एनआईसी एशियाले २ स्थानमा थप्यो शाखारहित बैंकिङ सेवा
काठमाडौँ । एनआईसी एशिया बैंकले झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा ३० औं र ३१ औंं शाखारहित बैंकिङ सेवा जेठ २० गतेबाट सञ्चालनमा ल्याएको छ । घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा पार्वतीकुमारी राजवंशीलाई नियुक्त गरिएको छ । यसैगरीे, आँधीखोला गाउँपालिकाको पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पञ्चमूल गाउँपालिका–१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरेका हुन् । पञ्चमूलको शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा गंगाधर ढकाललाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सको बीमा सेवा पाइने
काठमाडौँ । गण्डकी बिकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सहमति भएको छ । सहमती पत्रमा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार गण्डकी बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्ने छन् ।
सांग्रिलाको सन्ध्याकालीन तथा होलिडे काउण्टर थप, कहाँ कहाँ ?
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरुबाट सन्ध्याकालीन काउण्टर तथा होलिडे काउण्टर सञ्चालन गर्दै आएकोमा देशभरका विभिन्न शाखा कार्यालयहरुमा काउण्टर थप गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप १३ वटा शाखा कार्यलयबाट सन्ध्याकालीन काउण्टर तथा होलीडे काउण्टरहरु सञ्चालनमा ल्याएको हो । थप गरिएका सन्ध्याकालीन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा रहेका छन् । थप गरिएका सन्ध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ वटा शाखाहरुबाट सन्ध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर सञ्चालन गरी बैंकिङ सेवा प्रदान गरिएको जनाएको छ । व्यहोरा सहर्ष जानकारी गराउँदछौं । सार्वजनिक बिदाको समयमा पनि बैंकिङ सेवा प्रदान गर्न शुरु गरिएको बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाडौँ तथा पोखरा उपत्यका एवम् बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट बिहान १० बजेदेखि ३ बजेसम्म बैंकिङ सेवा खुल्ला रहेको जनाएको छ ।