नियुक्त भएका छन् । करिब १ वर्षअघि नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआइ) को प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका सुब्बालाई नेप्सले ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (तत्कालिन नेपाल ग्रिनलेज बैंक) बाट बैंकिङ करिअर सुरु गरेका सुब्बा सो बैंकमा करिब १० वर्ष काम गरेपछि जागिर छोडेर थाइल्याण्ड गएका थिए । थाइल्याण्डको वेब्स्टार विश्वविद्यालयमा १० वर्ष काम गरेका सुब्बा सो विश्वविद्यालयको रजिष्टार हुँदै कार्यकारी निर्देशकसम्म बनेका थिए । उनी ३२ वर्षको उमेरमै सो विश्वविद्यालयको रजिष्टार बनेका थिए । वेब्स्टार विश्वविद्यालयमा १० वर्ष काम गरेपछि सुब्बा फेरि नेपाल फर्किएका थिए । नेपाल फर्केपछि उनी एनबीआईको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । खासै चर्चामा नरहेको एनबीआईलाई उनले नेपालको वित्तीय क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने प्रभावकारी संस्थाको रुपमा स्थापित गराए । एनबीआईको प्रमुख कायृकारी अधिकृतको जिम्मेवारी वहन गर्दा सुब्बा ४२ वर्षका थिए । एनबीआईमा करिब १० वर्ष काम गरेपछि उनले पदबाट राजीनामा गरेका थिए । वित्तीय समावेशीताको क्षेत्रमा काम गर्न खोजिरहेका सुब्बा प्रविधिसँग नजिक रहेर आफूले सोचे अनुसार अगाडि बढ्न सकिने अपेक्षा सहित नेप्सको व्यवस्थापन सम्हाल्न पुगेका हुन् । वित्तीय समावेशीताको क्षेत्रमा आफूलाई काम गर्ने इच्छा भएको र प्रविधिको प्रयोग गरी आफ्नो इच्छा अनुसारको काम गर्न पाइने सम्भावना देखेर नेप्समा संलग्न भएको सुब्बाले बताए । ‘अबको आवश्यकता भनेको वित्तीय समावेशीता हो, यो क्षेत्रमा काम गर्ने मेरो ठूलो इच्छा छ, प्रविधि प्रयोग गरेर वित्तीय समावेशीता कायम गर्न सकिन्छ भन्ने लाग्यो, त्यसैले नेप्समा आवद्ध हुने निर्णय गरेको हूँ, प्रविधिसँग साक्षात्कार आजको पुस्तासँग काम गर्न पाउँदा पक्कै पनि रमाइलो हुन्छ होला, सबैको साथ पाउँछु होला,’ नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरेपछि विकासन्युजसँग कुरा गर्दै सुब्बाले भने । थाइल्याण्डको वेब्स्टार विश्वविद्यालयको रजिष्टारमा नियुक्त हुँदा सुब्बा ३२ वर्षका थिए भने नेपालको वित्तीय क्षेत्रलाई दक्ष जनशक्ति उत्पादन गरिदिने एनबीआईको प्रमुख कार्यकारी अधिकृत हुँदा उनी ४२ वर्षका थिए । सुचना प्रविधिको प्रयोग गरेर वित्तीय सेवा प्रदान गर्ने नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने उनले ५२ वर्षको उमेरमा सम्हाल्न पुगेका छन् ।

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा भट्ट, बैंकिङ र बीमा क्षेत्रमा २२ वर्षको अनुभव

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल बाँकी छदै पदबाट राजीनामा गरेपछि भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । सन् १९९८ देखि नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टसँग सो बैंकको सहायक महाप्रबन्धकको कार्य अनुभव पनि छ । इन्भेष्टमेन्ट बैंक छोडेर उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गएका थिए । मेगा बैंकमा उनले सो पदमा रहेर ६ महिना काम गरेका थिए । त्यसपछि उनी विभिन्न बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध थिए । त्यसपछि भट्ट आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनलाई २०७५ भदौ तेस्रो साता आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । सो कम्पनीमा उनको कार्यकाल आगामी भदौमा २ वर्ष पुग्दैछ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट आज (असार २४ गते) राजीनामा गरेका छन् । उनको राजीनामा आजै स्वीकृत भएको कम्पनी स्रोतले जानकारी दिएको छ । यद्यपि भट्टलाई ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएपनि सम्झौता भने भैसकेको छैन । भट्टसँग रेमिट टु नेपाल प्रालिको प्रमुख कार्यकारी अधिकृतको कार्य अनुभव पनि छ ।

आईजीपीमा शैलेश थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो । बुधबारबाट आईजीपी ठाकुरप्रसाद ज्ञवालीले अवकाश लिँदै छन् । २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् । यस पटकको आईजीपी नियुक्तिमा विगतमा जस्तो कुनै विवाद र हानथाप थिएन । क्षेत्री र पाल दुवै जना २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । क्षेत्रीले डीआईजी हुँदा प्रहरी केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका थिए । क्षेत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भएर काम गरेका थिए ।