हुम्लाको दुर्गम गाउँमा प्रभु बैंकको शाखा बिस्तार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले बुधबार हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ मा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखाको एक समारोहकाबीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गरे । कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ हुम्लाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रभु लाईफ इन्स्योरेन्सले गर्यो ५३ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/७५ र २०७५/७६ मा ५३ लाख ८० हजार रुपैयाँ बराबरको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले उक्त गत आव र चालु आवमा ९ जना मृत बिमितको दाबी रकम भुक्तान गरेको हो । कम्पनीको हकवालाले पाउने भुक्तानी रकम भने ७१ लाख ५० हजार रुपैयाँ मध्ये ५३ लाख ८० हजार भुक्तान गरेको बीमा समितिको चैत्र मसान्तसम्मको तथ्याङ्कमा उल्लेख छ । मृत्यु भएका बिमितहरु काठमाडौ उपत्यका सहित पर्सा, अछाम, भक्तपूर, काठमाडौ, उदयपुर, प्यूठान, रुपन्देही र सुर्खेत जिल्लाका छन् । ती बिमितहरु मध्ये पुरुषको संख्या ४ जना र महिलाको संख्या ५ छ । मृत्युवरण गरेका बिमित मध्ये १ जना सुरक्षाकर्मी पेशामा अन्य सबैले व्यापार व्यवसाय संचालन गर्दै आएका थिए । यस्ता छन् प्रडक्टहरु : प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न प्रडक्टहरु मार्फत बिमितलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीले वैभव जीवन बीमा, शुभ गृह जीवन बीमा, अमूल्य जीवन बीमा, समृद्ध जीवन बीमा, श्रीवृद्धी जीवन बीमा, जीवन किरण, जीवन उन्नती र जीवन स्पर्श नामका बीमा प्रडक्ट बजारमा ल्याएको छ । सोही प्रडक्ट मार्फत मनि ब्याक प्लान, चाइल्ड इन्डोमेन्ट प्लान तथा टर्म प्लान लगायतका बीमा सेवा प्रदान गर्दै आएको छ ।

हिमाल दोलखाकोे आइपीओ आजदेखि, १ लाख कित्तासम्म भर्न पाइने

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर(आइपीओ) असार २५ गतेदेखि खुलेको छ । हिमाल दोलखाको ७६ लाख ७२ हजार २ सय १० कित्ता सेयर खुलेको हो । जसमध्ये ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणलाई, १ लाख ५३ हजार ४ सय ४४ कित्ता कम्पनीका कर्मचारीलाई र २५ हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । असार २५ गतेदेखि खुल्ने सेयर छिटोमा असार २९ गते र ढिलोमा साउन २४ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्रहरु इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर ९ र १० तथा माइ नगरपालिका वडा नम्बर ९ मा रहेको छ ।