काेभिड-१९ बिरामीलाई बेड नछुटाउने अस्पतालकाे पिसिआर परीक्षण राेकिने

काठमाडाैं  । काेभिड-१९ का बिरामीहरुकाे लागि बेड नछुटाउने अस्पतालहरुकाे पिसिआर परीक्षण गर्न राेकिने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काेभिड-१९ बिरामीकाे लागि बेड नछुटाउने अस्पताल, मेडिकल कलेज र प्रतिष्ठानहरुकाे पिसिआर परीक्षण राेकिने बताएका हुन् । गाैतमले मेडिकल कलेज र प्रतिष्ठानहरुले एक तिहाई र अन्य प्राइभेट तथा सरकारी अस्पतालहरुले २० प्रतिशत बेड अनिवार्य छुटाउनुपर्ने बताए । यस्तै काेभिड-१९ बिरामीकाे लागि बेड छुटाउने सबै स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षणकाे अनुमति पाउने बताएका छन् ।  

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना देखियाे

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १३४, ललितपुरको १७ र भक्तपुरको ८ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २०१०, ललितपुरमा ३४९ र भक्तपुरमा १७२ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २४९९ पुगेको छ। आज देशभर ६ सय ८१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

बुधबार नेपालमा ६ सय ८१ जना कोरोना संक्रमित थपिए, ६ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ८१ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २८ हजार ९ सय ३८ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १३ हजार ५ सय ७१ जना रहेका छन् भने आजसम्म ५ लाख ५४ हजार ३ सय ८८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ७ सय पुगेको छ भने आज थप ६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १२० पुगेकाे छ ।