कामना सेवा र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता
काठमाडाैं । कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धि कारोबार गर्ने गरी सम्झौता भएको छ । बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट माहाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौंकाे ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै एबीबीएस्, एसएम्एस बैंकिङ्ग, मोबाइल , सी एएस्बीए, अनलाइनमार्फत खाता खोल्नलगायतका सेवाहरु प्रदान गरिरहेको छ । यसबाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा रहेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ भने रेमिट टु नेपालले स्वदेश तथा विभिन्न देशहरुममा रेमिट्यान्स कारोबार गर्दै आइरहेको छ ।
साधना लघुवित्तको आईपीओमा १३ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ)मा १३ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन गरेको तेश्रो दिनमै संस्थाको सेयरमा मागभन्दा १३.४० गुणा बढी आवेदन परेको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाले सेयर जारी गरेको तेश्रो दिन आज(असार २३ गते)सम्म ८८ करोड ६४ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो अवधिसम्म ३ लाख ६३ हजार ३ सय ५२ जनाले ८८ लाख ६४ हजार ८ सय ३० कित्ता सेयर माग गरेका छन् । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ ।
धितोपत्र बोर्डका कर्मचारीले सेयर कारोबार गर्न नपाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले सेयर कारोबार गर्न नपाउने भएका छन् । सांसद राम कुमारी झाँक्रीको नेतृत्वमा गठित उपसमितिले मंगलबार अर्थसमितिमा प्रतिवेदन बुझाउँदै उक्त व्यवस्था मिलाउन सुझाव दिएको हो । उक्त प्रतिवेदनमा बोर्डका पदाधिकारी र कर्मचारीले आफुसँग यसभन्दा अगाडि रहेका आईपीओ सेयरहरु बिक्री गर्ने बाहेक सेयर कारोबार गर्न नपाउने कुरा उल्लेख छ । यस व्यवस्था लागू भएमा बोर्डका कर्मचारीहरूले प्राथमिक तथा दाेश्राे बजार दुबैमा सेयर काराेबार गर्न पाउने छैनन् ।