दुर्घटनामा मृत्यु भएका बिमितको परिवारले अब २८ लाख पाउने
काठमाडौँ । सवारी साधनमा रहेको जोखिमलाई मध्ये नजर गर्दै सवारी दुर्घटनाबाट ज्यान गुमाउने बिमितको परिवारका सदस्यले २८ लाख रुपैयाँ हात पार्ने भएका छन् । पहिले कायम रहेको ८ लाख बीमांक रकमलाई २८ लाख रुपैयाँ बनाउन लागेको बीमा समितिले जनाएको छ । सोही निर्णयमा यातायात व्यवस्था विभागले समेत सहमती जनाएको छ । साथै, स्पाईनल कर्ड इन्जुरी (मेरुदण्ड)को समेत बीमा गर्न आवश्यक रहेको बताइन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय अनुसार बीमांक रकममा यसरी हेरफेर भएको हो । यसरी पाईन्छ २८ लाख २८ लाख रुपैयाँ रकम पाउन टाउको र स्पाईन कर्ड इन्जुरी भएको हुनु पर्नेछ । बिमितको उपचारको लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ । उपचारको क्रममा बिमितको मृत्यु भएमा २८ लाख रुपैयाँ बिमाङ्क निजका परिवारका सदस्यले पाउँछन् । बिमितले मृत्युवरण मात्र गरेको अवस्थामा १० लाख रुपैयाँ छुट्याईएको हो भने उपचारका लागि मात्र भनेर ३ लाख रुपैँया छुट्याईएको छ । तर, उपचारको क्रममा स्पाईनल कर्ड इन्जुरी र टाउकोमा चोट लागेको भएमा थप १५ लाख रुपैयाँ छुट्याईएको छ । यस्तै, मोटर बीमाका कारण बिमितको मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने सम्भावना रहेको बीमा समितिले जनाएको छ ।
सांग्रिला बैंकले ल्यायो नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा ल्याएको छ । पहिलै भएको इन्टरनेट बैंकिङ्ग सुविधामा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटि), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु सहित इन्टरनेट बैंकिङ्गको शुरुवात गरेको हो । नयाँ सुविधा भएको इन्टरनेट बैंकिङ्गबाट ग्राहकहरुले इन्टरनेटको माध्यमबाट विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन् । ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यो सुविधाको थालनी गरेको बैँकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
दोलखा र रामेछापमा सिद्धार्थ बैंकको शाखा खुल्यो
काठमाडौँ । सिद्धार्थ बैंकले बुधबार दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ्ग सेवा तथा बिहिबार रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको चरिकोट शाखाको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबर्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारबाट भएको हो ।