रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा विनोद कुमार तण्डुकार
काठमाडौं । रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा विनोद कुमार तण्डुकार नियुक्त भएका छन् । फाइनान्सको आज (असोज ५ गते) दिनको ३ बजेको सञ्चालक समितिको बैठकले तण्डुकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक तण्डुकारले आगामी ४ वर्षसम्म आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।
प्रतिस्पर्धी कम्पनीलाई टक्कर दिन शिवम् शिमेन्टले भित्र्यायाे विदेशी सीईओ, टाटा र विर्ला ग्रुपमा काम गरेकाे अनुभव
काठमाडौं । शिवम् शिमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो । उनी भारतीय नागरिक हुन् । कम्पनीले श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको स्वीकृति लिएर उनलाई नियुक्त गरिएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृतको दरखास्त माग गर्दै पत्रपत्रिकामा सूचना प्रकाशित गरेको तर कम्पनीले चाहे जस्ताे व्यक्तिबाट आवदेन नपरेपछि विदेशी नागरिकलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलले बताए । सिमेन्ट उद्योगमा तीन दशक लामो काम गरेको, कम्पनीको वित्त व्यवस्थापन, गुणस्तर र प्रविधि सबै पक्षमा राम्रो ज्ञान र अनुभव भएका व्यक्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको उनले विकासन्युजसँग बताए । ‘उहाँको नेतृत्वमा कम्पनीको व्यवसाय हिजो भन्दा राम्रो हुनेछ । कम्पनीले पहिला भन्दा बढी नाफा गर्नेछ । कम्पनीको ब्राण्ड इमेज माथि जानेछ’ उनीबाट कम्पनीले गरेको अपेक्षाबारे गोयलले बताए । शिमेन्ट बजारमा चर्को प्रतिस्पर्धा रहेको र कोभिड महामारी पछिको चुनौति पार लगाउँदै कम्पनीलाई अगाडि बढाउन अनुभवी व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको गोयलको भनाई छ । नयाँ सीईओ विजनेश एडमिनिस्ट्रेशन र टोटल क्वालिटी म्यानेजमेन्ट विषयमा मास्टर डिग्री गरेका छन् भने साइन्स र टेक्नोलोजि विषयमा डिप्लोमा गरेका छन् । उनी सन् २०१७ पछि जिंदल पैंन्थर सिमेन्टको प्रमुख कार्यकारी अधिकृत थिए । त्यसअघि उनी टाटा कन्सल्टिङ इन्जिनियर्स कम्पनीमा सिनियर जनरल म्यानेजरको रुपमा ११ वर्ष काम गरेका थिए । त्यस्तै उनले भारत कै इरकम कन्सल्टिङ इन्जियर प्रालिमा दुई वर्ष जनरल म्यानेजर थिए भने त्यसअघि विर्ला कर्पोरेशनमा २१ वर्ष काम गरेका थिए । शिवम् सिमेन्ट कम्पनी नेपाली बजारमा नेतृत्वदायी कम्पनी भएको र यस कम्पनीप्रति सर्वसाधारण लगानीकर्ताको पनि अपेक्षा धेरै भएकोले लगानीकर्तालाई आकर्षक प्रतिफल दिन चाहेको अध्यक्ष गाेयलले बताए । ४ अर्ब ४० करोड चुक्ता पुँजी भएको यस कम्पनीले गत वर्ष सर्वसाधारणमा सेयर निष्काशन गरेको थियो । यसको सेयर मूल्य प्रतिकित्ता ७३८ रुपैयाँमा कारोबार भएको छ ।
शिवम् सिमेन्ट्सको सीईओमा भारतीय नागरिक सिन्हा नियुक्त
काठमाडौं । शिवम् सिमेन्ट्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पदमा सिन्हालाई नियुक्त गर्ने निर्णय गरेको हो । समितिले नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा भारतीय नागरिक देवेन्द्र सिन्हालाई सीईओको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएको हो । यससँगै उनले आफ्नो कार्यकालसम्म शिवम् सिमेन्ट्सको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।