नागरिक लगानी कोषको कर्जा भुक्तानी अब अनलाइनबाट, हिमालयन बैंकसँग सम्झौता
काठमाडौँ । नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको(८०%) कर्जा भुक्तानीलाई अनलाईन माध्यम मार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता भई कनेक्टआइपीएस ईपेमेन्ट प्रणालीबाट हुने भएको छ । उक्त सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८०%) कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्टआइपीएस बाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । नागरिक लगानी कोषको कनेक्टआइपीएस प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुने जनाइएको छ ।
स्वावलम्बन लघुवित्तले ३ लाख ७७ हजार कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक समूहको सेयर बोलपत्रद्वारा बिक्री गरिने भएको छ । प्रति सेयर मूल्य ३ सय रुपैयाँ रहेको छ । सो भन्दा बढी मूल्य अंकित गरी असार ३१ गतेदेखि साउन २९ गतेसम्म प्रति सेयर के कति दर रेटमा लिन कबुल गर्ने हो सो को शिलबन्दी बोलपत्र आवेदन बिद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १०० कित्ताको लागि आवदेन दिनु पर्ने र अधिकतम सेयर संख्याको लागि भने कुनै हद नलाग्ने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा साउन १७ गते, बुक क्लोज कहिले ?
काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेको २३ औँ वार्षिक साधारण सभा साउन १७ गते हुने भएको छ । तीनकुने स्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे साधारण सभा हुने कम्पनीले जनाएको छ । साधारण सभा प्रयोजनका लागि साउन ३ गतेदेखि १७ गतेसम्म सेयर दाखिला खारेज किताब बन्द(बुक क्लोज) हुने जनाइएको छ । साधारण सभामा बार्षिक प्रतिवेदनमा माथि छलफल हुनेछ, साथै आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरु छलफल गरी पारित गर्ने कार्यतालितका रहेको छ ।