हुम्लाको दुर्गम गाउँमा प्रभु बैंकको शाखा बिस्तार

<p>काठमाडौँ । प्रभु बैंक लिमिटेडले बुधबार हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ मा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखाको एक समारोहकाबीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गरे । [&hellip;]</p>


काठमाडौँ । प्रभु बैंक लिमिटेडले बुधबार हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ मा शाखा कार्यालय सञ्चालन गरेको छ ।

उक्त शाखाको एक समारोहकाबीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गरे ।

कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ हुम्लाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Share News