एसईई नतिजामा लापारबाही: परीक्षा नदिएको विषयको नजिता आएपछि विद्यार्थी हैरान
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयको लापारबाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी अप्ठेरोमा परेका छन् । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजामाा विषय परिवर्तन भएर नतिजा आएपछि सच्याउन जानेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना ईग्लि सेकेन्डरी स्कुलका विद्यार्थीले आफुले नपढेको र परिक्षा नदिएको विषयको नतिजा आएको आरोप लगाएका छन । नेपाल समाचारपत्रबाट ।
सोसियल बिजनेश च्यालेन्ज पुरस्कार कुलदिप अर्याललाई
काठमाडौं । सोसियल बिजनेश च्यालेञ्ज २०१७ अवार्ड कुलदिप बन्धु अर्यालले प्राप्त गरेका छन् । युनुस सोसियल बिजनेश सेन्टर र किग्ंस कलेजले संयुक्त रुपमा सञ्चालन गरेको च्यालेन्जमा ग्रामिण विकास अभियानका तर्फबाट सहभागी अर्यालले अग्रो सेल्टर परियोजनाका लागि प्रथम पुरस्कार प्राप्त गरेका हुन् । अर्याललाई एक लाख नगद सहित पुरस्कृत गरिएको हो । समुदायद्धारा सञ्चालित कृषि उपज भण्डार केन्द्रलाई एग्रो सेल्टर भनिन्छ । हाम्रो डक्टर्स, एग्रो मार्ट, एल पानी, एग्रो टेक, फार्म, स्वास्थ्य मञ्च, एभोकाडो एण्ड मोर, स्प्रिङ स्यानीटेरी न्यापकिन्स र रास्बीन इन्टरप्राइजेजलाई पछि पार्दै उपाधी जितेको हो । संस्थाले नेपालमा व्यवसायीक कृषि कर्म र उत्पादित उपजको बजारीकरणमा ठुलो चुनौती रहेको बताएको छ । कृषि क्षेत्रमा रहेका समस्याहरुको तत्कालिन तथा दिर्घकालिन समाधानका उपायहरुको खोजी गर्दै सोसियल बिजनेश च्यालेञ्ज प्रतियोगीता आयोजना गरिएको थियो । ५० प्रतियोगीहरुले काठमाडौं, बिरगञ्ज, बिराटनगर, जनकपुर, चीतवन लगायतका शहरबाट सहभागीता जनाएका थिए ।
कपडा सिलाउँदै पढेर पनि डाक्टर, दुःखले पढ्दा पनि एमबिबिएस टप
फाइल फाेटाे काठमाडौं । परिवारको नाममाा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो । त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र विदाको समय सिलाईमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो । जति नै दुःख गरे पनि लेटाङ मोरङ्का सुजितकुमार दर्नालको पढाईको भोक घटेन, बरु बढ्यो । त्यही भोकले विपन्न दलित परिवारमाा जन्मिएका उनी डाक्टर बने । त्रिविअन्र्तगत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०. ८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए । नेपालमै सबैभन्दा महंगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएको व्यक्तिको लागि कल्पनाभन्दा बाहिरको विषय थियो । डाक्टर बन्ने सोच त सोचेकै थिइन् । महेनतमात्रै गरे । सुजितले भने । समयले बाटो देखायो र डाक्टर बने । नागरिक दैनिकबाट ।