काठमाडौं उपत्यकामा थप ९८ जनामा देखियो कोरोना
काठमाडौं । काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ८०, ललितपुरको ९ र भक्तपुरको ९ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १४४१, ललितपुरमा २३० र भक्तपुरमा १२४ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १७९५ पुगेको छ। आज देशभर ४ सय ६८ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
अब स्वास्थ्यमा समस्या आएमा कामना सेवाका कर्मचारीले सिधै डा.सन्चो क्लिनिकसँग परामर्श गर्न सक्ने
काठमाडौं । अब कामना सेवा विकास बैंकका कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा.सन्चो क्लिनिकसँग परामर्श गर्न सक्नेछन् । कामना सेवा विकास बैंक र डा.सन्चो क्लिनिक प्रा.लि. बीच स्वास्थ्य सम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको यस विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरु सेवामा थप उत्साहित भई उच्च मनोबलकासाथ काम गर्ने हौसला प्रदान गर्नको लागि यो सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । बैंकले यस अगाडि नै आफ्ना कर्मचारीहरुको लागि कोरोना बीमा समेत गरी सकेको छ ।
काठमाडौं उपत्यकामा थप १ सय १८ जनामा देखियो कोरोना
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय १८ जनामा कोरोना देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ८३, ललितपुरको ३० र भक्तपुरको ५ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १६९७ पुगेको छ। आज देशभर ५ सय ९४ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।