काेराेना उपचार काेषमा प्राइम बैंककाे १ कराेड ७५ लाख सहयाेग, लकडाउनकाे बेलामा ८४ शाखाबाट सेवा सुचारू

काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरस रोकथाम,  नियन्त्रण तथा उपचार काेषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त काेषमा सहयाेग गर्ने बैंकहरू मध्ये अहिलेसम्म प्राइम बैंक सबैभन्दा धेरै रकम हाे । महामारी राेकथाम कार्यमा सबैले सहयाेग गर्नु पर्ने जनाउँदै उनले सक्दाे सहयाेग गर्न गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले विकासन्युजसँग भने । लकडाउनकाे बेलामा खान नपाएकाे मानिसहरूलाई खाद्यन्य वितरणा गरेर सहयाेग गर्ने डीआइजी विश्वराज पाेखरेलकाे पराेपकारी कार्यमा पनि बैंकले सहयाेग गरिरहेकाे बताए । लक डाउनकाे बेलामा बैंकले ८४ वटा शाखाबाट सेवा प्रदान गरिरहेकाे उनले बताए । ‘यस्ताे बेलामा हामीले जागिर खाने हाेइन, ड्युटी निर्वाह गर्ने हाे’ उनले भने । महामारीकाे बेलामा पनि स्वास्थ्य कर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीले पनि आफ्नाे कर्तव्य निर्वाह गरिरहेकाे उदाहरण दिदै बैंकका कर्मचारीलाई पनि आफ्नाे कर्तव्य निर्वाह गर्न प्रेरित गरेकाे उनले बताए ।  

कामना सेवाको सञ्चालक समितिको बैठक भिडियो कन्फरेन्स मार्फत

काठमाडौं । कामना सेवा विकास बैंकले भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको २ सय ८९ औं बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा पहिलो डिजिटल (विद्युतीय प्रविधि) को प्रयोगबाट बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए । बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यो बैंकलाई डिजिटाइजेशन र अटोमेसनको, पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले बताए । गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो । सञ्चालक समितिको बैठकले ग्राहकलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउंपलिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित जनावरहरुमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न संचार माध्यमहरुद्वारा जानकारीमा आएको हुंदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व्यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष.सुदिप आचार्यले बताए । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको हालसम्म १ सय २३ वटा शाखा तथा ६५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, एसएमएस् बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि एएस्बीएलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना जानकारी दिएको छ ।

साधना लघुवित्तले काेराेना राेकथाम काेषमा ४ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना रोकथाम कोषमा ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले गोरखा जिल्ला स्थित गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी ८ वटा स्थानिय निकायलाई ५० हजार रुपैयाँको दरले उक्त रुपैयाँ राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । जसमध्ये गोरखा नगरपालिकाको लागि प्रदान गरिएको ५० हजार रुपैयाँको चेक आज गोरखा नगरपालिकामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नगर प्रमुख राजन राज पन्तलाई हस्तान्तरण गरेका हुन् । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ (नोभल कोरोना भाईरस) को जोखिमले पारेको असहज परिस्थितिलाई मध्यनजर गरी राहात स्वरुप उक्त सहयोग गरेको हो । यस प्रकारको सहयोगले कोरोना भाईरसको संक्रमणको महामारी नियन्त्रण गर्न, महामारीवाट प्रभावित विपन्न समूदायलाई राहातको ब्यवस्था गर्न तथा संक्रमण पिडितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने बिश्वास गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।