काठमाडाैं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे २ र ललितपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ७३ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ४८, ललितपुरकाे ७८ र भक्तपुरकाे ४७ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ । आज नेपालमा १ सय ८६ जना काेराेना संक्रमित थपिएका छन् भने १७३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १७ हजार ८ सय ८८ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार ८ सय ६८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जको मृत्यु भइसकेकाे छ ।

नेपालमा थप १ सय ८६ जनामा कोरोना पुष्टि, १७३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ८६ जनामा कोराेना भाइरस देखिएको बताए । गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बागमती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार ८ सय ८८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार ८ सय ६८ रहेकाे छ । अर्थात हाल ५ हजार ९ सय ३६ जना सकृया कोरोना संक्रमित रहेका छन् । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जनाको मृत्यु भइसकेकाे छ ।

काठमाडाैं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ३ जना मात्र कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे १ र ललितपुरकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ७० पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ४६, ललितपुरकाे ७७ र भक्तपुरकाे ४७ जना रहकाे छन् । अहिलेसम्म काठमाडाैंबाट ९२ जना, ललितपुरकाे २० जना र भक्तपुरकाे २१ जना डिस्चार्ज भएका छन् । यसार्थ हाल उपत्यकामा हाल २ सय ३३ जना उपचारकाे क्रममा रहेका छन् ।काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ । आज नेपालमा १ सय ५६ जना काेराेना संक्रमित थपिएका छन् भने ५८ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १७ हजार ६ सय ९८ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार ६ सय ९५ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जको मृत्यु भइसकेकाे छ ।