निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३३.९७ प्रतिशत, कसको हिस्सा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (मंसिरसम्ममा) १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । ४ वटा लघु निर्जीवन बीमा कम्पनीले सो अवधिमा ४९ करोड ६० लाख रुपैयाँ कुल व्यवसाय आर्जन गरेका छन् ।  १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्ममा मोटर बीमामार्फत सर्वाधिक व्यवसाय आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार पाँच महिनामा बीमा कम्पनीहरूले मोटर बीमामार्फत ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन कुल व्यापारमा मोटर बीमाको हिस्सा ३३.९७ प्रतिशत रहेको छ । दोस्रो धेरै व्यापार सम्पत्ति बीमामार्फत ४ अर्ब ९६ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।  कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २४.८४ प्रतिशत रहेको छ । तेस्रोमा व्यापार इन्जिनियरिङ र ठेक्का बीमामार्फत २ अर्ब ९१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कुल व्यापारमा इन्जिनियरिङ बीमाको हिस्सा १४.५८ प्रतिशत रहेको छ । कम्पनीहरूले विविध बीमामार्फत २ अर्ब ५ करोड ४१ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । जुन कुल व्यापारमा विविधको हिस्सा १०.२८ प्रतिशत रहेको छ । त्यस्तै, बीमा कम्पनीहरूले सामुन्द्रिक बीमामार्फत १ अर्ब १७ करोड ९९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । कुल व्यापारमा सामुन्द्रिक बीमाको हिस्सा सामुन्द्रिकको ५.९० प्रतिशत रहेको छ । यस्तै, मंसिरसम्ममा हवाई बीमामार्फत ८६ करोड ३ लाख रुपैयाँ संकलन गरेका छन् । कुल व्यापारमा हवाई बीमाको हिस्सा ४.३० प्रतिशत छ । कम्पनीहरूले ५ महिनामा कृषि तथा बाली बीमामार्फत ७१ करोड ९७ लाख रुपैयाँ र लघु बीमामार्फत ५० करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा कृषि तथा बालीको ३.६० प्रतिशत र लघुको २.५२ प्रतिशत रहेको छ । 

५ महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय १९ अर्ब माथि, कस्को व्यापार कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (मंसिर महिना) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्बमाथि कुल व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ६२ हजार १९६ वटा बीमा पोलिसी जारी गरेर १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका हुन् ।  बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै २ लाख ५९ हजार ९८ पोलिसी जारी गरेर कुल ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । मंसिर मसान्तसमममा सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ । कम्पनीले ५ महिनाको अवधिमा १ लाख ७ हजार ९२० बीमालेख जारी गरेर कुल २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले मंसिर महिनामा मात्रै ४३ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सले १ लाख ३० हजार १६७ बीमालेख जारी गरी २ अर्ब १५ करोड ५ लाख  रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख २९ हजार ६४६ पोलिसी जारी गरेर २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए सपथ

काठमाडौं । एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अशोककुमार अग्रवालले शपथ लिएका छन् ।बिहीबार अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका हुन् । पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४औँ बैठकले आजकै मितिदेखि लागू हुने गरी उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकको अध्यक्षजस्तो गरिमामय पदमा नियुक्त अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो समयदेखि कार्यअनुभव हासिल गर्दै सफल नेतृत्व प्रदान गर्दै आएका छन् । उनले मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरू हासिल गर्ने तथा संस्थालाई सफलताको थप उचाइमा पुर्‍याउँदै प्रतिष्ठाको नयाँ शिखरमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ ।