कृषिलाई आधुनिकिकरण गर्नतर्फ लागि रहेका छौंः अध्यक्ष पाण्डे

बाग्मती प्रदेश नुवाकोट जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो तादी । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित छ । यो गाँउपालिका काठमाडौको उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको बिच भागमा रहेको सुन्दर गाँउपालिका हो । यस क्षेत्रमा सदावहार कन्चन पानी बगिरहेको प्रसिद्ध नदि तादिको नाम बाट यस गाँउपालिकाको नाम ‘तादि’ नामकरण गरिएको हो  । जलस्रोत,कृषि उधोग, पर्यटन, शिक्षा, स्वास्था, जस्ता क्षेत्र यस गाँउपालिकाको बिकास संभावना बोकेका क्षेत्र हुन् । कोरोनाको समय पछि गाँउपालिकाले विकास निमाणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? युवालाई रोजगारी अवसर गाँउपालिकाले कसरी सिर्जना गरिरहेको छ भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानी । गाँउपालिकामा कोरोनाले के–कस्तो असर पु¥याएको छ, हालको अवस्ता कस्तो छ ? यही नै असर पर्यो भन्ने खालको असर नपरे पनि सामान्य असर भने सबैलाई नै पर्यो । हामीले गाउँपालिकामा कोरोनको प्रभाव पर्नु भन्दा पहिलानै पूर्व तयारी गरिसकेका थियाै‌ं । हामीले गाँउपालिकामा स्वास्थ्यकर्मी सहितको क्वारेन्टिन आइसोलेसनको निमार्ण गरेको थियांै । जम्मा १० वटा आइसोलेसन र २० वटा क्वारेन्टिन निमार्ण गरेका थियौं । गाँउपालिकामा हालको अवस्था सामान्य रहेको छ । अहिले चाहिँ गाउँपालिकामा कुनैअसर छैन । कोरोनाको समयपछि गाँउपालिकाले विकास निमार्णका कामहरु कसरी अगाडि बढाइ रहेको छ ? कोरोनाको समयमा केहि महिना कार्यलयहरुनै बन्दा भए । कोरोनाको कारण केहि महिना विकास निमार्णको कामहरु रोकिएका थिए । त्यसपछि नियमित बजेटका कामहरु, त्यसैगरी प्रदेश सरकारको कामहरु,संघिय सरकारका कामहरु भइरहेका छन् । गाँउपालिका बिद्युत, खानेपानी, सडकको मर्मत लगायतका कामहरु भइरहेका छन् । वार्षिक विकासको लागि हामिले १५ करोड रुपैया छुटाउँदै आएका छौं । गाँउपालिकामा कस्तो किसिमको योजानालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ? अहिलेसम्म हामीले गाँउपालिकामा भौतिक पूर्वाधारलाई नै अगाडि सारेका थियौं । त्यसपछि कृषि, सिचाईँ र अन्य विद्यायालयको भौतिक पूर्वाधार आदिलाई पा्रथमिकता राखेर अगाडि बढिरहेका छौं । गाँउपालिकामा रहेका सबै वडाहरुमा सडक पुगिसकेको छ । गाँउपालिकामा रहको केहि सडकहरु कालोपत्रे भइसकेका छन् भने केहि सडकहरु कालोपत्रे गर्ने तयारीमा छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकारसँग हामीले खासै राम्रोसँग समन्वय गरेको जस्तो मलाई लाग्दैन । प्रदेश सरकारमा रहेका सामंसदहरुले आ–आफनै इच्छा चाहना अनुसारको बजेट बिनियोजन गरी रहनु भएको छ । विकास निर्माणका काममा प्रदेश सरकारले स्थानिय तहलाई शसक्त बनाउनु पर्ने थियो त्यो राजनीतिक कारणले पछि परेको छ । प्रदेश सरकारले समपुरक योजना गरेर ४ कारोड रुपैयाँ विनियोजन गरेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ? स्थानीय तहमा धेरै समस्या रहेको छ । बजेटको अभाव छ । कर्मचारीको अभाव छ । जनताको इच्छा चाहाना धेरै रहेका छन् । प्रदेश सरकारको योजना कार्यक्रम भएपनि संघीय सरकारको योजना पनि स्थानीय तहमा हुने भएकाले केहि कार्यक्रमहरुमा समस्या छन् । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट सोचे अनुसारको सहयोग मिलेको छैन । केन्द्र सरकारबाट आयोजनाहरु गाँउपालिकामा परेको छ । ठुला बजेटहरु विनियोजन भएको छ । योजनाहरु सानो बजेट रकम छुट्याएको छ । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाँउपालिकामा पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरिरहेका छाैं । गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रको प्रचार–प्रसार गरिरहेको छौं । आन्तरीक पर्यटनको रुपमा गाँउपालिमा रहेको वडा नं ४ को बाघमारा भन्ने ठाउँलाई प्राथमिकतामा राखेका छांै । त्यो ठाँउ सम्म केहि आन्तरिक पर्यटकहरु गरेका छन् । गाँउपालिकामा पर्यटकको लागि २ वटा मुख्य क्षेत्र रहेको छन् । गाँउपालिका र पर्यटन बोर्डको सहयोगमा, पुर्वधारको रुपमा विकासहरु पनि गरिरहेका छौं । कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । लकडाउनको समयमा ८/९ महिना विद्यालयहरु बन्द भए । बन्द सँगसगै विद्यार्थीको पठन–पाठन पनि बन्द भयो । एसईईको परिक्षा सरकारले स्थगित गरेको थियो । लकडाउन गर्नु पर्ने समयमा सरकारले लकडाउन गरेन । लकडाउन नगर्नु पर्ने समयमा लकडाउन गर्यो । त्यसैले गर्दा हामीले विद्यार्थीलाई विभिन्न तरीकाले पठन पाठन गरायाैं । सामजिक दूरी कायम गरी पठन पाठन सञ्चालन गर्यौं । हामीले विद्यार्थीलाई सेनिटाइजर,माक्स पनि वितरण गर्यौं । गाँउपालिकामा इन्टरनेटको पहुँच कम भएकोले अनलाइनबाट बढाउन सकिएन । तर विद्यार्थी विद्यालयमै बोलाएर सामजिक दुरी कयम गर्ने लगाएर पठन पाठन सञ्चालन ग¥यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव छैन । गाँउपालिकामा रहेका सबै विद्यालयको पठन पाठनहरु सञ्चालन भइरहेका छ । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकामा युवा रोजगारको लागि विभिन्न कार्यक्रमहरु राखेका छौं । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि रहेको छ । त्यो कार्यक्रमहरु पनि हामीले सञ्चालन गरेका छौं । गाँउपालिकामा विभिन्न तालिमहरु सञ्चालन गर्दै आएका छौं । गाँउपालिकाको सिफारिसमा तालिम पा्रप्त गरेपछि सहुलियत ऋण पनि उपलव्ध गराउने योजना पनि रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १ करोड रुपैंया बजेट रहेको छ । युवाहरुले के सीप लिन चाहन्छन् त्यो सिप अनुसारको गाँउपालिकाले युवाहरुको समस्य के हो कस्तो किसिमको तालिम लिन चाहन्छन्, आर्थिक उन्नती कसरी हुन्छ भन्ने बारेमा विभिन्न कार्यक्रम गर्दै आएका छौं । गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो गाँउपालिका कृषिको लागि सम्भावित क्षेत्र हो । मुख्य गरेर कृषिमा आलु, धान, मकै, उत्पादन हुन्छ । पहाडी भेगमा कोदो, गाउँ उत्पादन हुन्छ । त्यसको लागि साना सिचार्इँ आयोजना तथा मझैला सिचाईँहरुमा बजेट छुट्याउने, मर्मत गर्ने गरिरहेका छौं । हामीले अनुदान पनि माग गरेका छौं । पशुपालन गर्ने अनुदान र कृषकलाई विभिन्न खाले जस्तो किटनाशक औषधिहरु ,बिउ बिजनहरु टनेल पनि वितरण गर्दै आइरहेको छौं । लशुन, करेला, विभिन्न प्रकारका तरकारी बिउहरु वितरण गर्दै आइरहेका छौं । यी तरकारीका बिउहरु गाँउपालिकाले निःशुलक रुपमा वितरण गर्दै आइरहरको छ । कृषिको लागि हामीले ७५ लाख रुपैयाँ छुटाउँदै आएका छौं । गाँउपालिकाले कृषकलकई सिधै ऋण उपलब्ध गराउँदैन । हामीले विभिन्न बैंकसँग सम्झौता गरेर कृषकको लागि ऋण उपलब्ध गराउने गरेका छौं । उन्नत जातका बाख्रा, गाई पालन र कृषिलाई आधुनिकिकरण गर्नेको लागि गाँउपालिकामा विभिन्न कार्यक्रहरु रहेका छन् । दक्ष कर्मचारीको अभाव रहेको छ । गाँउपालिकामा सर्वसाधारणहरु के–कस्ता समस्याहरु लिएर आउने गरेका छन् ? गाँउपालिकामा मानिसहरु धेरै समस्याहरु लिएर आउने गरेका छन् । प्रायः गरेर खानेपानीको समस्या, औषधी उपचारको समस्या रहेको छन् । हामी स्थानीय सरकारमा आइपुगेपछि जनताको इच्छा चाहना धेरै रहेका छन् । तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? काम गर्ने सपना ठूलो थियो । प्रयाप्त स्रोत साधन नभएकै कारण प्रभावकारी काम हुन नसकेको आभास भएको छ । तर, पनि युवालाई स्वरोजगार बनाउने र कृषिलाई आधुनिकिकरण गर्नेतर्फ हामी लागि रहेका छौं । हाल वडा भवनहरुको निमार्ण भइसकेको छ । सबै कर्यालयको भवनहरु निमार्ण भइसकेको छ । हरेक वडामा विद्युत पुगि सकेको छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालमा रहेका छन् । हामीले धेरै विकास निमार्ण गर्ने चाहेको छु तर सिमित बजेटको कारण विकास निमार्णमा ढिलाई भएको छ ।

युवालाई स्वरोजगार बनाउने प्रयासमा जुटेका छौंः अध्यक्ष सावा

प्रदेश नं १ को ताप्लेजुङ्ग जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो मिक्वाखोला । यो गाउँपालिका भौगेलिक रुपमा बिकट र दुर्गम भएता पनि मिक्वाखोला गाँउपालिकाले पर्यटकीय, व्यावसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पहिचान बोकेको छ । मिक्वाखोला गाँउपालिका अलैंची खेति, पर्वतारोहण, अवलोकन भ्रमण र जडिबुटी संकलनको द्धष्टिकोणले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? युवाको लागि रोजगारी अवसर कसरी सिर्जना भइरहेको छ भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष राम कुमार सावासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीः गाँउपालिकामा कोरोनाले के–कस्ता असर पु¥याएको छ ? हालको अवस्था कस्तो छ ? हाम्रो गाँउपालिकामा कोरोनाको खासै प्रभाव परको छैन । कोरोनाको समयमा सरकारको नीति अनुसार हामीले आफनो गाँउपालिकामा १८ बेडका क्वारेन्टिनहरु बनाएका थियौं । गाउँपालिकामा खासै त्यस्तो असर छैन । कोरोनाको समय पछि गाँउपालिकाले विकास निमार्णको कामहरु कसरी अगाडि बढाइरहेको छ ? गाँउपालिका खासै कोरोनाको त्रास छैन । विकास निमार्णका कामहरु कोरोनाको मापदण्डहरु अपनाएर काम सुरु गरिरहेका छाैं । कोरोनाको समयमा पनि केहि विकासको काम भएको छन् । गाँउपालिका बिद्युत, खानेपानी, सडकको मर्मत लगायत कामहरु हामीले गर्यां । गत आर्थिक वर्षको बजेटमा प्रस्तुत भएका कार्यक्रम र योजनाहरु हामीले सम्पन्न गर्यौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? हामीले गाँउपालिकाले स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय एकदमै राम्रोसँग गरिरेका छौं । हाम्रो समन्वय विकास कार्यक्रमसँग सम्बन्धित रहेर हुन्छ । पहिला–पहिला भेटघाट हुने काम हुन्थ्यो तर अहिले तालिम र परिक्षण हुने गरेको छैनन् । प्रदेश सरकारकारले गाँउपालिकालाई बिभिन्न परिक्षण दिँदै आएको थियो तर लकडाउनको समयपछि कार्यक्रमहरु पनि सञ्चालन भएका छैनन् । स्थानीय तहमा काम गर्दाका चुनौती र समस्याहरु के–के छन् ? त्यस्तो ठूलै समस्या त छैन । गाँउपालिकामा विकास निर्माणको काम गर्दा प्रायः पहाडी भुभाग हुँदा समस्या त हुन्छ नै । विशेष गरेर हामी निर्माण काममा बढी स्काभेटरको प्रयोग गर्छौं । प्रदेश सरकारको योजना कार्यक्रम भएपनि संघीय सरकारको योजना पनि स्थानीय तहमा हुने भएकाले केहि कार्यक्रमहरुमा समस्या रहेको हुन्छ । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटकिय क्षेत्रको प्रचार–प्रसार गरिरहेका छाैं । गाँउपालिका भित्र पर्यटकलाई आकषर्ण गर्ने फुंगफुगे झरना रहेको छ । हाम्रो गाँउपालिका भित्र नै सिमसार क्षेत्र छ । गाँउपालिका क्षेत्रभित्र सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम सकिएको छैन । यो गाँउपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार गर्र्नेको लागि गाँउपालिकाले बजेट २ लाख रुपैयाँ छुटाएको छ कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो छ ? कोरोनको त्रास र नेपालमा लकडाउन भएको समयमा गाँउपालिकाका विद्यालयहरु लामो समयसमम बन्द अवस्थामै रहे । तर, पनि गाउँमा त्यति लामो समयसम्म भने विद्यालय बन्द गर्नु पर्ने अवस्था आएन । हामीले केही महिना मात्रै विद्यालय बन्द गर्यौं। अहिले भने नियमित रुपमा विद्यालय सञ्चालन भइरहेका छन् । अहिले विद्यार्थीलाई पनि त्यस्तो कुनै समस्या छैन । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकाले युवाहरुलाई रोजगारीका लागिको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको छ । युवाहरुलाई विकास निमार्णको कामहरुमा लगाएर रोजगारी दिने गरेका छौं । अन्य त्यस्ता कुनै कार्यक्रमहरु भने छैन । तर, हामीले गाउँपालिकामा हुने विकासका काममा युवाहरुलाई लगाउने गरेका छौं । युवा लक्षित गरेर हामीले वार्षिक बजेटमा ४ लाख रुपैयाँ छुट्याउँदै आएका छौैं । गाँउपालिकाले कृषि क्षेत्रको विकासका लागि के–कसरी काम गर्दै आएको छ ? गाँउपालिका भित्र कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । कृषिको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएका छौं । युवा लक्षित गरेर माछा पालन गर्ने व्यवसाय पनि रहेको छ । हाम्रो गाँउपालिकामा मुख्य उत्पादनमा प्रमुख नगदे वालीको रुपमा अलैँची उत्पादन हुन्छ । गाँउपालिकामा प्रमुख पेशाको रुपमा खेती नै हो । कृषकहरुको लागि गाँउपालिकाले बिउ विजनहरु निुःशुल्क रुपमा वितरण गर्दै आइरहेको पनि छ । तपाईको गाँउपालिकामा सर्वसाधरणहरुले गाउँपालिका समक्ष कस्ता खालका समस्याहरु लिएर आउँछन् ? गाँउपालिकामा सर्वसाधरणहरु प्रायः जटिल समस्याहरु लिएर आएका छैनन् । तर, कृषि, व्यापार सम्बन्धमा, सहकारीका समस्याहरु लिएर भने आउने गर्दाछन् । तपाइँको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा गाँउपालिकालाई अन्य गाँउपालिका भन्दा विकसित र उदारणीय बनाउने योजना रहेको छ । सबै वडाहरुको सडकलाई कालोपत्रे बनाउने मेरो योजना छ । हामीले भने जति र बाचा गरेजति काम हामी हाम्रो कार्यकालमा गर्छौं ।

मेरो कार्यकालमा सबै वडाका सडक कालोपत्रे गरिसक्छुः मेयर अर्याल

गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्ने एउटा सुन्दर नगरपालिका हो बेसीशहर । यो नगरपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित छ । लमजुङका ८ वटा स्थानीय तहमध्ये अर्को जिल्लासँग सिमाना नजोडिएको एकमात्र नगरपालिका हो बेसीशहर । यो नगरपालिकामा ११ वटा वडा छन् । मनाङ तथा अन्नपूर्ण पदयात्राको प्रवेशद्वारको रुपमा यो नगरपालिकास चिनिन्छ । प्रथम शाहवंशीय राजा यशोब्रम्हा र त्यसपछिको शाहवंशीय राजाहरुले राज्य गरेको गाउँशहरको लमजुङ दरवार बेसीशहर नगरपालिकामा पर्दछ । कोरोना महामारीपछि नगरपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? युवाका लागि रोजगारीका अवसर कसरी सिर्जना भइरहेको छ भन्नेलगायतका विषयमा सो नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः कोरोना महामारीपछि नगरपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? अहिले यहाँ कोरोनाको त्रास छैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विकास निर्माणका कामहरु गरिरहेका छांै । कोरोनाको समयमा पनि केही काम भएको छन् । पछिल्लो समयमा निरन्तर कामहरु भइरहेको छ । हाल पर्यटन सम्बन्धि काम, टावरहरु निर्माण आदि काम भइरहेको छ । ४ करोड ८१ रुपैयाँमा लमजुङ दरवारको निर्माण भइरहेको छ । पार्क निमार्ण हुँदैछ । पार्कको लागि ६० लाख रुपैयाँ बराबरको काम भइरहेको छ । नगरपालिकाभित्रको सडकहरु पनि कालोपत्रे गरिरहेका छौं । युनिभर्सल चोकदेखि मकैडाँडा हुँदै पालिङ जाने बाटो २ करोड ६६ लाखको आव्हान गरेका छौं । रामचोक जाने बाटो पनि कालोपत्रे हुदैछ । नगरपालिकामा आउटर र आन्तरिक गरी २ वटा रिङरोड रहेका छन् । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । हामीले विद्यालयहरु पहिलाबाट नै खोलौं भनेका थियांै । संघका प्रशासकहरुले मान्नु भएन । जिल्ला प्रशासनलाई अधिकार दिएको कारण हामीले खोल्दा सिज बन्द गरे । हाल सबै विद्यालयहरु खुल्ला भएका छन् । कोरोनाको त्रास नभइकन नगरपालिकाभित्रका सबै विद्यालयहरुको पठन पाठन सञ्चालन भइरहेको छ । नगरपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामीले गत वर्ष रोजगारीका लागि ५० लाख रुपैयाँ बजेट छुट्टाएका थियौं । युवालाई लक्षित गरेका रोजगारीको केही कर्यक्रमहरु कोभिडका कारण रोकिएको थियो । कर्यक्रमा ७० जना सहभागी भएका थिए । यो कार्यक्रममा वेयरिङ्ग, सव ओभरसीयर , इलेक्ट्रक इन्जिनियर र सिपमुलक तलिमहरु रहेका थिए । युवा रोजगारीको लागि ३५ लाख रुपैयाँ बजेट छुट्टाएका छौं । गत बर्षकै युवालाई दिएको तालिम र रेकिएका तालिम अब सक्ने योजना छ । रोजगारीको लागि युवालाई ऋण दिनको लागि १७ लाख रुपैयाँ छुट्टाएका छौं । अहिले नगरपालिकाले अरु संस्थाहरुसँग मिलेर व्याजमा अनुदान दिने अरु संस्थाहरुले लगानी गर्ने योजनाहरुको छलफल गरिरहेको छौं तर यसको टुङगो भएको छैन । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । हामीले यस पटक ३० वटा बाख्राको खोरको लागि २० भन्दा बढी बाख्रा पाल्नेलाई ४० हजारको दरले रकम विनियोजन गरेको छांै । गाई, गोरु ल्याउनेलाई ढुवानी खर्च दिएका छौं । घास काट्ने मेसिन उपलव्ध गराएका छौं । पशुपालनमा बोयार जातिको बाख्राहरु वितरण गर्दै अएका छांै । विउ विजनको लागि हामीले हाइब्रिडमा अनुदान दिएका छौं । गत वर्ष हामीले १ सय ११ वटा हाते ट्याक्टर वितरण गरेका थियौं । यो वर्ष ९० वटा वितरण गर्न लागेका छौं । मौरी पालनका लागि गत वषै २ सय घारहरु वितरण गरेका थियौं । यो वर्ष पनि २ सय वटा नै वितरण गर्ने कार्यक्रम छ । गत वर्ष ४ सय वटा टनेल वितरण गर्यौं, यो वर्ष सयभन्दा बढी वितरण गर्न लागेको छौं । टनेलहरु, मौरीका घारहरु, अल्लो, धान काटने मोसिनहरु कृषकहरुलाई वितरण गरेका छौं । कृषिमा मानिस धेरै नआउने भएकाले लागत घटाउनु पर्ने अवस्था रहेको छ । विउविजनहरु हामीले पहिला निःशुल्क वितरण गर्यौं । तर, निःशुल्क वितरण गर्न नहुने रहेछ, किनकि विउ विजन धेरै लैजाने तर विउ नरोप्ने, फालिदिने जस्ता कार्य भएको पनि पाइयो । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले १ करोड रुपैयाँ बजेट छुट्टयाएको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? हाम्रो नगरपालिका र प्रदेश सरकारबीचको समन्वय एकदमै राम्रो छ । प्रदेश सरकारले आफ्नै तरिकाले काम, अनुगमन गर्नुहुन्छ । हाम्रो आफ्नै अनुगमन समिति रहेको छ । हाम्रो अनुगमनले बाख्राको खोर, भँैसी गोठ, टनेलका तरकारी खेती हेर्ने, माछा पालन, आदिको अनुगमन गर्ने टोली छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् ? स्थानीय तहमा धेरै समस्याहरु छन् । पहिला भवन थिएन, कर्मचारीहरु थिएनन् । ऐन कानुन थिएनन् । बजेटको शिर्षकहरु धेरै रहेका छन् । कतिपय कामहरु बजेटमा छुट्टयाउदा त्यो शिर्षकमा नहुने, आवश्यक परेको ठाँउमा बजेट नपुग्ने समस्याहरु रहेको छ । कर्मचारी र जनप्रतिनिधिबीचमा पुरा साथ पाइएको छैन । आर्थिक पारदर्शिता कायम गर्न धौ–धौ परेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट अलिअलि बजेट आउने गरेको छ । बजेट आउदा ८ देखि १० करोडसम्म आउने गरेको छ । तर यो लगानीले मात्र ठुला ठुला विकास निमार्णको काममा पुग्दो रहेनछ । हामीले पनि अलिअलि बजेट हाल्ने गरेका छौं । केन्द्र सरकारको र हाम्रो सहलगानी रहेको छ । जनताको चाहना अनुसारको कार्यक्रमहरु ल्याउन केन्द्र सरकारले सकेको छैन । आफ्नो नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिरहेका छांै । हाम्रो नगरपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । नगरपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम पनि हुन सकेको छैन । सांकृतिक, धार्मिक तथा व्यापारिक हिसावले यो नगरपालिका महत्वपूर्ण रहेको छ । जमजुङ दरवार करोडौ रुपैयाँमा बनिरहेको छ । तपाईको नगरपालिकामा सर्वसाधारणहरु प्रयाः कस्ता समस्याहरु धेरै लिएर आउने गर्दाछन् ? नगरपालिकामा फोहोर फाल्ने ठाँउको समस्या छ । फोहोर व्यवस्थापनको लागि विश्व बैंकको सहयोगमा काम सुरु गर्ने भनिएको पनि हो । ठेक्का पाएको ठेकेदारले काम नगरेपछि पुनः अर्काे टेण्डर आव्हान गर्दैछौं । ढलको समस्या छ । सार्वजानिक जग्गा कम छ । सर्वसाधारणले विशेष गरेर यस्तै समस्या लिएर आउने गर्नुहुन्छ । तपाइको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा नगरपालिकालाई अरुको नगरपालिकाभन्दा विकसित बनाउने योजना छ । बाटा घाटा, खानेपानी, विद्युत, सडक बत्तीहरु बलेको छ । ढल व्यवस्थित बनाउने योजना छ । खानेपानी व्यावस्थापन गर्ने हो । एक घर एक धारा अभियान २÷३ वटा वडामा सकिएको छ । बाँकी वडाहरुमा पनि यो कार्यक्रम सम्पन्न गर्दैछौं । कृषिलाई व्यावसायिक बनाउने हो । सबै वडाहरुको सडकलाई कालोपत्रे गर्ने योजना पनि रहेको छ । कस्तो किसिमको योजनालाई प्रथमिकता राखेर काम गरिरहनु भएको छ ? हामीले बिद्युत, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । पूर्वाधार विकास पनि प्रथमिकता राखेका छौं । सामुदायिक भवनको निर्माण भइरहेको छ । विद्यालयको भवनहरु बनाउने र विभिन्न योजनालाई प्रथमिकता राखेर काम गरिरहका छौं ।