ग्लोबल आइएमईले जनता बैंकलाई गाभ्ने, अध्यक्ष चन्द्र ढकाल, सिइओमा पर्शुराम कुँवर क्षेत्री

<p>काठमाडौं । बाणिज्य बैंकहरुलाई जोडी खोजेर मर्ज गर्न राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन् । साङ्ग्रिला होटलमा आयोजित कार्यक्रममा मर्जर सम्बन्धी दुई पक्षबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको बुझिएको छ । ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका [&hellip;]</p>

काठमाडौं । बाणिज्य बैंकहरुलाई जोडी खोजेर मर्ज गर्न राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन् । साङ्ग्रिला होटलमा आयोजित कार्यक्रममा मर्जर सम्बन्धी दुई पक्षबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको बुझिएको छ ।

ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउने छन् । सञ्चालक समितिमाग्लोबल आइएमईबाट पाँचजना र दुई जना जनता बैंकबाट रहनेछन् ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमती भएको ग्लोबल आइएमई बैंकद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

Share News