आपुर्ति मन्त्रालयले रोक्यो ग्यास बुलेट खरिद प्रक्रिया

काठमाडौं, ५ साउन । आपुर्ति मन्त्रालयले ग्यास बुलेट खरिद सम्बन्धी प्रक्रिया अघि नबढाउन नेपाल आयल निमगलाई निर्देशन दिएको छ । निगमले बुधबार मात्रै नेपाल एलपी ग्यास उद्योग संघलाई ग्यास ६ सय ग्यास बुलेट खरिदको अनुमति दिएको थियो । निगमले टैंक तथा टैंकर एंव बलेटबाट पेट्रोलियम पदार्थ तथा ग्यास ढुवानी सम्बन्धी छुट्टै विनियमावली बनाईरहेको जनाउँदै सो कार्य सम्पन्न नभएसम्म खरिद प्रक्रिया अघि नबढाउन मन्त्रालयले निगमलाई निर्देशन दिएको हो ।

अक्टोवरमा फोरजीका अाउने, सर्वसाधारणले के के फाइदा पाउँछन ?

काठमाडौं, ४ साउन :  नेपाल टेलिकम र एनसेलले दुई महिनाको समयावधि माग गरेका कारण फोरजी सेवा सञ्चालन गर्न दुई महिनाको समय माग गरेका छन्। नेपालमा बहुप्रतिक्षित मानिएको यो सेवा सुचारु गर्नका लागि समय उनीहरुले समय माग गरेका हुन्। गत असार २८ गते रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यसम्वन्धि नीति संसोधनसहित पास गरेपछि दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई सेवा अगाडि बढाउन बाटो खुलेको हो। पुरानै फ्रिक्वेन्सी ब्याण्डमा टेक्नोलोजी न्युट्रल गरेर नयाँ प्रविधिको फोर जी सेवा चलाउन मिल्नेगरी नियम संसोधन सहित पास भएको छ।टेलिकम र एनसेलले पहिलेदेखि नै फोर जी सेवा सञ्चालनका लागि फ्रिक्वेन्सीको माग गर्दै आइरहेका छन्। पहिले टेलिकम र एनसेलले १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा थ्रिजीको सुविधा दिइरहेका थिए। अब उनीहरुले त्यहि फ्रिक्वेन्सीमा फोरजीको सेवा दिन सक्नेछन्। फ्रिक्वेन्सीका लागि भने पहिलेको भन्दा दोब्वर शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ। के फाइदा पाउँछन् सर्वसाधारणले फोरजी अाएपछि? दुरसञ्चार प्राधिकरणका अनुसार अागामी अक्टोवरमा अाउने सर्वसाधारणका लागि अाउन लागेको यो सेवाले अाम मानिसदेखि अाईटीको क्षेत्रमा काम गर्ने सवैका लागि फाइदा पुग्दछ। विशेषत शहरी क्षेत्रका र घना बस्ति भएका ठाउँमा पहिले दिने गरी सेवा प्रदायकले काम थाल्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन्। फोरजी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ । यो सेवामा  पर्छन्। यसवाट अाफुले चाहेको समय तथा मोवाइलवाटै सम्पूर्ण कामहरु धेरै चाँडो चलाउन र सफर गर्न मिल्छ। सवै सुविधा मोवाइलवाट हुने भएकाले ग्राहक र उपभोगकर्ताले फोरजीको उपयोग गर्न सक्छन  कि सक्दैनन् यो विषय अहिले धेरै नै सतहमा अाएको अर्याल बताउँछन्। नेपालीहरुको अाय स्तर मध्यम भएको र फोर जी ले दिने सवै सेवाहरु चलाएमा नर्मल समयको भन्दा केहि महंगो हुन सक्छ।  टेलिकमले तयारी थाल्ने रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले फोरजीका लागि बाटो खुल्ला गरेसंगै नेपाल टेलिकमले तत्काल फोरजीका लागि काम कार्वाहि अगाडि बढाउन लागेको टेलिकमले जनाएको छ। टावर, व्यकअप र अरु इन्फ्रास्टक्चरमा कुनै समस्या नभएको र ‘टेक्नोलोजी न्युट्रल गरेपछि  धेरै समस्या नपर्ने र  सफ्टवेयर अपग्रेड गरे हुने टेलिकमले जनाएको छ। टेलिकमले थ्रीजीका लागि टावर र यसमा लाग्ने सामाग्री खरिद गर्दा नै नयाँ प्रविधिसंग पनि अपग्रेड गर्दा काम गर्ने सामाग्रि खरिद गरेको थियो। टेलिकमले विटिएस टावरका लागि धेरैमात्रामा चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी हुवावेका सामाग्रिहरु धेरै प्रयोग गर्ने गरेको छ। यो कम्पनीले टुजी, थ्रिजी र फोरजी एकै टावरबाट चल्ने सुविधा रहेको हुन्छ।

हिरोले अहिलेसम्मकै सवैभन्दा धेरै माइलेज दिने स्प्लेन्डर ल्यायो अझ शक्तिशाली भएको दावी

काठमाडौं, ४ साउन। हिरो मोटोकर्पले भारतमा नर्मल सेगमेन्टको वाइकमा सवैभन्दा धेरै माइलेज दिने भनिएको हिरो आई स्मार्ट स्प्लेन्डर एकसय १० सिसिको मोटरसाइकल सार्वजनिक गरेको छ। दिल्लीमा रहेको एक्स शोरुमका अनुसार भारतीय बजारमा यसको मूल्य ५३ हजार तीनसय रुपैया भारु तोकिएको छ।   आइथ्रिएस प्रविधिमा रहेको यो मोटरसाइकलले धेरै माइलेज दिने बताइएको छ। यो प्रविधिले मोटरसाइकल रोकेर राखेको अवस्थामा स्वचालित रुपमा इन्जिन बन्द गरिदिन्छ र पुन चलाउनु परेमा क्लचमात्र तान्दा हुने कम्पनीले जनाएको छ। जसले गर्दा इन्धनको बचत धेरै हुने कम्पनीको दाबी रहेको छ। विशेषगरी धेरै भिडभाड भएको अवस्थामा र जाम भएका ठाउँहरुमा यसको प्रभावकारीता धेरै हुने कम्पनीले जनाएको छ। यद्यपी यो नयाँ मोटरसाइकलमा पहिलेको हिरो आइ स्मार्ट एकसय सिसिको भन्दा धेरै फरक भने रहेको छैन। यसमा पहिलेको भन्दा धेरै आकर्षक र पहिलेको जस्तै डुअल टोन कलरमा उपलब्ध रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसा यसले हाल बजारमा भएको सय सिसिको आइस्मार्टभन्दा दश प्रतिशत धेरै शक्ति उत्पन्न गर्ने क्षमताको रहेको छ। कम्पनीको दाबी हेर्ने हो भने हाल बजारमा रहेको सवैभन्दा धेरै माइलेज दिने वाइकहरुमा हिरो आइस्मार्ट नै पर्छ र नयाँ आउने एकसय १० सिसिको नयाँ मोटरसाइकलले  पहिलेको भन्दा धेरै माइलेज दिन सक्ने अनुमान गर्न सकिन्छ। भारतमा सार्वजनिक भएको यो मोटरसाइकल चाँडै नै नेपालमा सार्वजनिक हुने जनाइएको छ।