काठमाडौं । हेरचार डटकम प्रालि र छिन्नमस्ता बहुउद्देश्यीय सहकारीबीच सम्झौता भएको छ । यस समझौतामा हेरचारको तर्फबाट हेरचार प्रमुख उत्सब भट्टराई र छिन्नमस्ताको तर्फबाट उपादक्ष कमल प्रसाद ढुंगेलले हस्ताक्षर गरेका हुन् ।
विगत ८ वर्षदेखि संचालित छिन्नमस्ता सहकारीले आफ्ना ग्राहकहरुलाई न्यूनतम ब्याजमा ऋण प्रभाव गरी बचतमा उच्च ब्याज दिदै आएको सहकारीका उपाध्यक्ष कमलप्रसाद ढुंगेलले बताए ।
सहकारीका ५ हजार भन्दा बढी ग्राहकलाई दैनिक रुपमा आइपर्ने विभिन्न घरायसी समस्याहरू जस्तै धारा पानी मर्मत, बिज़ुली मर्मत तथा अरु धेरै मर्मत तथा संभार सम्बन्धी समस्याहरुको सुपथ मूल्यमा मर्मत गर्ने ज़िम्मा हेरचारले लिएको हेरचार प्रमुख उत्सब भट्टराईले बताएका छन् ।