मारुती सिमेन्टको मनसुन अफर, बुलेट बाइकमा शानको सफर

काठमाडौं, १० साउन । मारुती सिमेन्टले मनसुल अफर ल्याएको छ । सिमेन्टको बजार बढाउने उदेश्यसहित ल्याइएको अफरको नाम मारुती सिमेन्टको सबै भन्दा ठुलो अफर बुलेट बाइकमा शानको सफर राखिएको छ । अफर अनुसार प्रत्येक १५ बोरा सिमेन्टको खरिदमा एउटा स्क्र्याच कुपन प्राप्त हुनेछ । सो कुपन स्क्र्याच गरि हरेक कुपनमा अनेक उपहार प्राप्त गर्न सकिनेछ । उपहारमा चाँदीका सिक्का, मोबाइल फोन, सपिङ भौचर र हरेक १५ बोरामा प्रति बोरा १० रुपैंयाँदेखि २५ रुपैंयाँसम्म नगद छुट प्राप्त हुनेछ । त्यस्तै, भाग्यशाली खरिद कर्ताले फच्र्युन ह्विल घुमाउने अवसर समेत प्राप्त गर्नेछन् । जसमा टिभिएस अपाचे आरटिआर १८०, सामसङ ५५ इञ्चको एलइडी टिभी, आइफोन ६ प्लस, सामसङ एस७ एज, एयर कन्डिसनर, एचपी र डेलको ल्यापटप, होम थियटर, माइक्रोवेभ, डबल डोर फ्रिज लगायत छन् । मारुती सिमेन्टले बम्पर उपहार अन्तर्गत रोयल इनफिल्ड क्लासिक ३५० बुलेट बाइक प्रदान गर्नेछ । साउन ७ गतेदेखि लागु भएको योजना काठमाडौं उपत्यका भित्र सिमित अवधीका लागि लागु हुनेछ ।

जगदम्बा सिमेन्टको “आऔं सबै मिलि देश बनाऔं” अभियान

काठमाडौं, १० साउन । जगदम्बा सिमेन्टले “आऔं सबै मिलि देश बनाऔं” अभियान सुरु गरेको छ । समृद्ध राष्ट्र निर्माणका लागि भन्दै ५ वर्षदेखि मेरो देश मेरो जगदम्बा सिमेन्ट अभियान सञ्चालन गरेको कम्पनीले सोही अभियानको विस्तारका रुपमा आऔं सबै मिलि देश बनाऔं अभियान सार्वजनिक गरेको हो । १५ वर्ष देखि भैरहवा तथा वीरगञ्जबाट जगदम्बा सिमेन्टले ५२ हजार बोरा सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । भूकम्प र नाका बन्दीबाट पाठ सिक्दै नेपालको विकास समग्र नेपालीहरुको प्रयासबाट मात्र हुनसक्ने सन्देशका साथ नयाँ अभियान ल्याएको कम्पनीले जनाएको छ ।

१ करोड एन्ड्रोइड फोनमा भाइरस, यसरी सफा गर्नुहोस्

काठमाडौं,९ साउन। विश्वभरको करिब १ करोड एन्ड्रोइड फोनमा मालवेयर फैलिएको छ। ‘हमिङब्याड’ (Humming Bad) नाम दिइएको सो मालवेयरले फोनबाट व्यक्तिगत डाटा संकलन गरि इन्टरनेटका विज्ञापनमा प्रयोगकर्ताले झै गरि क्लिक गरिदिने गर्छ। यो एक एप हो जुन एन्ड्रोइड फोनमा लुकेर बस्न सक्छ। प्रयोगकर्ताको जानकारी संकलन गरि हमिङब्याडले व्यक्तिगत जानकारी अन्यलाई बेचेको छ कि छैन भनि परिक्षण गर्न भने सकिन्छ।   कसरी थाह पाउने? तपाईको मोबाइलमा यो मालवेयर छ कि छैन कसरी थाह पाउने? Lookout, AVG, Avast, Zone Alarm जस्ता एन्टीभाइरस एप डाउनलोड गरि इन्स्टल गर्न सकिन्छ। यी एपले मोबाइलमा भएका यस्ता मालवेयर डिटेक्ट अनि डिलिट गरिदिने गर्छन्। डिलिट हुन नसकेको खण्डमा भने आफ्नो डाटा सुरक्षित राखि फ्याक्ट्री रिसेट गर्नु सबैभन्दा उत्तम हुन्छ। तपाइको एन्ड्रोइड मोबाइलमा यो भाइरस भेटिएको खण्डमा, मोबाइल कम्प्युटरमा जोडी अत्यावश्यक डाटा कम्प्युटरमा कपी गर्नुस्। एन्ड्रोइडको लागि बनेका भाइरसले कम्प्युटर (विन्डोज, म्याक अपरेटिङ सिस्टम चल्ने कम्प्युटर) मा असर गर्दैन। डाटा ट्रान्सफर भएपछि फोनलाई फ्याक्ट्री रिसेट गरिदिनुस्। भविष्यमा नदोहोरियोस् फेरी फेरी पनि तपाइको मोबाइलमा यस्ता मालवेयर इन्स्टल नहोस् भन्नको लागि सधै चनाखो रहनुस्। मोबाइलमा कुनै पनि एप गुगल प्ले स्टोर भन्दा अर्को स्रोतबाट डाउनलोड वा इन्स्टल नगर्नुस्।