सेज विधेयक पारित नहुँदा अन्योल बढ्यो

काठमाडौं, १६ साउन । पूर्वाधार निर्माण सकिसक्दा पनि विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन सम्बन्धी बनेको विधेयक पारित हुन सकेको छैन । असारमै संसद्बाट विधेयक पारित गरी साउन तेस्रो साताबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भैरहवाको सेज सञ्चालन सरकार परिवर्तनसँगै अन्योलता बढेको छ । विभिन्न चरणमा छलफल गरी अन्तिम अवस्थामा पुगेको सेज पारित नहुँदा सेज सञ्चालनमा थप अन्योलता बढेको विशेष आथिक क्षेत्र विकास समितिका कार्यकारी निर्देशक चण्डिप्रसाद भट्टले बताए । व्यवस्थापिक संसद् अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले गत असार २१ गते सेज विधेयकलाई सर्वसम्मतले पारित गरेको थियो । भैरहवामा निर्माण भएको सेज आगामी साउन तेस्रो सातादेखि सञ्चालनमा ल्याउने समितिको तयारी थियो । ऐन पारित हुन नसकेपछि जसरी पनि साउन तेस्रो साताबाट भैरहवाको सेज सञ्चालनमा ल्याउने समितिको प्रतिवद्धता तुहिएको छ । उद्योगीलाई कुन आधारमा तथा कुन ऐनको अनुशरण गरेर सेज सञ्चालन गर्न दिने भन्ने दुविधा बढेको समितिले बताएको छ । अब नयाँ सरकार बनेपछि वस्ने संसद्ले यो ऐनलाई तुरुन्त पास गरिहाले पनि भैरहवाको सेज सञ्चालनमा आउन थप दुई÷तीन महीना समय लाग्ने उनले बताए । ६ महिनामै निमार्ण कार्य सकेर उद्योग स्थापना गर्ने प्रतिवद्धता सहित २०७१ को मंसिरमा उदघाटन गरिएको सेज अहिलेसम्म सञ्चालनमा आउन सेकेको छैन । नेपाल उद्योग वाणिज्य सङ्घले ऐन नआएसम्म लगानीको सुनिश्चिता नहुने भन्दै पहिले ऐन पारित गर्नुपर्नेमा जोड दिएको छ । सेजमा रू.५ करोडभन्दा बढी लगानी गर्ने ठूला उद्योग सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । छालाजन्य, जडिबुटीजन्य, फलफूलजन्य, प्लाष्टिकजन्य, इलेक्ट्रिक, गार्मेन्टजस्ता १७ किसिमका निर्यातजन्य उद्योग स्थापना हुनेछन् । सेजमा स्थापना हुने उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने छ । ती उद्योगले निर्यात गर्ने वस्तुमा प्रयोग हुने कच्चा पदार्थ, मेसिनरी सामान तथा प्याकेजिङ सामग्रीमा लागेको भन्सार महसुल, अन्तः शुल्क तथा मूल्य अभिवृद्धि करमा छुट (फिर्ता) सुविधा पाउने छन् । उद्योगलाई आयकर लाग्ने छैन । पुराना उद्योगको स्थानान्तरण गरी सेजमा ल्याउन नपाइने भएकाले सेजमा नयाँ उद्योगनै स्थापना हुनुपर्ने प्रावधान रहेको छ । घरबहालमा पहिलो वर्ष ५०, दोश्रो वर्ष ४० र तेश्रो वर्ष २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सेज सञ्चालन मापदण्ड तथा कार्यविधिले अखाद्य तथा मदिराजन्य उद्योग स्थापनालाई प्राथमिकतामा पारेको छैन । सेजमा बैङ्क, विमा कम्पनी, भन्सार, उत्पादित वस्तुको प्रर्दशनी हल, सेमिनार हल, शिशु स्याहार केन्द्र, विद्यालय, हुलाक, स्वास्थ्य चौकी, मनोरञ्जन स्थललगायतका सुविधा उपलब्ध हुनेछ । सेजभित्र स्थापना भएको उद्योगमा काम गर्ने कामदार वा कर्मचारीको पारिश्रमिक निर्धारण गर्दा कामदार वा कर्मचारीको कल्याणकारी कार्यलाई ध्यानमा राखी अन्य औद्योगिक प्रतिष्ठानको भन्दा बढी सुविधा हुने गरी तोकिनुपर्ने व्यवस्था गर्न लागिएको छ । देशमा औद्योगिक विकास गर्न सरकारले मुलुकको विभिन्न १४ स्थानमा सेज निर्माणका लागि गृहकार्य गरिरहेको छ । यसमध्ये पाँचखालको चालू आर्थिक वर्षदेखि नै निर्माण कार्य शुरू हुने भएको छ । तत्कालीन होक्से गाविस वडा नं. ४ र हाल पाँचखाल नगरपालिका वडा नं. ७ स्थित पाँडुलाको सामुदायिक वनको ५० हेक्टर जमीन विशेष आर्थिक क्षेत्र निर्माणका निम्ति यसअघि नै जग्गा अधिकरण गरिसकिएका छ । सोही जमीनमा चालू आर्थिक वर्षदेखि सेज निर्माण कार्य शुरू गर्न लागिएको चालू आव ०७३/७४ मा पाँचखालमा सेज निर्माणका निम्ति रू. ४ करोड ६७ लाख बजेट विनियोजन भएको छ भने उक्त सेज निर्माणको लागि करिब करीब रू. १ अर्ब २० करोड लगानी लाग्ने अनुमान रहेको भट्टले बताए ।

सोमर्सबी एप्पल साइडर अब इटहरीमा

काठमाडौं, १६ साउन । पोखरा र नारायणघाटमा सफल थालनी पछि गोर्खा बु्रअरी प्रा.लि ले सोमर्सबी एप्पल साइडर इटहरीको ओसेन पार्क रिसोर्टमा आयोजित एक समारोहकाबीच बिक्री थालनीको घोषणा गरिएको छ । समारोहमा समाजका प्रतिष्ठित व्यक्तिहरु, सरोकारबालाहरु, ग्राहकहरु र पत्रकारहरुको सहभागिता थियो । सोमर्सबी एप्पल साइडर स्याउबाट बनाइएको पेय पदार्थ हो । यसमा ४.५ प्रतिशत अल्कोहलको मात्रा छ । गुलियो र स्वादिलो हुनु यसको विशेषता हो । यो पूर्णतया प्रात्रृmतिक तत्वले बनेको र यसमा कुनै क्रृतिम स्वाद र रंङ मिसाइएको छैन । काठमाडौं, पोखरा र नारायणघाट पछि नेपालको पूर्वी क्षेत्रमा इटहरीबाट बिक्री वितरण थालनी गरिएको छ र निकट भविष्यमा नेपालका अरु विभिन्न शहरहरुमा पनि पु¥याइने कम्पनीले जनाएको छ । साइडर नेपाली उपभोक्तामा विकसित हुदै गएको नयाँ स्वादका लागि यो पेय नयाँ परिवर्तनको संबाहक बन्दै गएको छ । सोमर्सबी एप्पल साइडर महिला तथा पुरुष दुवैको लागि उपयुक्त छ । सोमर्सबी एप्पल साइडर गर्मीको दिनमा, दिउँसो खानासँग वा कुनै पनि समयमा पिउन उपयुक्त छ । काल्सवर्ग समूहले एप्पल साइडर सन् २००८ मा डेनमार्क र नर्वेमा उत्पादन तथा वितरण प्रारम्भ गरेको र यसले निरन्तर सफलता पाउँदै आएको बताउँदै अहिले विश्वका ५० भन्दा बढी मुलुकहरुमा सोमर्सबी एप्पल साइडर उपभोक्ता समक्ष पुगेको र सबैले रुचाएको बताए । एसियामा सोमर्सबी एप्पल साइडर संगापुर, हङकङ्ग, मलेसिया,थाइल्याण्ड र चीन पछि छैठौं राष्ट्रको रुपमा नेपालमा उपलब्ध भएको हो । हाल सोमर्सबी एप्पल साइडर २५० मिलीग्राम प्रतिबोतल मूल्य एक सय रुपैयाँ कायम गरिएको छ र यो १२ बोतलको कार्टनमा उपलब्ध छ ।

इलामको जोगमाई जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न

इलाम, १६ साउन। इलामको जोगमाई खोलामा निर्माणाधीन जोगमाई खोला साना जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । ७.६ मेगावाट क्षमताको उक्त आयोजनाको एक हजार ५०० मिटर लामो सुरुङ निर्माण गरिएको हो । विसं २०७१ मङ्सिर ५ गते जोगमाई खोलापट्टिबाट सुरुङ खन्न सुरु गरेको आयोजनाले ५७३ दिन काम गरेर सुरुङ निर्माण कार्य सम्पन्न गरेको आयोजनाको प्रवद्र्धक कम्पनी सानभी इनर्जी प्रालिका संस्थापक भानु पोखरेलले जानकारी दिए । सुरुङ निर्माणको कामसँगै आयोजनाको ७५ प्रतिशत काम सकिएको पनि प्रालिका अर्का संस्थापक पाल्देन काजीले बताए । यसअघि आयोजनाको सुरुङको सेतीखोलादेखि ४०० मिटर हेडरेस पाइप र एक हजार २४३ मिटर पेनस्टक पाइपको काम पनि लगभग निर्माण सम्पन्न भइसकेको काजीले बताए । आगामी मङ्सिर महिनासम्ममा आयोजनाको काम सम्पन्न गरी केन्द्रीय प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी भइरहेको पनि संस्थापक पोखरेलले जानकारी दिए । आयोजनादेखि गोदकस्थित सबस्टेसनसम्म लाइन पु¥याउन पोल गाड्ने काम भइरहेको छ । रासस