एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गर्न रोक्यो समितिले

काठमाडौं । एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन नपाइने भएको छ । बीमा कम्पनीहरुले दाम्पत्य जीवन बीमा योजना संचालन गर्ने क्रम बढेसँगै बीमा समितिले यस्तो बीमा लेखामा रोक लगाएको हो । श्रीमान् श्रीमती दुबैको एउटै बीमालेखबाट बीमा गराउँदा जोखिम धरै हुने बीमाको अवधारण विपरितको कार्य हुने भन्दै एक्चुरी भ्यालुएटरले बीमा समितिलाई सुझाव दिदै आएको थियो । तर, समितिले यस्तो बीमा लेखमा रोक लगाएको भने थिएन । समितिले यसअघि स्वीकृति दिएका दाम्पत्य जीवन बीमा पोलिसी पनि बन्द गर्न निर्देशन दिएको छ । यसअघि स्वीकृति लिएर संचालनमा आएका बीमा पोलिसीको हकमा भने के कस्तो व्यवस्था गर्ने भन्नेमा समितिले केही प्रष्ट पारेको छैन ।

कोका–कोला नेपालद्वारा निकुञ्जको फोहोर व्यवस्थापनमा २५ कलेक्शन बिन हस्तान्तरण

काठमाडौं । कोका–कोला नेपालले चितवन राष्ट्रिय निकुञ्जको फोहोर व्यवस्थापन गर्न २५ वटा ठुला पीईटी बोतल कलेक्शन बिन सहयोग गरेको छ । यस निकुञ्जलाई देशकै पहिलो प्लास्टिक मुक्त संरक्षित क्षेत्र बनाउने पहललाई निरन्तरता दिँदै बोटलर्स नेपाल (तराई) लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले डब्लुडब्लुएफ नेपालको समन्वयमा सो मात्रामा कलेक्शन बिन सहयोग गरेको छ । वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा शुरुवात गरिएको उक्त अभियान चितवन राष्ट्रिय निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो भने नेपाल आर्मी, वल्र्ड वाइल्डलाइफ फन्ड नेपाल (डब्लुडब्लुएफ नेपाल), हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानिय समुदाय र पर्यटन उद्यमी लगायतले सहकार्य गरेका थिए । राष्ट्रिय निकुञ्जको विभिन्न स्थानहरुबाट पीईटी बोतलहरु नियमित रुपमा कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनरमार्फत संकलन गरिन्छ जहाँ रिसाइक्लर साथीले विशेष गरी नैतिक तथा कानुनी रिसाइक्लिङका लागि काम गरिरहेको छ । यो अभियान कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनर क्रियशनले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले अगुवाइ भइरहेको छ । कोका–कोला कम्पनीको वल्र्ड वीथआउट वेस्ट भिजन अन्तर्गत सन् २०३० सम्म विश्वव्यापी रुपमा आफ्नो प्याकेजिंगको १००% बराबर संकलन र रिसाइकल गर्ने प्रतिज्ञा गरेको छ र देशप्रतिको प्रतिबद्र्धताका रुपमा कोका–कोला नेपालले हिमालयन क्लाइमेट इनिसिएटिभ र क्रियशनसंग सहकार्य गरेर रिसाइकिलंग सुविधाका लागि काठमाडौं र भरतपुरमा दुईवटा पीईटी बोटल कलेक्शन स्थापना गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन नारायण रुपाखेतीले भने, देशको गौरव र विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गी छन् । यो संयुक्त प्रयासले वन्यजन्तु र प्रकृति संरक्षणमा सहयोग गर्नेछ । हाम्रो उद्देश्य भनेकै देशको प्राकृतिक वासस्थानलाई यथावत राखेर एउटा उदाहरण बन्नु हो ।” बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक तथा बोटलर्स नेपाल (तराई) लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदीप पाण्डेले जिम्मेवार अभ्यासको माध्यमबाट वातावरणको राम्रो रेखदेख गर्नु सदाझै हाम्रो व्यवसाय भएको बोटलर्स नेपाल (तराई) यो अभियानको हिस्सा बन्न पाएको गर्व गर्दै नेपाल सरकार र हाम्रा पार्टनरहरुलाई जारी साझेदारीका लागि आभारी भएको बताए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिकबीच सेवासम्बन्धी सम्झौता, फार्मेसीमा १२ प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिक क्लिनिकबीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। उक्त पत्रमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशत सम्म छुट पाउने भएका छन्। यस सम्झौताबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।