स्वास्थ्यमन्त्रीको अभिव्यक्तिले अस्पताल तरङ्गित, धमाधम रोक्दै स्वास्थ्य बीमा

काठमाडौं । स्वास्थ्य बीमालाई १ लाख बाट ५ लाखमा पुर्याउने जोडबल गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब स्वास्थ्य बीमा नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै दिएको अभिव्यक्ति यतिखेर चर्चामा छ । मन्त्री पौडेलले केही दिनअघि बोलेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो भिडियोलाई लिएर स्वास्थ्य बीमाको भविश्यमाथि नै प्रश्न उठिरहेको छ । भिडियोमा उनले उपभोक्ता र अस्पताल दुवैको लापरवाहीले बीमा रकम भुक्तानीमा समस्या आएको बताएका छन् । उनले भनेका छन्, ‘अब बीमाको भुक्तानी हुँदैन, भुक्तानी सम्भव छैन, राज्यले प्रतिवद्धता गरेको कति हो, साढे ७ अर्ब होइन ? कति खर्च भएको छ ? यो वर्षको बजेटमा हुँदै नभएको शीर्षक अघिल्लो वर्षको बक्यौता भनेर कसरी तिर्ने ?’ मन्त्री पौडेलले आफू आइसकेपछि यो वर्ष जति पाउने थियो त्यो सबै भुक्तानी भइसकेको भिडियोमा भनेका छन् । ‘बीमाको पैसा खानामा राखेको अचारजस्तो यति पनि पुग्दैन रहेछ, यहाँ पनि बीमा लागू छ भनिएको छ, त्यहाँ पनि बीमा लागू भएको भनिएको छ, नागरिकले मेरो पैसा हो भनेर टेस्ट नै नगर्नुपर्ने टेस्ट गरिएको छ किन्नै नपर्ने औषधी किन्यो भनेर पैसा सकाएको छ,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘यस्तो बीमा पनि कसरी चल्छ ? यस्तै हो भने यो वर्ष ४० अर्ब पुग्छ, मैले तिर्छु भनेर गफ दिएर ताली बजाएर हुँदैन ।’ नियुक्त हुँदा ताका स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने उद्घोष गरिरहेका उनी आफैले अब स्वास्थ्य बीमाको भविश्यमाथि नै प्रश्न उठाएका छन् । ‘कुल साढे ७ अर्ब त्यो पनि सकिसक्यो, अर्थ मन्त्रालयले २५ प्रतिशत बजेट कटौती गर भनेर लेखेरै पठाइसक्यो,’ उनले भनेका छन्,‘ बन्द गर्ने भनेर बन्द गर्न त मिल्दैन । तर, चल्दै नचलेपछि त आफै बन्द हुन्छ ।’ कतिपय सरकारी फार्मेसीले बीमाबाट औषधी दिन छोडिसकेको बताउँदै मन्त्री पौडेलले बीमामा अस्पतालको लापरवाही पनि उत्तिकै रहेको बताएका छन् । ‘नगद तिर्यो भने रजिष्ट्रेशन ५० रुपैयाँमा हुन्छ, बीमाको रजिष्ट्रेशन ८० रुपैयाँमा हुन्छ, क्यास पैसा तिरेर बेडमा गयो भने तीन सय रुपैयाँ, बिमाबाट गर्यो दुई हजार रुपैयाँ, उपभोक्ताले पनि मेरो जाने होइन जति लिएपनि मतलब नगर्दा यस्तो समस्या आयो,’ उनले भनेका छन् । मन्त्री पौडेलको यस्तो भनाइले अहिले धेरै अस्पताल अन्योलमा परेका छन् । उनीहरूले पाउनु पर्ने रकम नै नपाएको बताउँदै सेवा सुचारु गर्ने वा नगर्ने भन्ने विषयमा अधिकांश् अस्पताल दुविधामा छन् । तर, मन्त्रीको सचिवालयले भने मन्त्रीको भिडियोको एउटा क्लिपमात्रै राखेर गलत प्रचार गरिएको बताएको छ । बीमाको पछिल्लो विकृतिका उदाहरण दिँदै बोलेको प्रसंगमा सबै भिडियो नसुनेर क्लिपमात्र सुनेर प्रतिक्रिया दिएको भन्दै उनको सचिालयले आपत्ति जनाएको छ । यो विषयमा सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्कने क्रममा समेत मन्त्री पौडेलले गलत प्रचार गरिएको बताएका छन् । उनले बीमालाई व्यवस्थित गर्न आवश्यक रहेको सुनाए । बीमाभित्र थुप्रै विकृति रहेको बताउँदै त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । ‘बीमालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइसकेको छ, सुधारका लागि सुझाव कार्यदल गठन गरेर सुझाव पनि पाइसकेका छौं,’ उनले भने । मन्त्री पौडेलले यस्सो बताइरहँदा उनको भिडियो सुनेपछि धेरै अस्पताल भने अन्योलमा परेका छन् । उनीहरूले मन्त्रीको नै यस्तो भनाइ बाहिर आउँदा अब सेवा के गर्ने भन्ने अन्योल बढेको बताएका छन् । अन्योलमा अस्पताल दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा कटौतीको सूचना नै निकालेको छ । स्वास्थ्य बीमा बापतको ११ करोडको भुक्तानी नपाएको भन्दै अस्पतालले सूचना निकालेर सेवा कटौती गरेको जानकारी दिएको छ । अस्पतालले बीमामा आवद्ध बिरामीलाई तीन महिनासम्म दिँदै आएको औषधी सुविधा अब एक सातासम्मका लागि मात्र उपलब्ध गराउने बताएको छ भने प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरू स्थगित गरेको छ । अस्पतालको फागुन ९ गतेको निर्णयले सेवा कटौती गरेको जनाइएको छ । बिरामीलाई दिनहुँ औषधी वितरण गर्नुपर्ने तर रकम नभएकाले सेवा दिन कठिन भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराज गञ्जले केही समयअघि स्वास्थ्य बिमा कार्यक्रम नै स्थगित गरेको थियो । अस्पतालले ६९ करोड रकम नपाउँदा कार्यक्रम नै स्थगित गरेपछि सरकारले २ करोड ५१ लाख रकम दिएर कार्यक्रम स्थगित नगर्न अनुरोध गरेको थियो । स्वास्थ्यमन्त्रीको अनुरोध र २ करोड ५१ लाख पाएपछि अस्पतालले गत माघ ९ गतेदेखि फेरि स्वास्थ्य बिमाका कार्यक्रम सुरु गरेको छ । तर, अवस्था अहिले पनि जटिल नै रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराले भुक्तानी नपाउँदा बीमाबाट सेवा लिने बिरामीलाई सेवा दिन समस्या भएको बताए । ‘बाहिर जिल्लामा रोग निको नहुँदा आशा बोकेर बिरामी हामी कहाँ आइपुग्छन्, ७७ वटै जिल्लाका बिरामीको आशाको केन्द्र रहेको अस्पतालमा बोर्डले पैसा नदिँदा यसको असर बिरामीलाई पर्न थाल्यो,’ उनले भने । उनी बिमा सेवाको असर जनरल बिरामीलाई समेत पर्न थालेको बताउँछन् । ‘यो अस्पताल सरकारी अस्पताल भनेर चिनिन्छ । तर, सकारले हामीलाई दिने वार्षिक बजेट भनेको १० करोडमात्र हो,’ उनी भन्छन्, ‘बाँकी सबै रकम अस्पताल आफैले व्यवस्थापन गर्छ, यस्तो अवस्थामा ७७ वटै जिल्लाका बीमित बिरामी यहाँ आउँदा हामीलाई सेवा दिन समस्या भएको छ ।’ देशकै पुरानो वीर अस्पतालको अवस्था पनि उस्तै छ । वीर अस्पतालले पनि १२ करोड रकम पाउन सकेको छैन । अब पनि रकम नपाउने हो भने कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था नरहेको वीर अस्पतालले जानकारी दिएको छ । ‘हामीले पनि औषधी ल्याउनुपर्छ, उपकरणहरू किन्नुपर्छ, हामीले भएको औषधी दिँदै गर्ने किन्न पैसा नहुने हो भने सेवा दिन सकिँदैन,’ अस्पतालका एक चिकित्सकले भने । उनले पटक–पटक यो विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत पैसा पाउन नसकेको गुनासो गरे । अस्पताल र उपभोक्ता दुवै उस्तै स्वास्थ्य मन्त्रीले बीमाबाट सेवा लिने र दिने दुवै संस्था र व्यक्ति जिम्मेवार नभएको दाबी गरेका छन् । सरकारले दिने पैसा हो भन्दै अस्पतालले दोब्बर रकम लिने र आफ्नो पैसा तिरेको भन्दै जबरजस्ती रोग नलागेपनि जाँच गर्ने परम्पराले भुक्तानी समस्या भएको उनको भनाइ छ । उनले यो विषयमा नागरिक र संस्था दुवै सच्चिनुपर्ने धारणा राखेका छन् । स्वास्थ्य बीमा बोर्डले भने मन्त्रीले रकम दिँदैन भन्दैमा अस्पतालले रकम नपाउने कुरा नभएको बताएको छ । नाम नबताउने सर्तमा बोर्डका एक पदाधिकारीले अस्पतालको दाबी र बोर्डले दिने रकममै कुरा नमिलेको बताएका छन् । शिक्षण अस्पतालका सूचना अधिकारी रोस्यारा अस्पताल पुग्ने हरेक बिमित बिरामी आफ्नो पैसा कति वाँकी छ भन्दै सोध्दै सेवा लिने गरेको बताउँछन् । बोर्डलाई वार्षिक ७ अर्ब बजेट  सरकारले स्वास्थ्य बीमा बोर्डलाई वार्षिक साढे ७ अर्ब बजेट दिने गरेको छ भने बिमित व्यक्तिबाट वार्षिक ३ देखि ४ अर्ब रुपैयाँ उठ्ने गरेको छ । यो रकम पनि पुरानो रकम तिर्दैमा ठिक्क हुने गरेको राष्ट्रिय बीमा बोर्डले जानकारी दिएको छ । बोर्डका सूचना अधिकारी विकास मल्लका अनुसार बोर्डले अस्पताललाई दिनुपर्ने रकम १६ अर्व बढी छ । बोर्ड सदस्य डा. मुक्ति श्रेष्ठ अझै सकारले पैसा नदिँदा अस्पातललाई रकम दिन नसकेको बताउँछन् । उनका अनुासर सरकारले करिब १७/१८ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उनी भन्छन्, ‘हामीलाई रकम उपलब्ध गराउने सरकारले हो, सरकारले हामीलाई नै उपलब्ध नगराउँदा हामीले अस्पताललाई दिन सकिरहेका छैनौं ।’ उनी ढिलो चाँडो भएपनि बोर्डले रकम अस्पताललाई उपलब्ध गराउने स्पष्ट पारेका छन् । ‘बोर्डले सरकारी र निजी संस्थासँग सहकार्य गरेको छ । त्योअनुसार बार्डले भुक्तानी गर्छ,’ उनी भन्छन्, ‘स्रोत सुनिश्चितता नहुँदा केही समय लागेको हो, पैसा तिर्नुपर्छ मन्त्रीले रकम तिर्न सकिँदैन भन्ने कुरा बाहिर आएको छ, त्यो कुन प्रसंगमा भन्नुभयो मलाई थाहा भएन । तर, बोर्डको स्पष्ट धारणा हामीले अस्पतालसँग सम्झौता गरेका छौँ, त्यो सम्झौता राज्यको हो, समय लाग्न सक्छ । तर, पैसा चाहिँ तिर्नुपर्छ ।’

दाजुभाइको दोस्ती : बर्सेनि बढ्दै व्यवसाय, निरन्तर नाफा

काठमाडौं । औषधी व्यापारमा एक अग्रणी कम्पनीको परिचय बनाएको यतिकेम डिस्ट्रिब्यूटर्स कम्पनीले निरन्तर व्यावसायीक छलाङ मारेको देखिएको छ । सन् २००१ मा स्थापना भएको यो कम्पनीले प्रत्येक वर्ष आम्दानी बढाउँदै गएको देखिएको हो । यतिकेम ग्रुपद्वारा सञ्चालित यस कम्पनीले सन् २०२४ मा १ अर्ब ८० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष अर्थात् सन् २०२३ को तुलनामा साढे दुई करोड रुपैयाँ बढी हो । सन् २०२३ मा यस कम्पनीले १ अर्ब ७७ करोड ६० लाख, सन् २०२२ मा १ अर्ब ७३ करोड २० लाख, सन् २०२१ मा १ अर्ब ६० करोड १० लाख र सन् २०२० मा १ अर्ब ४० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पछिल्लो पाँच आर्थिक वर्षमा यस कम्पनीले निरन्तर आम्दानी बढाउँदै गएको छ भने सोही अनुसार नाफा पनि बढाउँदै लगेको छ । यसैगरी, कम्पनीका अन्य वित्तीय सूचक पनि सुधारात्मक अवस्थामा छन् । कम्पनीको सञ्चालन नाफा अनुपात ९ प्रतिशत कायम भएको छ । सन् २०२३ मा कम्पनीको नाफा १०.३ प्रतिशत थियो । अघिल्ला आर्थिक वर्षहरूमा आम्दानी क्रमिक रूपमा वृद्धि देखिएकोले कम्पनीको दीर्घकालीन नाफा क्षमता पनि सकारात्मक नै देखिन्छ । कम्पनीले ऋणभार पनि घटाउँदै गएको देखिन्छ भने तरलता तथा ब्याज भुक्तानी क्षमतामा पनि सुधार देखिएको छ । यस कम्पनीले मधुमेह, क्यान्सर, क्षयरोग लगायतका दीर्घरोगसम्बन्धी औषधीहरूको बिक्री गर्दै आएको छ । कम्पनीले स्थानीय तथा अन्तर्राष्ट्रिय उत्पादक तथा आपूर्तिकर्ताबाट औषधी खरिद गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । यस कम्पनीमा प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको ५०/५० सेयर लगानी छन् । उनीहरू दाजुभाइ हुन् । काठमाडौंको सुन्धारमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले नेपालभरका अस्पताल, फार्मेसी तथा स्वास्थ्य संस्थाहरूमा औषधी आपूर्ति गर्दै आएको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार यस कम्पनीले ९० करोड १० लाख रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ । अन्य फार्मास्युटिकल्स उद्योग तथा विक्रेताहरूले निरन्तर व्यवसाय घटिरेहको गुनासो गरिरहेको बेला यतिकेम डिस्ट्रिब्यूटर्स कम्पनीले भने निरन्तर आम्दानी बढिरहेको र नाफा पनि सन्तोषजनक नै गरिरहेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।  

द्वन्द्वकालको बाध्यता, बेल्जियमको सङ्घर्ष र स्वदेशमा औद्योगिक सफलता

काठमाडौं । हरियाली जङ्गल, कतै गमक्क परेका बाक्ला ठुला रुखहरू । कतै स(साना झाडीहरू । हेर्दै सुन्दर देखिने पहाडको फेँदीमा छस तीन तले आधुनिक डिजाइनको ठुलो भवन । हरियाली जङ्गलको बिचमा सेतो रंगले छुट्टै आकर्षण थपेको छ । वरिपरि स-साना केही भवन, नजिकै बगिरहेको खोलाले झन् सुन्दरता थपेको छ । सहरको भीडभाडभन्दा केही पर जहाँ शान्त स्वच्छ र सफा वातावरण छ । यही दृश्य हो ( ‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड’ को । चितवन जिल्लाको जुगेडीमा अवस्थित यस कम्पनीले नेपाली स्वास्थ्य क्षेत्र तथा फार्मा इतिहासमा पहिलो पटक सर्वसाधारण जनताको लगानी स्वामित्व सुरक्षित गर्ने कामको इतिहास रच्यो । वर्षौं पहिलेदेखि स्थापित नेपाली औषधी उद्योगहरू धरासायी बन्दै गर्दाको समयमा औषधी उद्योगका क्षेत्रबाट अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्‍याउने, नेपाललाई औषधीमा आत्मनिर्भर गराउने र विदेशमा समेत औषधी निर्यात गर्ने दृढ अठोटका साथ स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्पू मूल मन्त्रबाट सञ्चालित उद्योग हो- ओम मेगा श्री । अत्याधुनिक प्रविधिसहित सुरु भएको यो उद्योग जुन ठाउँमा स्थापित छस यसले स्वच्छता, नवीनता र औद्योगिक उत्कृष्टताको सङ्केत गर्छ । उद्योगसम्म पुग्ने घुमाउरो नागवेली बाटो र वरपरको हरियाली वातावरणले त्यहाँ उत्पादित औषधीहरू पनि उच्च गुणस्तरको छ भन्ने झल्को दिलाउँछ । भवनको पूर्व दक्षिणको भागमा गेट र सेक्युरिटी कोठा छ । त्यसैको दायाँपट्टि तीन लाख क्षमताको ‘वाटर ट्याङ्क’ छ । जुन कहिलेकाँही पानीको आवश्यकता पर्दा पानीलाई प्रशोधन गर्नका लागि विकल्पमा राखिएको हो । त्यसपछि लाम्चो देखिने भवन तत्कालका लागि क्यान्टिनको रूपमा सञ्चालित छ । यो पुरै भवन २२ हजार ६ वर्ग फिटको प्लिन्थमा बनेको छस जसले ओगटेको जमिन झण्डै ५६ हजार वर्गफिटमा रहेको छ । पृष्ठभूमिमा लेखिएका हरफका मुख पात्र हुन् उद्योगका सञ्चालक अर्जुनकुमार श्रेष्ठ । जसले स्नातकोत्तर पढ्दैगर्दा औषधी क्षेत्रमा काम गर्ने अवसर पाए । त्यही अवसरमा थाहा थियो कि नेपालमा औषधीको मूल्यमा कति मनलाग्दी थियो । उनलाई काम गर्दै जाँदा लाग्थ्यो दोब्बर तेब्बर होइन, तोकिएकै मूल्यमा नागरिकले गुणस्तरीय औषधी पाउनुपर्छ । उनले वि।सं २०५१ देखि नै यसका लागि आफै केही गर्नुपर्छ भन्ने दृढ सङ्कल्प गरेका थिए । त्यही सङ्कल्प सुरु गर्न श्रेष्ठले सुरु गरेको व्यवसाय हो- ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड । स्वदेश हुँदै विदेशमा समेत विभिन्न व्यवसाय गरिरहेका उनले यो औषधी उत्पादनलाई मुख्य व्यवसायका रूपमा अगाडि बढाएका छन् । ‘मैले जबदेखि औषधीको विषयमा थाहा पाएँस आफै काम गर्न सुरु गरेँ, त्यो दिनदेखि नै प्रण गरेको थिएँ,’ श्रेष्ठ भन्छन्, ‘मैले प्रण गरेको कुरा आज आएर यथार्थमा परिणत हुँदा निकै खुसी लागेको छस अब स्वदेशमा मात्र होइन, हामीले उत्पादन गरेको औषधी विदेशमा समेत पठाउने उद्देश्य हो ।’ ६ दर्जन औषधी उत्पादन औषधी उत्दापनका लागि तीन सयभन्दा बढी सर्ट लिस्ट गरी झन्डै ६ दर्जन उत्पादन अनुमित लिई अगाडि बढेको यस कम्पनीले हाल कार्डियो, डाइबिटिज र जनरल गरी ३७ औषधीको बजारीकरण गरिसकेको छ । प्रारम्भमा कार्डियो-डाइबिटिज हुँदै हाल जेनरल प्रडक्टमा काम गरिरहेको ओम मेगाश्रीका अध्यक्ष एवम् सञ्चालक श्रेष्ठ भन्छन्, ‘कार्डियो डाइबिटिज औषधी बजारमा आउँदै गर्दा फाइनान्सियल रूपमा अप्ठ्यारो हुन सक्छ भन्ने थाहा थियो किनकि चिकित्सकले प्रिस्काइब गरिसकेपछि मात्र यो औषधी बिक्ने हो । तथापि हामीले यसैमाध्मबाट यात्रा आरम्भ गर्‍यौँ ।’ नेपालमा हाल ७० देखि ८० औषधी उद्योग छन् । तीमध्ये कतिपय उद्योगको अवस्था निराशाजनक छ । धेरै उद्योग बन्द हुने अवस्थामा छन् । नेपालमा अहिले ५५ प्रतिशत बढी औषधी विदेशबाट आयात हुन्छ । नेपाली उत्पादनले बजारको मात्र ४५ प्रतिशत औषधी धान्दै आएका छन् । आयातित औषधीको प्रयोगको गुणस्तर र चर्को मूल्यको मारमा अहिले पनि नागरिक परेका छन् । अर्जुन अहिले आयात भइरहेका जति पनि औषधी छन्, ती औषधी स्वदेशी फर्मास्युटिकल्सले उत्पादन गर्न सक्यो भने आयतित औषधीलाई प्रतिस्थापन गर्न सकिने धारणा राख्छन् । उनी भन्छन्, ‘आर्थिक हिसाबले कुरा गर्ने हो भने २९ देखि ३० अर्बको औषधी मात्र नेपाली फार्मा उद्योगहरूले कभरेज गरेका छन्स बाँकी वैदेशिक औषधीले ।’ उनले ओम मेगाश्री फर्मास्युटिकल्सले आयातलाई कम गर्ने र आगामी दिनमा निर्यात गर्ने उद्देश्य राखेको बताए । कर्मका यात्री अर्जुन अर्जुन श्रेष्ठको घर पर्वत जिल्लाको देवीस्थान हो । ७ जना दाजुबहिनीमध्ये श्रेष्ठ सबैभन्दा कान्छा हुन् । उनले कक्षा १० सम्म पर्वतकै जनता मा।वि।मा पढे । पढाइमा उनी अब्बल थिए । कक्षामा कहिल्यै दोस्रो भएनन् । उनलाई पढाउने शिक्षकले एसएलसीमा बोर्ड १० भित्र पर्ने दाबी गरेका थिए । तर, गुरुले सोचे जस्तो उनको एसएलसीको नतिजा राम्रो आएन । वि।सं २०४६ सालमा एसएलसी पास भइसकेपछि उनी काठमाडौं आए । उनको योजना काठमाडौं आएर विज्ञान विषय पढ्ने थियो । यो कुरा उनका बुवालाई समेत थाहा थिएन । विगतको कुरा स्मरण गर्दै श्रेष्ठ भन्छन्, ‘म काठमाडौं आउँदा बुवालाई समेत थाहा थिएन, कसैलाई नभनी एक्लै हिँडें ।’ श्रेष्ठका माइला बुवा सर्वोच्च अदालतमा रजिष्ट्रार थिए । उनका कान्छा बुवा पनि काठमाडौंमै थिए । उनी माइला कान्छाबासँगै काठमाडौंमा बसेर त्रिचन्द्र कलेजमा आइएस्सी भर्ना भए । त्यो बेला आइएस्सीको ट्युसन फी जम्मा १९ रुपैयाँ थियो । त्यो पनि उनले तिर्न पर्दैन थियो । उनी भन्छन्, ‘त्यो बेला पर्वत दुर्गममा पर्थ्योस कक्षामा पनि जेहेनदार र दुर्गमको विद्यार्थी हुँदा मलाई छुट हुन्थ्यो ।’ उनलाई पढ्दा आर्थिक समस्या भएन । उनले त्रिचन्दमा आइएस्सी पास गरिसकेपछि बिएस्सीका लागि तानसेन फर्किए । यी र यस्ता आरोह-अवरोहको नालीबेली अर्जुनद्वारा लिखित ‘अर्जुनदृष्टि’ जीवनका पाँच दशकु पुस्तकमा लिपिबद्ध भएका छन् । म्याग्दी पुग्दा लिएको सङ्कल्प स्नातकोत्तर पढ्दैगर्दा श्रेष्ठलाई विदेश जान मन लाग्यो । उनले अष्ट्रेलिया जाने तयारी गरे । विदेश जान ठिक्क परिरहेको बेला उनले काठमाडौं पोस्टमा एउटा विज्ञापन देखे । विज्ञापन थियो ‘एस ल्याब्रोटिज’ कम्पनीको, जसले चार जना मेडिकल रिप्रेजेन्टेटिभ मागेको थियो । उनीसँग केही समय अझ बाँकी थियो । उनी विज्ञापनलाई पच्छयाउँदै अन्तर्वार्ता दिन गए । चार जना माग गरिएको ठाउँमा ७२ जना उम्मेदवार थिए । अन्तर्वार्ता दिँदा जम्मा दुई जना उत्तीर्ण भए । जसमा एकजना श्रेष्ठ थिए । ७२ जनामध्ये उनी छनोट भए पनि उनलाई आफूमा विशेष केही गर्न सक्ने क्षमता छ भन्ने अनुभव भयो । श्रेष्ठले तत्काल अष्ट्रेलिया जाने योजना रद्द गरे । तलब पनि राम्रै थियो । उनले करिब डेढ वर्ष उक्त कम्पनीमा काम गरे । त्यसपछि उनले आफ्नै व्यवसाय सुरु गरे । उनले मेडिकल रिप्रेजेन्टेटिभको रूपमा काम गर्दै जाँदा नागरिकले औषधीको चर्को मूल्य कति तिर्नुपर्छ र उनीहरूले कति गुणस्तर औषधी पाउँछन् भन्ने थाहा पाए । त्यसपछि श्रेष्ठले अब नेपालमै औषधी उत्पादन गर्नुपर्छ ताकि नेपाली नागरिकले उचित मूल्यमा गुणस्तरीय औषधी पाउन् भन्ने सङ्कल्प गरे । त्यो समयमा भारतबाट ल्याइने कुनै औषधीको मूल्य १० रुपैयाँ छ भने त्यसको ४० रुपैयाँमा बेच्ने चलन थियो । उनले त्यही बेला म्याग्दीमा औषधी पसल सुरु गरे । उनले जुन मूल्य तोकिएको छ, त्यही मूल्यमा १० रुपैयाँमा बेच्न सुरु गरे । ‘मलाई लाग्थ्यो उचित मूल्य अथवा न्यायोचित मूल्यमा औषधी नागरिकले पाउनुपर्छ,’ उनी भन्छन्, ‘योबाहेक विभिन्न समयमा औषधीमा गुणस्तरको कुरा पनि आइरहन्थ्यो । मलाई यी कुरा सुन्दै गर्दा लाग्थ्यो, म कुनै न कुनै दिन गुणस्तरीय औषधी उचित मूल्यमा ल्याउँछु, जसले उपभोक्तालाई सजिलो हुने छ ।’ म्याग्दीमा औषधी पसल सञ्चालन गरेको ठिक १ वर्षपछि श्रेष्ठले आफ्नो व्यवसाय कुश्मामा पनि विस्तार गरे । त्यो बेला उनले २३ वटा औषधी पसलमा औषधी वितरण गर्थे । औषधी व्यवसाय सुरु गरिसकेपछि उनले वि।सं २०५६ सालमा कुश्मामा पहिलो नर्सिङ होम बनाउने योजना बनाएका थिए । तर, सुचारु गर्न सकेनन् । उनले व्यवसाय फराकिलो बनाउँदै लगे । श्रेष्ठ उद्योग वाणिज्य सङ्घ पर्वतका महासचिव पनि बने । विभिन्न सङ्घसंस्थामा आबद्ध हुँदै गए । देशमा द्वन्द्व चलिरहेको थियो । गाउँमा बसेर काम गर्ने वातावरण थिएन । विद्रोही र सरकारपक्ष दुवैबाट धम्की आउन थाल्यो । अन्ततः द्वन्द्वको चपेटाले उनलाई विदेशी भूमितिर हानिए । बाध्यताले देश छोड्दा श्रेष्ठको व्यापार राम्रो चलिरहेको थियो । उनलाई परदेश जाने सोच त्यति बेला थिएन । तर, स्वदेशमा बस्ने वातावरण भएन । उनी श्रीमती र छोरासहित बेल्जियम पुगे । त्यो बेला नेपालबाट विदेश पुग्नेहरूलाई जुनसुकै देशले वातावरण सहज बनाइदिन्थ्यो । श्रेष्ठको मनमा विदेश गए पनि नेपालमै फर्केर औषधी उद्योग सञ्चालन गर्ने थियो । ‘मेरो तन विदेशमा थियो तर, मन यहीँ थियो,’ उनी भन्छन्, ‘मैले फर्केर पहिले गरिरहेको कामलाई निरन्ता दिनुपर्छ भन्ने थियो ।’ उनी बेल्जियम पुग्दा त्यहाँ रहेको ओमेगा ल्याब्रोटरिजसँग कुराकानी गरे । यो कम्पनीलाई नेपालमा ज्वाइन्ट भेन्चरमा ल्याएर आउने भन्ने उनको योजना थियो । त्यहीअनुसार तयारी भइरहेको थियो । उनले नेपालमा ‘ओम मेगाश्री फर्मास्युटिकल्स नाम पनि मिल्दोजुल्दो हिसाबले दर्ता गरिसकेका थिए । तर, ओमेगा ल्याब्रोटरिजलाई फ्रान्सको ठुलो ग्रुपले अपनायो । त्यसपछि त्यो यात्रा त्यही टुङ्गियो । अहिले पनि अर्जुनले बेल्जियमको फार्मास्युटिकलसँग प्राविधिक सल्लाह लिइरहेका छन् । बेल्जियममा जर्मन रेस्टुरेन्ट खोल्ने पहिलो नेपाली श्रेष्ठले बेल्जियम पुगेर पनि व्यवसाय नै सुरु गरे । सुरुमा भाषा फरक रहनसहन सबै फरक थियो । उनले सबैभन्दा सहज धेरै मान्छेसँग धेरै बोल्न पनि नपर्ने हुनाले सजिलो व्यवसाय रेस्टुरेन्ट रोजे । उनी बेल्जियममा जर्मन रेस्टुरेन्ट खोल्ने पहिलो नेपाली थिए । उनको व्यवसाय राम्रो चल्दै गयो । श्रेष्ठले त्यहाँ रहेका नेपालीलाई पनि व्यवसायमा लाग्न आग्रह गर्दै काम गर्दै गए । उनले ३० महिना त्यहाँ काम गरिसकेपछि उनलाई गैरआवासीय नेपाली सङ्घमा आबद्ध हुनुपर्छ भन्ने लाग्यो । सन् २००९ देखि उनले नेपाली व्यवसायी सङ्घ बेल्जियमको अध्यक्ष बनेर काम गरे । उनीसँग १२ वर्ष गैरआवासीय नेपाली सङ्घमा काम गरेको अनुभव छ । उनी २१ वर्ष विदेश बसे । तर, अहिले स्वदेश फर्किएका छन् । श्रेष्ठले नेपालमा व्यवसाय गरिरहँदा अहिले पनि उनको परिवार भने बेल्जियममै छ । उनको उतै पनि व्यवसाय छ । बेल्जियमको व्यवसाय श्रीमतीले हेरिरहेकी छन् । उनको जेठो छोरा पनि आफै काम गर्दै व्यवसाय गरिरहेका छन् । दोस्रो पटक नागरिकता नेपाली नागरिकता त्यागेर बेल्जियममा २१ वर्ष बिताएका श्रेष्ठले विश्वका धेरै देश बेल्जियम नागरिक बनेर घुमिसकेका छन् । उनलाई नेपाली पासपोर्ट लिएर विश्व भ्रमण गर्दा र बेल्जियमको पासपोर्ट लिई भ्रमण गर्दाको अनुभव छ । बेल्जियमको नागरिकता लिँदा उनले १ सय ६४ देशमा अनअराइभल भिषा पाउँथे भने नेपाली पासपोर्ट हुँदा यो भिषा पाइँदैन । भन्छन्, ‘नेपाली पासपोर्टबाट विदेश जाँदा पनि भिषाकै लागि लामो समय कुर्नुपर्छ , फेरि निश्चित हुँदैन, बेल्जियमको पासपोर्टले सबै काम एकैचोटि समयमै हुन्छ ।’ श्रेष्ठ आफूलाई दोस्रो पटक नागरिकता लिँदा सारै खुसी लागेको बताउँछन् । ‘पहिलो पटक नागरिकता लिँदा १६ वर्षको थिएँ, केही थाहा नै भएन,’ उनी भन्छन्, ‘दोस्रो पटक लिँदा आफ्नो गुमेको पहिचान पाए झैं भयो । त्यो बेला मलाई सारै नै खुसी लागेको थियो ।’ २८ कम्पनीमा लगानी श्रेष्ठको लगानी हरेक व्यवसायमा छ । औषधी, अस्पताल, हाइड्रो, होटल, रेस्टुरेन्टलगायत व्यवसायमा उनले लगानी गरेका छन् । तर, उनी आफ्नो मुख्य व्यापार औषधी उद्योग रहेको बताउँछन् । उनले पोखरामा स्वीस(नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर सञ्चालनमा ल्याउँदै छन् । जुन अस्पतालले स्वीटजरल्याण्ड युनिभर्सिटी हस्पिटलसँग साझेदारी गरेर विदेशमा बसेका चिकित्सकलाई जोडेको छ । अहिले पनि नेपालका क्यान्सर बिरामीले भारतमा गएर उपचार गरिरहेको पाइन्छ । नेपालमा पनि यसका बिरामीहरू बढिरहेका छन् । यस्तो अवस्थामा अस्पतालमा लगानी गरेको उनले बताए । कावासोतीमा जनरल अस्पताल बन्ने तयारीमा छ । जसको भवन तयार भइरहेको छ । उनी भन्छन्,‘ जस्तो परिस्थिति आयो, त्यहीअनुसार काम गरियो तर, मेरो मुख्य व्यवसाय भनेको औषधी हो ।’ उनले २८ वटा कम्पनीमा लगानी गरेका छन् । तीमध्ये अहिले उनले ७ वटा व्ययसायमा काम गरिरहेका छन् । २०५४ सालदेखि आजसम्म उनको एकल लगानी भएको एउटा व्यवसाय पनि छैन । उनी भन्छन्, ‘जुनजुन ठाउँमा म गएँ त्यहाँको एकजना साथी लिएर व्यवसाय गर्दै आइरहेको छु । म मिलेरै काम गर्नुपर्छ भन्ने मान्यतामा अडिग छु र यसरी नै सफल भएको छु ।’ औषधी निर्यात गर्ने लक्ष्य श्रेष्ठले त्यो बेला देशविदेश घुमेको अनुभवले नेपालमा औषधी उत्पादन गरी निर्यात गर्ने लक्ष्य बनाएका छन् । यसका लागि उनले काम सुरु गरिसकेका छन् । ‘यो यो औषधी निर्यात गर्छौं भन्ने छैन तर त्यहाँको बजार त्यहाँका स्थानीय राज्यको, स्थानीय विभागको नीतहरू के के छन् भन्ने कुरामा हामी अध्ययन गरिरहेका छौँ, कुन राज्यमा कुन औषधी जान सक्छ भन्ने सन्दर्भमा केही समय लाग्न सक्छ,’ श्रेष्ठले प्रस्ट पारे । उनको उद्देश्य अधिकतम औषधी बाहिर जान सकोस् भन्ने रहेको छ । उनले यो फार्मा उद्योगमा बनाउँदाखेरि पनि युरोपियन स्ट्यान्डर्ड पनि मेन्टेन गर्ने तरिकाले गरेको बताए । केही औषधी गुणस्तरहीन आजभोलि गुणस्तरीय स्वास्थ्यको कुरा गर्दा कतिपय व्यक्ति औषधी आफैमा गुणस्तर हुने भन्दै गुणस्तरीय भनिराख्न नपर्ने बताउँछन् । औषधी उत्पादनको क्षेत्रमा काम गर्दै आएका श्रेष्ठ भने केही औषधी गुणस्तरहीन हुने बताउँछन् । औषधी पनि गुणस्तरहीन हुन्छ रु भन्ने विकासन्युजको प्रश्नमा उनी भन्छन्, ‘अहिले यो प्रश्न धेरैले गर्छन्, तर म ठोकुवाका साथ भन्छु– कतिपय औषधी गुणस्तरहीन हुन्छ ।’ ‘यदि औषधी गुणस्तरहीन हुँदैन भने एउटै औषधी कुनै कम्पनीकोले राम्रो काम गर्ने, कुनैले गर्दैन भने यसलाई के भन्ने रु,’ श्रेष्ठ थप्छन् । उनी प्रिन्सिपल र प्राक्टिकल रूपमा औषधीमा फरक पर्ने दाबी गर्छन् । उत्पादन सुविधा, प्याकेजिङ सुविधा, स्टोरिङलगायत विभिन्न कारणले गुणस्तरमा फरक पार्ने उनी बताउँछन् । औषधीको गुणस्तर कति छ भन्ने कुरा सबैले एउटा प्रक्रिया प्यारामिटर पुर्‍याएर काम गर्नुपर्ने हुन्छ । तर जहाँ औषधी उत्पादन गर्ने ठाउँ कति सुरक्षित छ र औषधी बनाउँदा प्रयोग गरिने कच्चा पदार्थ कस्तो छ भन्ने कुराले पनि औषधीको गुणस्तर आउँछ । श्रेष्ठ यो कुरामा ओम मेगाश्रीले निकै ध्यान दिने गरेको दाबी गर्छन् । उनले आफ्नो कम्पनीमा औषधी प्याकेजिङबाहेक अन्यमा मानव संशाधनबाट काम नगरेको बताए । उनी भन्छन्, ‘यसका लागि हामीसँग नवीनतम प्रविधि र पूर्ण स्वचाचित मेसिनहरू छन्, सबै काम मेसिनबाटै हुन्छ ।’