जियोनिले ल्यायो एफ १०३ प्रो, यस्तो छ मोवाईल सेटका फिचर

काठमाडौं, ११ साउन । जियोनिले नेपाली बजारमा नयाँ मोडेल जियोनि एफ १०३ प्रो ल्याएको छ । नेपालमा अत्यधिक रुचाईएको एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो सेल्फी खिच्न रुचाउने नेपाली युवा जमातमा लक्षित छ । एफ १०३ प्रोलाई “सेल्फी मास्टर“ भनी जियोनिले नेपाली बजारमा ल्याउँदैछ । एफ १०३ को तुलनामा एफ १०३ प्रोमा नयाँ फिचरहरु थपिएको छ । फोनमा २.५ डी ड्रागन टेल ग्लासले सुरक्षित ५ इन्चको एच डी (७२० पी) आइ पी एस ईन(सेल डिस्प्ले (२९४ पी पी आइ पिक्सेल डेन्सिटी) छ । अत्यन्त आकर्षक डिजाइन रहेको फोनमा जसको पनि नजर तुरुन्तै पर्छ । क्यामेराको हकमा एफ १०३ प्रोमा १३ मेगापिक्सेल्को फास्ट फोकस रियर क्यामेरा (टेक्स्ट रिकोगनिशन, टाइम ल्याप्स र अरु थुप्रै आकर्षक फिचर सहित) र फेस ब्युटी र स्क्रिन फ्लाश सहितको ५ मेगापिक्सेल्को फ्रन्ट क्यामेरा छ जसले मधुरो प्रकाशमा पनि उज्यालो सेल्फिहरु खिच्नेछ । एफ १०३ प्रो मा १.३ गिगाहर्जको क्वाडकोर मेडियाटेक एम टि ६७३५ प्रोसेसर छ । अन्य जियोनि मोडेल सरह एफ १०३ प्रोमा डी टि एस साउन्टड प्रविधि रहेको छ जसले उत्कृष्ट गुणस्तरको ध्वनि उत्पादन गर्छ । फोनमा ३ जी बि ¥याम र १६ जी बो रोम (कार्डबाट १२८ जी बि थप्न मिल्ने) छ र एन्ड्रोइडको सबैभन्दा नयाँ संस्करण ६.० मार्शमेलोमा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.२ छ । डुअल सिम डुअल स्टान्डबाई रहेको यो सेटमा २४०० एम ए एचको ब्याट्री छ जसले २० घण्टाको टक टाईम र ४७० घण्टाको स्टान्डबाई टाईम प्रदान गर्दछ । सी डी एम ए सेट पनि चल्ने यो सेट मा ओ टि जी प्रविधि पनि छ । केवल ८.५ मि मि पातलो र १४३ ग्राम तौलको फोनमा यी सबै आकर्षक फिचर रहेको छ । एफ १०३ प्रो गोल्डेन, सेतो र ग्रे गरी ३ रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

डाट्सुन रेडी गो कार नेपाली बजारमा, १३ लाख ९९ हजार मूल्य

काठमाडौं, ११ साउन । डाट्सुनको रेडी गो कार नेपाली बजारमा भित्रिएको छ । साधारण आम्दानी भएका नेपालीहरुलाई समेत कार चढ्ने अवसर प्रदान गर्न भन्दै डाट्सुनको रेडी गो कार नेपाली बजारमा भित्र्याएको पायोनियर मोटो कर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले बताए । नयाँ कारको मुल्य जम्मा १३ लाख ९९ हजार तोकिएको छ । विभिन्न पाँच रंगमा उपलब्ध हुने डाट्सुन रेडी गो कारले न्युनतम इन्धन खपत दिनेछ । यो कार सेतो, सिल्भर, ग्रे, रुबी र लाइम रंगमा उपलब्ध छन् । प्रतिलिटर २५ दशमलब १७ किलोमिटरको माइलेज, वृहत सेफ्टी प्याकेज, ३० हजार किलोमिटरको वारेन्टी सुबिधा रहेको छ । दुई वर्षअघि देखि नेपाली बजारमा भित्रिएका डाट्सुनका ८ सय वटा कार बिक्रि भैसकेका छन् । पायोनियर मोटोकर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले न्युन आय भएका नेपालीहरुका लागि समेत अब कार चढ्ने सपना पुरा हुने बताए । मासिक २५/३० हजारको आम्दानी गर्ने नेपालीहरुका लागि पनि कार चढ्ने कुरा कठिन नहुने उनलको दावी थियो । हाल डाट्सुनले देशभरका १० वटा डिलरबाट कार बेच्दै आएको छ । जापानी कम्पनीको डाट्सुन कार ८ सय सिसीमा उपलब्ध छ ।

एनआरएनलाई एक हजार घर बनाउन स्विटजरल्याण्डबाट ९३ लाख सहयोग

काठमाडौं, ११ साउन । भूकम्प पिडितहरुका लागि एक हजार घर निर्माण गर्ने अभियानमा जुटेको गैर आवासिय नेपाली संघ(एनआरएन)ले स्विजरल्याण्डबाट ९३ लाख सहयोग प्राप्त गरेको छ । गोर्खाको उत्तरी गाउँ लाप्राकमा बस्ती बनाउँन सरकारसंग सम्झौता गरिसकेको एनआरएनएलाई घर निर्माणका लागि स्विटजरल्याण्डबाट सो मात्रामा सहयोग प्राप्त भएको हो । स्वीस– नेपाली भूकम्प पुननिर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्रयाङकस् र स्वीस–नेपाली समाजको १० हजार स्वीस फ्रर्यााङकस् गरी करिब ९३ लाख रुपैया  एनआरएनको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा भएको हो । गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तको उपस्थितिमा जुरिखमा आयोजित एक कार्यक्रमबीच रकम प्रदान गर्ने घोषणा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउ लाप्राकलाई नयां स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसंग संघले सम्झौता गरेपछिको प्रगती बिवरण बारे जानकारी गराएका थिए । उनले सेप्टम्बरसम्म योजनाको मास्टर प्लान तयार भई सक्ने बताए । संघले प्रत्येक घर बनाउन करिब ३ लाख ५० हजार रुपैयांको खर्च अनुमान गरेको छ ।