नारायणगढ-बुटवल सडकमा २९ वटा पुल निर्माण सम्पन्न, अब ५ वटा मात्र बाँकी

काठमाडौं । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएका छन् । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ-बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।  गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वीखण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब ५ वटा पुल मात्र निर्माणको काम बाँकी छ । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा छोटा सबै पुल निर्माणको काम सकिएको छ । लामो पुलमा जय श्री र बेल्डियाका २ वटा पुलमा ढलानको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए। यी पुलहरू केही दिनमा ढलानको काम हुनेछन् । ढलान भएका लामा पुल केही सञ्चालनमा आएको र बाँकी रहेका पुलसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिए । २ सय मिटरभन्दा लामा पुल गिरुवारी खोला, अरुण खोला र विनयी खोलाको पुल निर्माणको कामसमेत अघि बढिरहेको छ । ती पुलमध्ये दुम्किबासमा रहेको विनयी खोलाको पुरानो पुल भाँचिएको कारण अहिले उक्त स्थानका नयाँ पुल निर्माण गर्न लागिएको छ । विनयी खोलामा अहिले सवारी डाइभर्सनबाट सञ्चालनमा रहेको र पानी परे समस्या हुनसक्ने भएकाले नयाँ पुल निर्माणलाई प्राथमिकता दिइएको उनले बताए ।  ‘२ सय मिटर लामा तीन वटा पुलमध्ये विनयी खोलामाथि निर्माण हुन लागेको पुल निर्माणमा केन्द्रित छौँ, उक्त स्थानमा पुरानो पुल भाँचिएकाले नयाँ पुल चाँडै निर्माण गर्न लागेका छौँ, ढिलामा जेठ पहिलो हप्तामा नयाँ पुलको काम सकेर सवारी चलाउने लक्ष्य छ,’ सूचना अधिकारी खनालले भने । विनयी खोलाको चार वटा स्पानमा काम गर्न बाँकी रहेको उनको भनाइ छ ।  त्यसका लागि बिमहरू तयार भएकाले लगेर राख्ने र लगत्तै ढलानको तयारी गरिने सूचना अधिकारी खनालले बताए । उनका अनुसार यो आर्थिक वर्षमा चोरमारामा रहेको गिरुवारी खोला र अरुण खोलाको पुल बाहेक सबै पुल निर्माण सम्पन्न हुने छन् । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले गरिरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत  साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ । यस अवधिमा समेत काम सकिने अवस्था लगभग टरेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा ४ लेनसहित दुवैतर्फ ६/६  मिटरको ‘सर्भिस लेन’ हुनेछ । दाउन्नेमा १४ किलोमिटर ३ लेनको सडक हुनेछ । 

घर-घरमा बिजुली पुर्‍याउनु नै मेरो कार्यकालको मुख्य उपलब्धि हो : कुलमान घिसिङ

काठमाडौं । सरकारले बर्खास्त गरेको ११ दिनपछि पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले कानुन नीति नियममा रहेर काम गरेको दाबी गरेका छन् । उनले सरकारसँग आफू जवाफदेही रहेको बताए। उनले सरकारलाई ४ महिना कार्यकाल सकिन आगावै आफूलाई बर्खास्त गरेकोमा धन्यवाद दिए।  उनले आफ्नो कार्यकालमा प्राधिकरणमा धेरै परिवर्तन भएको बताए ।  उनले भने, ‘मेरो कार्यकालमा प्राधिकरणको सम्पत्ति करिब तीन गुणा वृद्धि भयो । यो नाफा विद्युत पूर्वाधारमा पुनः लगानी भएको छ, जनताको घरघरमा विद्युत पुर्‍याउनु नै मेरो कार्यकालको मुख्य उपलब्धि हो ।’ घिसिङले आर्थिक वर्ष ०८०/८१ सम्म सञ्चित नाफा ४७ अर्ब रुपैयाँ पुगेको समेत बताए । साथै यो नाफा महसुल वृद्धि गरेर नदेखाइएको भन्दै उक्त अवधिमा २५ प्रतिशत महसुल घटाइएको उनको भनाइ छ । गत आर्थिक वर्षबाट विद्युत आयातभन्दा निर्यात बढी भएको र देशभित्र विद्युत खपत तीन गुणा वृद्धि भएको घिसिङको भनाइ छ । प्राधिकरणमा ८ वर्ष काम गरेको भन्दै उनले यसको मूल्याङ्कन जनताले गर्ने बताए ।   उनले नेपालको संविधान र प्रचलित कानुनभित्र रहेर देश र जनताको सेवामा आफूलाई समर्पित भएको दाबी गरे । उनले आम जनाताको माया अथाह भएको र आफुलाई गर्व महसुस भएको बताए ।  उनले भने,‘ सरकार मलाई रातारात हटाएको दिन अर्थात् चैत्र ११ गतेको दिन म मकवानपुरको दुर्गम क्षेत्रमा सीमान्तकृत विपन्न चेपाङ समुदायको बस्तीमा बत्ती बाल्ने कामै विजी थिए । मलाई बर्खास्तबारे केही थाहा थिएन् । एक्कासी समाचार देखेँ ।  अनि म झस्किए ।’  उनले नेपाली जनतालाई आफुले भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आर्पुति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दनरीपूर्वक पुरा गरिरहेको सुनाए । उनले सरकारले आफुविरुद्ध जे गर्न खाज्यो त्यो सबै गलत भएको बताए ।  उनले भने,‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ । तर आम जनताका लागि हरेक कुराहरुमा काम गरिरहने छु ।  यहाँ यहाँ स्वार्थ मात्रै चल्छ । मेरो मूल्याङ्कन नेपाली जनताले आफैँ गर्नेछन् । ’ उनले आफुले प्राधिकरणमा रहँदा कुनै पछुतो हुने काम नगरेको बताए ।  बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुको मुख्य कारण बन्न भएको बताए ।  सार्वजनिक संस्थाको बक्यौता उठाउने खोज्ने आफ्नो प्रयास राष्ट्र विरुद्धको अपराध हो भन्दै प्रश्न गरे ।  यसको जबाफ नेपाली जनता र इतिहारले आगामी दिनमा अवश्य मागिने समेत सुनाए  । उनले भने, ‘ऊर्जामा मुलुकलाई आत्मानिर्भर बनाउँदै छिमेकी भारत र बङ्गलादेशसम्म विद्युत् व्यापार विस्तार गर्ने लगायतका अभियान सक्रिय रहेकोमा गत असारमा वर्तमान सरकार र ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रीले म माथि अनावश्यक, अनैतिक र गैर कानुनी दबाब सिर्जना गरेको सिगों देश साच्छि छ ।’ घिसिङले बाँकी रहेको बक्यौता रकम उठाउन जसरी भए पनि आम नागरिकले एक जुट भएर लाग्न सबैलाई आग्रह गरे । यसको बारे भण्डाफोर गर्नुपर्ने र यो समय विस्तार विस्तारै नजिकिँदै गएको पनि उनले जानकारी दिए ।   यस्तै उनले राजीतिमा आउने संकेत समेत गरे । उनले भने, ‘ हाल म कुनै पार्टीमा आवद्ध छैन् । तर राष्ट्रसेवक नागरिकको नाताले जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए ।  ‘म एउटा जिम्मेबार नागरिक हो, अब म कर्मचारी रहिनँ, सदैव देशको हित र समृद्धिका लागि जुनसुकै जिम्मेवारी लिन तयार छु’, उनले भने । मुलुक लोडसेडिङमा रहेका बेला डेडिकेटेड र ट्रङ्कलाइनबाट अनवरत बिजुली लिएका, तर सत्ता र शक्तिको पहुँच दुरुपयोग गर्दै कम्तिमा २० अर्ब रुपैयाँ महसुल नतिर्न खोजेका व्यापारीहरूको जोडबलमा लागेर सरकारले घिसिङलाई चैत ११ गते पदबाट हटाएको थियो ।   

म कुनै पार्टीमा आवद्ध छैन, जिम्मेवार नागरिकको हैसियतले जिम्मेवारी सम्हाल्न तत्पर छु : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरण पूर्व कार्यकारी निर्देशन कुलमान घिसिङले आफू कुनै पार्टीमा आवद्ध नभएको बताएका छन् । बर्खास्तीपश्चात पहिलोपटक शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।  घिसिङले भने, ’म कुनै पार्टीमा आवद्ध छैन । जिम्मेवार नागरिकको हैसियतले कुनै पनि जिम्मेवारी सम्माल्न तत्पर छु ।’ उनले आफू अब कर्मचारी नरही सर्वसाधारण नागरिक रहेको बताए । घिसिङले भने, 'जिम्मेवार राष्ट्रसेवक कर्मचारी भएर काम गरिरहेको थिएँ ।  मैले अदालतको निर्णयलाई स्वागत गरेको छु ।अब म कर्मचारी रहिनँ, सर्वसाधारण नागरिक हुँ । उनले आफूले कर्तव्य पूरा गरेको बताउँदै सरकारसँग आफू जवाफदेही रहेको बताए। उनले सरकारलाई समेत धन्यवाद दिएका छन् ।  घिसिङले बक्यौता रहेको रकम उठाउन जसरी भए पनि आमनागरिक एक जुट भएर लाग्न सबैलाई आग्रह गरे । यसको बारे भण्डाफोर गर्नुपर्ने र यो समय विस्तार विस्तारै नजिकिँदै गएको पनि उनले जानकारी दिए । सान्दर्भिक सामग्री : लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमानदार प्रयास हो : कुलमान घिसिङ कुलमानको प्रश्नः बक्यौता रकम उठाउनु राज्यविरुद्ध लाग्नु हो ?