नेशनल माइक्रोफाइनान्सकाे समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले शाखा प्रमुख र शाखाको अन्य कर्मचारीहरुको १ दिने समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रदेश नं ६ र ७ अन्तर्गत रहेको शाखा कार्यालयहरुको शाखा प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहेको समिक्षा तथा गोष्ठि कार्यक्रम नेपालगंज स्थित होटल स्नेहामा संचालन भएको थियो । अन्तरकृया कार्यक्रमको औपचारिक उदघाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले पानसमा दिप प्रजवल्लन गरि औपचारिक रुपमा उदघाटन गर्नु भएको थियो । समिक्षा तथा अन्तरकृया कार्यक्रममा संस्थाको शाखा प्रमुखहरु, सहायक कर्मचारीहरु विभागीय प्रमुखहरु बिजय घिमिरे र सिताराम पंडित सहित ५६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । समिक्षा कार्यक्रममा शाखा कार्यालयहरुको चालु आ.व.को अर्धबार्षिक कार्यक्रम तथा बजेट अनुसार लक्ष्यको तुल्नामा प्रगतीको समिक्षा साथै शाखा कार्यालयहरुको समस्या तथा चुनौति र भावी रणनीतिको बारेमा छलफल गरिएको थियो । कार्यक्रमको संचालन विभागीय प्रमुख सिताराम पंडितले गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले उत्कृष्ठ कार्यसम्पादन गरेको शाखाको टिमलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा सबै शाखा कार्यालयहरुलाई लक्ष्य अनुसारको प्रगती हासिल गर्न शुभकामना दिदै १ दिने कार्यक्रमको औपचारिक रुपमा समापन गरे ।
नेशनल लाईफको नाफा २३ करोड माथि
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ४७ लाख रुपैयाँले नाफा वृद्धि गरेको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासमा नाफा २३ करोड ५८ लाखरुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १७ करोड ११ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा भने ३० अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ६९ करोड रुपैयाँ रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सकाे बीमा शुल्क अब इसेवाबाट तिर्न सकिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइन मार्फत बीमा शुल्क भुक्तानी उक्त सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब नेपाल लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै, इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट नेपाल लाइफका २७ लाख भन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित हुनेछन् । नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्य गरिदिएको र अबदेखि बिमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्ने बताए । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । देशभर करिब ८० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । २०५८ सालमा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको नेपाल लाइफ इस्योरेन्स् प्रथम अग्रणी जिवन बीमा कम्पनी हो । कम्पनीले नेपालका विभिन्न भागमा रहेका २ सय वटा शाखा तथा उपशाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले साबधिक, धनवर्षा,आजीवन, म्यादी लगायतका विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ ।