ग्लोबल आइएमई बैंकबाट सन नेपाल लाइफको बीमा सेवा पाइने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि.का १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

लाहान र दुधेमा सिभिल बैंक लिमिटेडको शाखा बिस्तार

काठमाडौँ । सिभिल बैंकले शाखा बिस्तारको क्रममा सिरहाको लाहान र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमकाबीच लाहान नगरपालिकाका मेयर मुनी साह सुडी र शिवसताक्षी नगरपालिकाको मेयर चन्द्रकुमार शेर्माले गरेका हुन् । लाहान र दुधे शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जनाएको छ ।

जिआइसि नेपालको बीमा सेवा सिद्धार्थ बैंकबाट पनि पाइने

काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैङ्कबीच जेठ २८ गते सहमति पत्रमा हस्ताक्षर भएको हो । बैङ्कका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।