साधना लघुवित्तले काेराेना राेकथाम काेषमा ४ लाख रुपैयाँ सहयोग गर्ने

<p>काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना रोकथाम कोषमा ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले गोरखा जिल्ला स्थित गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी ८ वटा स्थानिय निकायलाई ५० हजार रुपैयाँको दरले उक्त रुपैयाँ राहत स्वरुप प्रदान [&hellip;]</p>

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना रोकथाम कोषमा ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले गोरखा जिल्ला स्थित गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी ८ वटा स्थानिय निकायलाई ५० हजार रुपैयाँको दरले उक्त रुपैयाँ राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको हो ।

जसमध्ये गोरखा नगरपालिकाको लागि प्रदान गरिएको ५० हजार रुपैयाँको चेक आज गोरखा नगरपालिकामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नगर प्रमुख राजन राज पन्तलाई हस्तान्तरण गरेका हुन् ।

बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ (नोभल कोरोना भाईरस) को जोखिमले पारेको असहज परिस्थितिलाई मध्यनजर गरी राहात स्वरुप उक्त सहयोग गरेको हो ।

यस प्रकारको सहयोगले कोरोना भाईरसको संक्रमणको महामारी नियन्त्रण गर्न, महामारीवाट प्रभावित विपन्न समूदायलाई राहातको ब्यवस्था गर्न तथा संक्रमण पिडितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने बिश्वास गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

Share News