‘मफिया इशाराले डिनमा चलखेल’, तीर्थ खनियाले चलखेल गरेको केसीको आरोप
काठमाडौं २१, असोज । आमरण अनशनमा रहेका डा गोविन्द केसीले अदालतको बहाना गर्दै ‘मेडिकल माफिया’को इशारामा उपकुलपति तीर्थ खनियाँले डिन नियुक्तिमा चलखेल गरेको बताएका छन् । चिकित्सा शिक्षा सुधार र सुशासनमा केन्द्रित अनशनको ११ औं दिन नागरिकसँग विशेष कुराकानी गर्दै डा केसीले अन्तरिमा आदेशको अपब्याख्या गरेर खनियाँ षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । स्वास्थ्य अवस्था बिग्रदै गएको अवस्थामा डा केसीले पटकपटक मास्क लगाउने र केही अक्सिजन लिएपछि फेरी कुराकानी गर्ने गरेका थिए । अदालतले संविधानमै नभएको प्रावधानअनुसार कारबाही भए उनीहरुको वृत्तिविकास रोकिने भन्दै अन्तरिम आदेश दिइसकेको अवस्थामा उपकुलपतिले त्यसैलाई डिन नियुक्तिमा वरिष्ठता नकार्ने बहाना बनाएको केसीले बताए । ‘एउटा कारबाहीमा परेका एक जनालाई अहिले निमित्त दिन मिल्ने अनि नयाँलाई बनाउन नमिल्ने,’ उनले भने, ‘कारबाही अनुचित भएको भन्दै निर्णय तत्काल कार्यान्वयन नगर भनेर अदालतले भनिसकेपछि बहाना बनाउनु सरासर गलत हो ।’ नागरिक दैनिकबाट।
काठमाडौं र सिरहा नापी कार्यालयका हाकिम घुससहित पक्राउ
काठमाडौं, २० असोज । काठमाडौं र सिरहा मालपोत कार्यालयका हाकिमहरु घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुबैं कार्यालयका हाकिमहरुलाई घुस रकम सहित रंगेहात पक्राउ गरेको हो । चावहिलस्थित नापी कार्यालय प्रमुख उप सचिव हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुस रकम सहित पक्राउ परेका हुन् । उनीहरु दुई लाख रुपैंयाँ घुससहित पक्राउ परेका हुन् । त्यस्तै, सिराहा मालपोत कार्यालयका प्रमुख ज्ञानराज लम्साल पनि घुससहित पक्राउ परेका हुन् । लम्साललाई सेवाग्राहीसँग ४० हजार रुपैंयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको हो । उनीहरुलाई हिरासतमा राखेर आयोगले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
दसैंको मुखमा सौर्य एयर ग्राउण्डेड, दैनिक २५० यात्रु प्रभावित
काठमाडौं २०, असोज । दसैंको मुखैमा नियमति उडानको सौर्य एयरलाइन्स ग्राउण्डेड भएको (विग्रिएर थन्किएको) छ । बुधबार विहान विराटनगरबाट काठमाडौं आएपछि जहाजको कोपाइलटतर्फको अगाडिको झ्यालको सीसा टुटेको छ । सीसामा देखिएको सानो क्र्याकले पनि विन्डो हिटमा समस्या आउने भएकोले जहाज ग्राउण्डेड भएको समाचार विहिबारको अन्नपूर्ण पोष्टमा छापिएको छ । सीसामा देखिएको सानो समस्या भएपनि ग्राहकको सुरक्षा संवेदशीलतालाई ध्यानमा राखेर जहाज ग्राउण्डेड गरिएको सौर्य एयरलान्यसका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए । उनका अनुसार झ्यालको सीसा नै फेर्नुपर्ने र त्यसो सामान अमेरिकाबाटै मगाउनुपपर्छ । यसका लागि करिब ३० देखि ४० लाख खर्च लाग्ने उल्लेख छ । अमेरिकादेखि सामान मगाउने र ल्याएर जडान गर्दा तीनचार दिन लाग्ने एयरलाइन्सको भनाइ छ । ५० जना यात्रु बोक्ने यो वायुसेवासँग एउटा मात्रै जहाज भएकोले पनि सानो समस्या आउँदा पनि शत् प्रतिशत उडान रद्द हुने गरेको छ । यो वायुसेलाई काठमाडौंबाट विराटनगर, नेपालगन्ज र भद्रपुरको लागि दैनिक ५ देखि ६ वटासम्म उडान गर्ने गरेको छ । जहाज ग्राण्डेड हुँदा दैनिक साढे दुई सय देखि ३० सय जना प्रभावित भएका छन् ।