कोरोना रोकथामका लागि सिटिजन्स बैंकले दियो २० लाख १५ हजार रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग गरेको हो । यस अघि पनि कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ, विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रुपैयाँ तथा विभिन्न संघ संस्थालाई ६ लाख रुपैयाँ गरि हालसम्म कुल ६१ लाख रुपैयाँको सहयोग गरिसकेको छ । नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख रुपैयाँ पुगेको छ । यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावश्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जनाएको छ । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशै भरी छरिएका बैंकका ११० शाखाहरुबाट संचालनमा ल्याएको छ ।
गभर्नर होम क्वारेन्टीनमा, राष्ट्र बैंकका सबै कर्मचारीको पीसीआर टेष्ट हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टीनमा बसेका छन् । राष्ट्र बैंकको नयाँ भवन निर्माणमा खटिएका एक इन्जिनियरलाई कोभिड–१९ पोजेटिभ देखिएको र ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको पाइएकोले गभर्नर होम क्वारेन्टीनमा बस्नु परेको राष्ट्र बैंकका उच्च स्रोतले बतायो । स्रोतका अनुसार गत साता इन्जिनियरको एक टोली भैरहवा पुगेर त्यहाँको भवनको अवस्था अध्ययन गरी फर्किएको थियो । भैरहवाबाट फर्किएपछि उनीहरुको पीसीआर परीक्षण गराइएको थियो । त्यस मध्ये एक जनामा कोभिड–१९ पोजेटिभ रिजल्ट आएको थियो । अस्पतालले कन्ट्रयाक टेसिङ गर्ने क्रममा ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको बताएका थिए । त्यसपछि अस्पतालले तत्काल गभर्नरलाई जानकारी दिदै ६ दिन होम क्वारिन्टनमा बस्न र त्यसपछि पीसीआर परीक्षण गराउन सुझाव दिएको थियो । ‘शुक्रबार अस्पतालले जानकारी दियो, त्यसपछि उहाँ घरमै क्वारिन्टीनमा बस्नु भएको छ’ राष्ट्र बैंकका उच्च अधिकारीले बताए । ‘३ गते पीसीआर परीक्षण गराउनुहुन्छ । नतिजा नेगेटिभ आयो भने ४/५ गतेबाट अफिस आउनुहुन्छ’ उनले भने । राष्ट्र बैंकले कोभिड संक्रमणबाट बच्च उच्च सर्तकता अपनाएको र आफना सबै कर्मचारीको पीसीआर परीक्षण थालेको जनाएको छ । गत बिहीबारदेखि दैनिक ७०/८० जना कर्मचारीको पीसीआर टेष्ट गराईरहेको छ । यस क्रममा गत साउन २९ गते विहीबार मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीमा कोभिड संक्रमण भएको रिपोर्ट आएको र भदौ १ गते सोमबारको परीक्षणमा वित्तीय जानकारी इकाइका एक कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको स्रोतले बतायो । शुक्रबार र आइतबार गरिएकाे परिक्षणमा सबै रिपाेर्ट नेगेटिभ आएकाे छ ।
साेमबार उपत्यकामा थपिए १६८ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १३९, ललितपुरको १४ र भक्तपुरको १५ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १७३८, ललितपुरमा २८२ र भक्तपुरमा १४७ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २१३५ पुगेको छ। आज देशभर ४ सय ८१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २७ हजार ६२सय ४१ पुगेको छ ।