नेपाल एसबिआई बैंकले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १ करोड सहयोग गर्ने निर्णय

<p>काठमाडौं ।  बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा १ करोड रुपैयाँ सहयो गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम मध्ये ५० लाख [&hellip;]</p>

काठमाडौं ।  बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा १ करोड रुपैयाँ सहयो गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

उक्त रकम मध्ये ५० लाख केन्द्रिय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख सहयोग गर्ने जानकारी दिएको छ ।
यसका साथै बा“कीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने जनाएको छ ।

बैैंकले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल सरकार तथा विभिन्न संस्था, वर्ग र व्यक्तिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको छ ।

Share News