कुमारी बैंकको साधारण सभा बैशाख २६ गते, बुक क्लोज कहिले ?

काठमाडौँ । कुमारी बैंकको १८ औँ बार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । उक्त साधारण सभाबाट चुक्ता पूजीको २१.२५ प्रतिशत बोनस शेयर सूचिकृत गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै साधारण सभाको प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता पुस्तिका बैशाख ६ गतेदेखि २६ गतेसम्म बन्द रहने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।

चार कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत, कस्को कति ?

काठमाडौँ । नेपाल स्टल एक्सचेञ्ज(नेप्से) मा बुधबार ४ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । ती कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार ग्लोलब आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडको ९८ हजार ५ सय कित्ता बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । त्यसैगरी, कंकाई विकास बैंकको १ लाख ५० हजार कित्ता र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको १ करोड कित्ता शेयर सूचिकृत भएको हो ।  

गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट सहायक महा प्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सार्वधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले दुई संस्थाबीच बैंकास्योरेन्स सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको सबै शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।