सुनसरी र झापामा माछापुछ्रेको ४ नयाँ शाखा
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ को सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालय शुरु गरेको छ । जेठ २८ गतेसुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोही जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टीमा शाखा बिस्तार भएको हो । त्यसैगरी जेठ २० गते झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थितचन्द्रगढी (चाराली रोड) र मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयबाट सेवा शुरु गरिएको हो । सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरेका हुन् । त्यसैगरी झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्तरुपमा उद्घाटन गरे । काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले उद्घाटन गरेको जनाइएको छ ।
झापामा एकै दिन कामना सेवाका दुई शाखाबाट कारोबार शुरु
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. १ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा विहीबार ८८औं र ८९औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुरु गरिएको हो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. १ मा ९ शाखा पुगेको र थप शाखाहरुपनि शीघ्र सञ्चालनमा आउने बताए ।
नवलपुरको कावासोतीमा महालक्ष्मीले खोल्यो नयाँ शाखा
काठमाडौँ । महालक्ष्मी विकास बैंकले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८ मा कावासोतीमा शाखा बिस्तार गरेको छ । बिहीबार उक्त शाखाको कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले उद्घाटन गरिन् । उक्त अवसरमा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको र ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी रहेको बैंकले जनाएको छ ।