बीमा समितिमा जिम्मेवारी हेरफेर, अार्इतबारदेखि विभागीय प्रमुखहरू फरक जिम्मेवारीमा
काठमाडौं । बीमा समितिमा कर्मचारीहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले उप निर्देशक सहितका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । नयाँ जिम्मेवारी आइतबारदेखि लागु हुनेछ । समिति श्रोतका अनुसार वित्त विभागका प्रमुख दिनेश कुमार लाललाई निरिक्षण विभागको जिम्मेवारी दिईएको छ । यस अघि निरिक्षण विभागको प्रमुख रहेका सुशिल सुवेदी भने नियमन विभागमा पुगेका छन् । नियमन विभागमा रहेका साम्भराज लामिछानेलाई कानुन तथा सम्पति सुद्धिकरण विभागको जिम्मेवारी दिइएको छ । वित्त विभागमा चाटर्ड एकाउन्टेन्ट सन्तोष कार्की आएका छन् । समितिका अध्यक्ष चापागाईँले तल्लो तहका पनि थुप्रै कर्मचारीहरुको जिम्मेवारी व्यापक हेरफेर गरेका छन् । ती सबैले आइतबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।
प्रभु इन्स्योरेन्स २३ औं वर्षमा, संस्थागत सुशासन र व्यवसाय वृद्धि दुबै पक्ष राम्राे
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २२ औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको २३ औं स्थापना दिवसको कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको व्यवसाय औषत भएता पनि दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसूचकहरु धेरै राम्रो रहेको बताए । उनले कम्पनीको अवस्था धेरै राम्रो रहेको बताउँदै थप सुशासित र अब्बल बन्न शुभकामना पनि दिए । अध्यक्ष चापागाईले बीमा कम्पनीको सुपरिवेक्षण तथा अनुगमनका कारण कम्पनीहरुको सुशासन राम्रो हुंदै गएको र गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा १७ प्रतिशत बृद्धि भएको पनि बताए । साथै बीमा कम्पनीको पूँजी बृद्धिको लागि ३/३ महिना मात्र समय थप हुन सक्ने बताउँदै त्यसपछि मर्जरमा पठाउने पनि बताए । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृद्धिबिकासको लागि बीमा तालिम केन्द्र स्थापना गरिएको पनि उनले जानकारी दिए । कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र समितिको सहि मार्ग निर्देशनले कम्पनीको व्यवसाय बृद्धि हुने बताउदै बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकास हुने बताइन् । बीमा समितिको निर्देशन अनुसार चुक्ता पुंजी बृद्धिको लागि हकप्रद शेयर निष्काशन भईसकेको र केही दिनमै हकप्रद शेयरको बाँडफाँड पश्चात तोकिएको चुक्ता पुँजी पुग्ने बताइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा व्यवसाय बृद्धि गरेको बताए । ३५ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिरहेको कम्पनीले केहि समयभित्रै ७ वटा शाखा विस्तर गर्ने जनाएकाे छ ।
सूर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार ३२ गते बसेको साधारणसभाले १० बराबर ७ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरपछि पुनः हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुत्तापुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्ने छ । जसअनुसार सर्वसाधारणको ५७ करोड ७२ लाख ६९ हजार रुपैयाँ र संस्थापकको १ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ पुग्ने छ । सभाले अघिल्लो आर्थिक वर्षमा गरेकोन नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १२ प्रतिशत १२ करोड १२ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । नियामक बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीको चुक्तापूँजी न्युनतम २ अर्ब रुपैयाँ तोकेको छ ।