आईएमई जनरल इन्स्योरेन्स ‘एशिया मस्ट ट्रस्टेड अवार्ड’ बाट सम्मानित

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स ‘एशिया मस्ट ट्रस्टेड अवार्ड २०१९’ बाट सम्मानित भएको छ । ११ डिसेम्वर २०१९ मा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेसन(आईबीसी)ले इन्स्योरेन्सलाई उक्त अवार्डबाट सम्मान गरेको हो । उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबीसीलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । साथै, नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई वर्ष भरिनै नेपालले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गरेका छन् । उक्त कार्यक्रममा एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेका थिए ।

मंसिरमा ७ अर्बमात्रै कर्जा प्रवाह, ७७ प्रतिशतले घट्यो कर्जा, किन हुन सकेन लगानी ?

काठमाडौं । पछिल्लो समय कर्जाको माग घट्दै गएको छ । वाणिज्य बैंकहरूले मंसिर महिनामा ७ अर्बमात्रै कर्जा प्रवाह गरेका छन् । गत आवको यो महिनामा ‘क’ वर्गका वाणिज्य बैंकहरूले ३१ अर्ब कर्जा प्रवाह गरेका थिए । यस आवको मंसिरको तुलनामा चालु आवको मंसिरमा ७७ प्रतिशतले कर्जा प्रवाह घटेको छ । चालु आवको साउनमा वाणिज्य बैंकहरूले ९ अर्ब कर्जा प्रवाह गरेका थिए । भदौमा सो लगानी बढेर ५५ अर्ब पुग्यो । असोजमा अझ लगानी वृद्धि भएर ६८ अर्ब पुगेपछि बैंकर्सहरूले फेरि लगानी योग्य पुँजी अभाव हुने भन्दै चिन्तित देखिएका थिए । तर, त्यसो भएन मंसिरमा कर्जाको माग एक्कासी घट्यो । चालु आवमा निर्माण सम्बन्धि कार्य धेरै नहुँदा बैंकको कर्जा घट्न गएको हो । पछिल्लो समय कर्जा प्रवाह त्यति बढ्न सकेको छैन,’ नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष भुवन दाहालले भने ‘निर्माण व्यवसायले गति नलिदा यसको असर कर्जा प्रवाहमा देखिएको हो ।’ निर्माणमा मात्रै होइन समग्र कर्जा प्रवाहमानै सुस्तता आएको छ । एसोसिएशनका अनुसार निर्माण सामग्री समेत बिक्री नभएर थन्किएकोे अवस्था भएकोले पनि कर्जामा उत्सुकता नदेखिएको हो । राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो समय निर्माण क्षेत्रमा लगानी घट्दै गएको देखाएको छ । कार्तिक महिनामा वाणिज्य बैंकहरूबाट २ अर्ब १२ करोडमात्रै लगानी भएको छ । यो अवधिमा कर्जा प्रवाहकमा विकास बैंक र फाइनान्स कम्पनीको हिस्सा बढी रहेको छ । सात अर्बको कर्जा लगानीमा वाँकी कर्जाको हिस्सा भने ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीको रहेकोे छ । चालु आवको मंसिरसम्म वाणिज्य बैंकहरूले २ खर्ब ६८ अर्ब ४७ करोड कर्जा प्रवाह गरेका छन् । असोजसम्म निर्माण क्षेत्रमा २ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरिएको थियो । चालु आवको कार्तिकसम्म २७ वटा वाणिज्य बैंकले कुल १८ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले साढे ३० खर्ब कर्जा प्रवाह गरेका छन् । सो कर्जामध्ये निर्माण क्षेत्रमा साढे १० प्रतिशत अर्थात तीन खर्ब २६ अर्ब कर्जा प्रवाह गरेका छन् ।

हेरचार डटकम तथा छिन्नमस्ता बहुउद्देश्यीय सहकारीबीच सम्झौता

काठमाडौं । हेरचार डटकम प्रालि र छिन्नमस्ता बहुउद्देश्यीय सहकारीबीच सम्झौता भएको छ । यस समझौतामा हेरचारको तर्फबाट हेरचार प्रमुख उत्सब भट्टराई र छिन्नमस्ताको तर्फबाट उपादक्ष कमल प्रसाद ढुंगेलले हस्ताक्षर गरेका हुन् । विगत ८ वर्षदेखि संचालित छिन्नमस्ता सहकारीले आफ्ना ग्राहकहरुलाई न्यूनतम ब्याजमा ऋण प्रभाव गरी बचतमा उच्च ब्याज दिदै आएको सहकारीका उपाध्यक्ष कमलप्रसाद ढुंगेलले बताए । सहकारीका ५ हजार भन्दा बढी ग्राहकलाई दैनिक रुपमा आइपर्ने विभिन्न घरायसी समस्याहरू जस्तै धारा पानी मर्मत, बिज़ुली मर्मत तथा अरु धेरै मर्मत तथा संभार सम्बन्धी समस्याहरुको सुपथ मूल्यमा मर्मत गर्ने ज़िम्मा हेरचारले लिएको हेरचार प्रमुख उत्सब भट्टराईले बताएका छन् ।