काेराेनाका सामान्य बिरामीलाई अस्पतालले परीक्षण बिना १४ दिनमा बिदा गर्नैपर्ने

काठमाडाैं । काेराेनाभाईरस (काेभिड-१९) का सामान्य अवस्थाका बिरामीलाई अस्पतालले १४ दिनपुगेपछि बिना कुनै परीक्षण घर पठाउनुपर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेकाे स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सामान्य अवस्थाका बिरामीलाई १४ दिनपुगेपछि बिना कुनै परीक्षण घर पठाउन अस्पताललाई निर्देशन दिएकाे हाे । केन्द्रले एक विज्ञप्ती जारी गर्दै अस्पतालहरुलाई १० दिनमा बिरामीकाे काेराेना परीक्षण गरी पाेजेटिभ आए थप ४ दिन राख्न र १४ दिन पुगेपछि बिना कुनै परीक्षण अस्पतालबाट डिस्चार्ज गर्न निर्देशन दिएकाे छ । अस्पतालले  संक्रमितलाई १४ दिनभन्दा बढि राखे मन्त्रालयले त्यसकाे खर्च नबहाेरने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्राडा जागेश्वर गाैतमले बताए । यसकाे अर्थ अस्पतालले  संक्रमितलाई १४ दिनभन्दा बढि राखे अस्पताल आफै खर्च बेहाेर्नुपर्नेछ ।

बुधबार काठमाडाैं उपत्यकामा एकैदिन ३०१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको २३०, ललितपुरको  र भक्तपुरको १४ जना रहेको गौतमले बताए । आज देशभर ८ सय ८५ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

आज नेपालभर ८८५ जना कोरोना संक्रमित थपिए, ११ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८ सय ५५ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३४ हजार ४ सय १८ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ९ हजार ८ सय ३२ जना रहेका छन् भने आजसम्म ६ लाख ३५ हजार २ सय ५२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आज थप ११ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १७५ पुगेकाे छ ।