एनआईसी एशिया बैंकको ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ संचालन

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ संचालन गरेको छ । नेपाल राष्ट्र बैंकको ‘समृद्धसँग जोडौँ नाताः सबै नेपालीको बैंक खाता’ भन्न नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै एनआइसीले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालन गरेको हो । २०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले रु. १०० नगद खातामा जम्मा गरि दिने जनाएको छ ।

सिटिजन्स बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावीभुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् । सिटिजन्स बैंकले देशैभरी ८१ वटा शाखा विस्तारसँगै , ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

झिनो अंकले नेप्से घटेर बिदा भयो २०७५ साल, कारोबार रकम पनि घट्यो

काठमाडौ । २०७५ सालको शेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । साताको अन्तिम दिन ०.५९ अंकले घटेको छ । परिसूचक ०.०५ प्रतिशतले बढ्दा ११८४.०२ बिन्दुमा पुगेको छ । सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । १२ लाख ५१ हजार २ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा ३९ करोड ६४ लाख २१ हजार ५ सय १ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेमा ४ सूचक राताम्मे देखिए भने अरु समूहमा हरियाली छायो । बैंक समूह ०.५५, विकास बैंक समूह १.२९, जलविद्युत समूह ०.३८, निर्जीवन बीमा समूह ५.७२, लघुवित्त समूह ०.०३ र जीवन बीमा समूह ९.१३ अंकले बढेका छन् । त्यसैगरी, होटल समूह ०.५५, वित्त समूह ३.४२, उत्पादनमूलक समूह ३१.८५ र अन्य समूह ३.०३ अंकले घटेका छन् । बजार घटेको विहीबार एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.०७ प्रतिशतले सबैभन्दा धेरै ९.९२ प्रतिशतले नाफा आर्जन गरेका छन् भने घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ८.६४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।