मिथिला लघुवित्तमा २ जना सञ्चालक निर्वाचित

काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयर धनी समूह ख को तर्फबाट प्रतिनिधित्व हुने गरी सरोजकुमार सिंह र मनोजकुमार साह सञ्चालन निर्वाचित भएका छन् । कम्पनीको चैत २३ गते सम्पन्न १० औं साधारण सभाबाट सिंह र साह सञ्चालकमा निर्वाचित भएको कम्पनी सचिव महेशकुमार चौधरीले जनाएका छन् । सञ्चालकद्वयले संस्थाका अध्यक्ष शिवप्रसाद साहबाट सपथग्रहण समेत गरेका छन् ।

हावाहुरी पीडितलाई सहयोगी विकास बैंकको १ लाख ११ हजार सहयोग

काठमाडौँ । सहयोगी विकास बैंकले चैत १७ गते सांझ आएको बिनाशकारी हावाहुरीबाट पीडितहरुलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ । प्रदेश न. २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी सो रकम बराबरको चेक प्रदेश नं. २ का अर्थमन्त्री बिजयकुमार यादबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा

काठमाडौँ । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरे । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य कर बीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बंैकिङ युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, शिवालय गाउँपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश शाहीले ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा बित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने बताए । उक्त कार्यक्रममा सिभिल बैंकका यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।