नेपाल क्यान्सर अस्पताल र लायन्स क्लब मिलेर क्यान्सर बिरुद्द लड्दै

नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी १, एम. डि ३२५ नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। विश्वमै फैलिएको डरलाग्दो क्यान्सर रोगका कारण हजारौं मानिसहरु मृत्युवरण गरिरहेका छन् । अझ हाम्रो जस्तो अविकसित मूलुकमा अशिक्षा, गरीवि, कुसंस्कार र यस सम्बन्धी चेतना, औषधि उपचार र अन्यश्रोत साधनका अभावका कारण वर्षेनि हजारौं मानिसले ज्यान गुमाएका छन् भने परिवारका सदस्यहरुले झन कष्टदायी जिवन विताउन बाध्य छन् । आर्थिक अभाव र मानसिक तनावले रोगीहरुलाई असर परिरहेको परिप्रेक्षमा विश्वमा नै रोगीलाई आत्माविस्वास दिलाउदै उपचार गर्ने प्रचलनले आज धैरे हद सम्म रोगीको आयु लम्ब्याउन सफल भएको छ । नेपालमा पनि उपचारसंग—संगै रोगी र उसको परिवारलाई विश्वास दिलाउदै रोगीको उपचारमा रेखदेख गर्दै आत्माविश्वासका साथ बांच्न सिकाउदै रोग विरुद्ध लड्न संजालमा आबद्ध गर्दै सबै प्रकारका क्यान्सरका रोगीहरु र उनिहरुका परिवार समेत समावेस गरि डाक्टर, बुद्धिजिवी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत नागरिक समाजका सवै वर्ग समेत सामेल भई रोग नियन्त्रण भईसकेकालाई आत्माविश्वासका साथ बांच्न सिकाउने र रोग पत्ता लागि सकेका असहाय विरामीहरुलाई सकेको सहयोग गर्ने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लबको बिचमा सम्झौता भएको छ। नेपालमा दिनानुदिन बढ्दै गैरहेको क्यान्सर रोगको व्यवस्थापनका लागि विभिन्न अस्पताल, क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठन संग भैरहेको सम्झौताहरुको सिलसिलामा क्यान्सर हस्पिटल र लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी १, एम। डि। ३२५ नेपाल बीच असोज ११ गतेका दिन सम्झौता भएको छ। नेपाल क्यान्सर हस्पिटलका तर्फबाट हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिपश्रेष्ठ र लायन्स क्लबका तर्फबाट लायन अशोक कुमार श्रेष्ठद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो। दुवै संगठनले नेपालक्यान्सर रोगको रोकथाम, निदान, र उपचारका लागि आ-आफ्नो संगठनात्मक संरचानाबाट एक आपसलाई सहयोग गर्ने संझौता गरेका छन्। यस सम्झौतामा क्यान्सर निवारण, क्यान्सर उपचार कोष स्थापना, प्रशिक्षण तथाशोध र प्रबिधि हस्तान्तरण आदिका बुँदा रहेका छन्। सम्झौतामा नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लबका बीच विभिन्न समयमा क्यान्सर जांचशिविर तथा सचेतनाकक्षा संचालन गर्ने, लायन्स क्लब ३२५ बी १ का सदस्यहरुलाई विशेष छुट प्रदान गर्ने निर्णय भएको छ। सम्झौता अनुसार नेपाल क्यान्सर हस्पिटलले लायन्स क्लब ३२५ बी १ का सदस्य, जीवनसाथी र दुइ सन्तानलाई रेडियोलोजी, प्याथोलोजी र बेडमा १० प्रतिशत, रेडियोथेरापी र ब्राकी थेरापीमा ५ प्रतिशत र हस्पिटलले प्रदानगर्ने क्यान्सर स्क्रिनिंग सेवामा दस प्रतिशत छुट प्रदान गर्ने भएको छ।

आइएमई र भरोसा अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

काठमाडौं। आइएमई लिमिटेड र भरोसा अस्पतालबीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागुहुनेछ। यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरेका छन्। यो सम्झौता असोज ५ गतेदेखि दुई वर्षलाई लागुहुने छ। आइएमईसँग आवद्ध सेवा ग्राहीहरूलाई विभिन्न सेवामा सहुलियत पूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए।

कस्ता छन् तपाईंको हाकिम ?

काठमाडौं। यदि तपाई कुनै नोकरीमा आवद्ध हुनुहुन्छ भने तपाईको काम गर्ने क्षमता दुई गुणाले वृद्धि भएर जान्छ जब तपाईको कार्यालय प्रमुखले तपाईसँग राम्रो व्यवहार गर्छ। क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानले अमेरिकाका करिव ७५ प्रतिशत कामदारहरुको डिप्रेसनको मुख्य कारण उनीहरुको हाकिम भएको खुलासा भएको छ। हावर्ड विजनेश स्कुल र स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको २ सय भन्दा बढी अध्ययनले कामका क्रममा लिइने तनावले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने र यो चुरोट भन्दा बढी हानिकारक हुने देखाएको हो। तनावको मुख्य कारण भने खराब प्रवृत्तिको हाकिम रहेको छ। अनुसन्धानमा भनिएको छ की ‘खराब प्रवृत्तिको हाकिमले चुरोट भन्दा बढी हानी गर्छ, तपाई जती दवाव दिइराख्ने हाकिमसँग बसेर काम गर्नुहुन्छ त्यती तपाईको शारिरिक तथा मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्छ।’ यस्तै केहि कर्मचारिहरु आफुले गर्दै आएको नोकरी जान्छ की भन्ने पिरले समेत तनावमा रहने गरेका अध्ययनले सार्वजनिक गरेको छ। अध्ययनले भनेको छ ‘तपाईको हाकिम राम्रो छ हरेक कुरामा सघाउँछ तपाईसँग सकारात्मक व्यवहार प्रदर्शन गर्छ भने तपाई हरेक काममा सफल बन्न सक्नुहुन्छ तर खराब छ भने तपाईको भविष्यनै खतरामा पर्न सक्छ।’ नराम्राे प्रवृत्तिको हाकिम सधै रिसालु र हिंस्रक हुने जसले सधै ‘मैले यस्तो गरेको त्यस्तो गरेको तिमीहरु यत्ति काम पनि गर्न नसक्ने’ भन्दै झर्कने ‘तिमीहरुसँग अहिले सम्म नोकरी छ आफुलाई भाग्यमानी ठान’ भन्ने तथा ‘एकछिन समेत म यहाँ भएन भने तिमीहरुले सम्पुर्ण कुरा विगार्छौ’ भन्दै कर्मचारीसँग झर्कने गरेका अनुसन्धानमा उल्लेख छ।