हिरोको १ लाख नगद जित्ने चौथो र पाँचौ भाग्यशालीको नाम घोषणा
काठमाडौं, ११ कात्तिक । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले दशैंको योजना अन्र्तगत हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख नगद जित्ने चौथो र पाँचौ भाग्यशालीको नाम घोषणा गरेको छ । दशैंको “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” योजना अन्र्तगत बिराटनगरको गीता अधिकारी र यदुनन्द चौधरीले लक्की ड्र मार्फत १–१लाख नगद जितेका छन् । यसअघि पोखराकी शरवदा पौडेल, बर्दियाका विपिन कुमार गुप्ता बाराका श्रवण कुमार शाहले १ लाख जितिसकेका कम्पनीले जनाएको छ । उक्त योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहले हिरो ब्राण्डका मोटर साइकल किन्दा ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाचमा १ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् । यसैगरि स्कुटर तर्फ हरेक हिरोका स्कुटरमा ८ हजार नगद छुट हुनेछ साथै स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् ।
धुर्मुस–सुन्तलीद्वारा निर्माण भएको घर शुक्रबार हस्तान्तरण हुने, भूकम्पपीडितका लागि समाजकै नमूना काम
काठमाडौं १०, कार्तिक । सिताराम कट्टल (धुर्मुुुस र कुन्जना घिमिरे (सुन्तली)ले धुर्मुस–सुन्तली फाउन्डेसनको नाममा ६ महिनाअघि शिलान्यास गरी निर्माण सुरु गरिएको गिरानचौर एकीकृत बस्ती शुक्रबार भूकम्प प्रभावितलाई हस्तान्तरण गरिने भएको छ । फाउन्डेसनको अगुवाइमा निर्माण गरिएको यो एकीकृत नमुना बस्ती काग तिहारको दिन हस्तान्तरण गरिन लागिएको हो । तामाङ समुदायको बाहुल्य रहेको गिरानचौरमा ६५ घर ठडियो । अर्को एउटा घर मर्मत गरिएको छ । चारकोठा रहेको घरभित्रै शौचालय छ । अन्नपात राख्नका लागि घरमा माथिल्लो तला छ । यहाँ ५ वटा पार्क, ३ वटा चिल्ड्रेन पार्क, घण्टाघर अनि भ्यू टावर, १ खेलमैदान बनाइएकाले बस्ती सुन्दर बनेको स्थानीय बताउँछन् । एउटा सामुदायिक हल छ । हरेक घरको अघिल्तिर पर्याप्त आँगन भएकाले पनि शोभनीय देखिन्छ । घर पछाडि कम्तीमा दुई वटा फल दिने बिरुवा लगाइन्छ । करेसाबारी घरको पडाडि भएकाले तरकारीको जोहो गर्नसमेत सकिन्छ । ‘ग्रिन सिटी, क्लिन सिटी’को धारणाअनुरुप भोलिको दिनमा यसलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने लक्ष्य छ, धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुुस’ले उत्साही हुँदै भने, “यहाँको हरेक घर होमस्टे सञ्चालनका लागि योग्य छ ।” बस्ती निर्माणका लागि ५ करोड बढी खर्चिएको धुर्मुसको अनुमान छ । वास्तविक हिसाब त्यही दिन मात्रै हुनेछ,” उनले भने, “विभिन्न स्थानबाट सामान खरिदको बिल आइसकेको छैन । दसैंको घटस्थापनाको दिन भूकम्प प्रभावितलाई घर हस्तान्तरण गरिने पूर्वतयारी भए पनि विविध कारणले हस्तान्तरण हुन सकेन । “धेरै बाधा अड्चन आए, धेरै चुनौती थपिए,” धुर्मुसले भने, “मैले सबैलाई जितें, तर प्रकृतिसँग हारें ।” निर्माण सुरु गरेदेखि नै पानी परिरहेकाले बस्ती हस्तान्तरण गर्ने लक्ष्य भेट्न मुस्किल परेको हो । घर बनाउने क्रममा बालुवा सिमेन्टको मसला धेरैचोटी भेलले बगायो । बस्ती निर्माणस्थलसम्म पुग्ने साढे पाँच किलोमिटरको कच्ची सडक बनाउनै १ महिना लाग्यो । बारम्बार परिरहने पानीले काममा बाधा पु¥याएकैले लक्षित दिनसम्म भूकम्प प्रभावितलाई घर हस्तान्तरण गर्न नसकिएको धुर्मुसले दुःखेसो पोखे । ६५ घरका सबैलाई श्रमदानका लागि अनिवार्य गरिएको थियो । बाँकी सेना, प्रहरी, स्थानीयले सहयोग गरे । केही संघ÷संस्था र युवाको श्रमदानका साथै प्राविधिक कामका लागि अन्य जिल्लाबाट मिस्त्री ल्याइएकाले काग तिहारको दिन बस्ती हस्तान्तरण गर्न सम्भव भएको हो । “यो गाउँ हैन सुन्दर सहर हो, यसको निर्माणका लागि फाउन्डेसनले अगुवाइ मात्रै गरेको हो,” एकीकृत बस्ती निर्माण अभियानका प्रमुख अभियन्ता धुर्मुसले भने, “सबैको साथ सहयोगले यहाँसम्म आइपुगेका छौं, हामी सबैले बराबरी शारीरिक श्रम गरेकलै यो सफलता हात परेको हो ।” यसरी सबै मिले देश विकास हुने उनको तर्क छ । पर्यटनका लागि, भौतिक सुन्दरता अनि सामुदायिक खुसीका लागि गिरानचौर अब्बल छ । “यो हेरेर सबैले बुझ्नु पर्छ कि देश कसरी बन्छ भनेर” उनी खुसी हुँदै भन्छन्, “धुर्मुसले गिरानचौर हैन देश बनाउँदै छ ।” यहाँ भोलिका दिनमा काठमाडौंमा रहेका विभिन्न संघसंस्थाले साधारणसभा पनि चलाउन सक्नेछन् । उनकाअनुसार यहाँ बनेका घरले राष्ट्रियता झल्काउँछ । गिरानचौरका सबै घर नेपालको झण्डामा समाहित रंग रातो, निलो र सेतोले सज्जित छ । गाउँवासी पनि चिटिक्क परेको घर आफूले पाउने भएपछि खुसी छन् । उनीहरूले सरकारी राहतको आश गरेका छैनन् । गाउँकै ५९ वर्षीय रुद्र तामाङ फाउन्डेसनले बनाएको घरको डिजाइनले आफू सन्तुष्ट भएको बताउँछन् । “जाडोमा निकै समस्या भयो, बर्खामा पनि पानी चुहिएरै हैरानै भएको थियो,” रुद्रले आफ्नो समस्या सुनाए, “अब त आनन्द हुन्छ ।” ३५ रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत नमुना बस्तीलाई तीन वटा ब्लकमा बाँडिएको छ । ब्लक ‘ए’मा २३ घर बनेका छन् भने ब्लक ‘बी’मा २७ र ब्लक ‘सी’मा १५ घर छन् । अपांग, वातावरण र बालमैत्री बन्ने यो बस्ती नेपालकै नमुना हुने अभियन्ता धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।कारेबार दैनिकबाट ।
कर तिर्दैनन् सिनेमा घरहरूले, महानगरपालिकाले उपत्यकाका १७ हललाई बारम्बार ताकेता गर्दा पनि कर तिरेनन
काठमाडौं ८, कात्तिक , सिनेमाघरमा फिल्म हेर्न दर्शकले तिर्ने शुल्कको २.५ प्रतिशत रकम करवापत स्थानीय निकायलाई बुजाउनुपर्ने कानुनी व्यवस्था छ। तर काठमाडौं उपत्यकामा सञ्चालित सिनेमाघरले भने कानुन अटेर गरेर कर नतिरेको सोमबारको नागरिक दैनिकमा समाचार छापिएको छ। पहिले मनोरञ्जन ऐन अनुसार सिनेमाघरले मनोरञ्जन कर तिर्दै आएका थिए। २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐन आयो। यही ऐन अनुसार २०५६ सालमा बनेको नियमावलीले मनोरञ्जन कर स्थानीय निकायले उठाउने व्यवस्था गरेको छ। मनोरञ्जन ऐन भने २०६३ सालमा खारेज भयो। २०५६ यता सबै सिनेमाघरले मनोरञ्जन कर तिरेका छैनन्। काठमाडौं महानगरपालिकामा गंगा, अष्टनारायण, जय नेपाल, कुमारी, विश्वज्योति, गोपिकृष्ण, पुष्पाञ्जली र कलंकी सिनेमा घर आफ्नै भवनमा सञ्चालित छन्। त्यसैगरी व्यापारिक मलमा क्युएफएक्स, विग सिनेमालगायतका हल सञ्चालित छन्। महानगरपालिकाका अनुसार उपत्यकामा रहेका १७ हललाई बारम्बार ताकेता गर्दा पनि कर तिरेका छैनन्।