नबिल बैंकको डीजीएममा मनोज ज्ञवाली नियुक्त, आजैदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । नबिल बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम)मा बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन् । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदबाट राजिनामा दिएका उनी नबिल बैंकको डीजीएम पदमा नियुक्त भएका हुन् । नवनियुक्त डीजीएम ज्ञवालीले आजैदेखि आफ्नो कार्यभार सम्हाल्दै छन् । उनले गत बैशाख ११ गते ज्योति विकास बैंककाे सीईओ पदबाट राजिनामा दिएका हुन् । उक्त बैंकमा २ वर्षकाे कार्यकाल बाँकी छँदै उनी बाहिरिएका हुन् । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्राे अनुभव रहेकाे छ । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका ज्ञवालीले करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ। सम्बन्धित सामग्री २५४ प्रतिशतभन्दा माथि ग्रोथ र मनोज ज्ञवालीको क्रमभंगता

नेप्सकाे स्वतन्त्र सञ्चालकमा बालकृष्ण जोशी नियुक्त, काे हुन उनी ?

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स(नेप्स) काे स्वतन्त्र सञ्चालमा बालकृष्ण जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले फिनटेच क्रस बोडर डिजिटल पेमेन्टको क्षेत्रमा विज्ञको रुपमा पहिचान बनाएका जोशीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । फिनटेचको क्षेत्रमा विगत २० वर्षभन्दा लामो अनुभव भएका जोशीले बैंक तथा वित्तीय संस्थाहरुको लागि क्रस बोडर डिजिटल पेमेन्टको प्लेटफर्म निर्माण गर्नमा महत्वपूर्ण भुमिका निभाएका छन् । उक्त प्लेटफर्मले बैंक तथा वित्तीय संस्थाहरुलाई संयुक्त राज्य अमेरिकाबाट आफ्नो नेटवर्कमा सेतो लेवल विप्रेषण वा व्यावसायिक भुक्तानी सेवाहरु प्रदान गर्न सहयोग गर्दछ । उनले श्रृजना गरेको प्लेटफर्म विश्वका १५ भन्दा बढि मुलुकहरुमा लागु गरिएको छ । जोशीले फिनटेच क्रस बोडर डिजिटल पेमेन्टको क्षेत्रमा ख्यातीप्राप्त ब्राण्डहरु थमेल रेमिट, लिपफ्रग टेक्नाेलाेजी र म्याचनेटकाे सफलतापूर्वक स्थापना गरिसकेका छन् । नेप्सले उनको विभिन्न क्षेत्रको अन्तर्राष्ट्रियस्तरको विज्ञताबाट भरपूर्ण फाइदा उठाउन सक्ने विश्वास लिएको छ । नेप्सले कार्ड प्रोसेसिबको क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको छ । यस कम्पनीले १ हजार ९ सयभन्दा बढी एटीएम मेसिन र १५ हजारभन्दा पीओएस मेसिनको सहायताबाट बार्षिक रुपमा ३ करोड ३० लाख भन्दा बढी सफल कारोबारबाट २३ अर्ब ७० करोड रूपैयाँको कारोबार गर्दै आएको छ । कम्पनीले अत्याधुनिक प्रविधिको माध्यमबाट भुक्तानी प्रणालीलाई सहज र सरल बनाउँदै लगेको छ भने विश्वका प्रमुख भुक्तानी सञ्जालहरु मास्टर कार्ड, भिसा कार्ड र युनियन पे कार्डको लागि प्रोसेसिबको कार्य गर्दै आईरहेको छ । नेप्स, नेपालमा पहिलो पटक जुन २०१९ मा ग्रिन पिनको शुरुआत गर्ने कम्पनी थियो । ग्रीन पिन, जुन पिन अधिक सुरक्षित र वातावरण मैत्री हुन्छ । नेप्सले हाल मोवाइल बैकिङ्ग, क्यूआरबाट गरिने भुक्तानी, मुल्य अभिवृद्धि सेवा जस्तै एटीएम मेसिनबाट खाता स्थानान्तरण, रकम जम्मा, रकमान्तर, एटीएम कार्ड रहित नगद झिक्ने कार्यको लागि एकिकृत रुपमा थालनीको कार्य गरिरहेको छ । यस कम्पनीले जैव मेट्रिक लेनदेन समाधानको माध्यमबाट बैंकमा खाता नभएका ग्राहकहरुलाई समेत सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यस कम्पनीले भुक्तानी र वित्त इकोसिस्टमलाई अधिक मजबुत र विभिन्न प्रमुख सुरक्षा समाधान प्रदायकहरु सँग समन्वय गरी आफ्नो सिस्टमलाई सुरक्षित बनाउनको लागि काम गर्ने योजना बनाउँदै छ । नेप्स, नेपालका ‘क’ तथा ‘ख’ वर्गका बैंक तथा वित्तीय सस्थाहरुको संयुक्त प्रयासमा सरल, सुलभ, आधुनिक तथा सुरक्षित रुपले कार्ड सम्वन्धि सेवा प्रदान गर्ने उद्देश्यले स्थापित लिमिटेड कम्पनी हो ।

नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघकाे अध्यक्षमा भिम प्रसाद घिमिरे

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघको अध्यक्षमा भिम प्रसाद घिमिर चयन भएका छन् । संघको २०७७ जेठ ३० गते सम्पन्न ११औं केन्द्रिय महाधिवेशनले उनलाई संघको अध्यक्ष सर्व सम्मत रुपमा नियुक्त गरेको हो । साथै, महाधिवेशनले घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ कार्य समितिमा उपाध्यक्ष श्रीमती दुर्गा देवी कार्की, महासचिव रत्न बिक्रम जि.सी., सचिव मेघराज ढुङगाना, कोषाध्यक्ष तारा बहादुर खडका र सदस्यहरुमा कृष्णराम पराजुली, बिन्दा अर्याल, सपना कुमारी सिंह, कमला कूवंर, बिधात्री शाह र तुषार थापा चयन भएका छन् । कम्पनी र कर्मचारीबीच रहि आएको सौहाद्रपुर्ण समबन्धलाई कायम राखी-कम्पनी र कर्मचारीहरुको हक हितलाई प्रवद्र्घन र सम्वर्धन गर्दे रचनात्मक ढंगले अगाडी बढ्ने नवर्निवाचित संघले जनाएको छ । नयाँ पदाधिकारीहरुलाई बिहीबार(आज) कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनी मुलुक कै पहिलो बीमा कम्पनी हो ।