निषेधाज्ञाका कारण रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आजबाट सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षीक परीक्षा आजदेखि सुरु भएको त्रिविले जनाएको छ। स्नातक तहको व्यवस्थापन तर्फको परीक्षा भोलिदेखि सुरु हुँदैछ। कोरोना महामारीका कारण रोकिएका परीक्षा एक वर्ष ढिलो गरेर सुर हुन थालेका हुन्। त्रिवीले पहिलो पटक वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीलाई अनलाईन माध्यमबाट परीक्षा आवेदन फारम भर्ने तथा केन्द्र परिवर्तन गर्ने कार्य गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको जनाएको छ। परीक्षालाई सहज बनाउन पायक पर्ने केन्द्र छनोट गर्न समय तोकिएको तथा रजिष्ट्रेशन अनिवार्य गर्नुपर्ने व्यवस्थालाई फाराम भर्ने समयसम्म खुकुलो बनाइ इन्ट्री गर्न पाउने व्यवस्था बनाइएकाले केही परीक्षार्थीलाई समस्या परे पनि आवश्यक समन्वय गरी परीक्षामा समावेश गर्न कार्यालयले अनुरोध गरेको छ। प्रवेशपत्रमा फोटो नआएको, परीक्षार्थीले परीक्षा दिनुपर्ने विषय प्रवेश पत्रमा प्रिन्ट गर्दा कम विषयहरु प्रिन्ट भएको भए या केन्द्र परिवर्तन भएको नदेखिएकोमा ट्रिप्लीकेट हेरेर परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्याम्पससँग समन्वय गरी परीक्षामा समावेश गर्न पनि केन्द्रले केन्द्राध्यक्षलाई आग्रह गरेको छ।

भारतमा दिइने छात्रवृत्तिका लागि शैक्षिक परामर्श शुरु

काठमाडाैं । छिमेकी भारतका विभिन्न उत्कृष्ट विश्वविद्यालय, कलेज र शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीले पाउने छात्रवृत्तिका लागि कृष्णा फाउण्डेशनले शैक्षिक परामर्श गर्न थालेको छ । काठमाडौंस्थित भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत कम्पेक्स छात्रवृत्तिमा आवेदन दिने विद्यार्थीका लागि विश्वविद्यालयका पूर्वाधार, गुणस्तर, अन्तर्राष्ट्रिय विद्यार्थीका अनुभव र छात्रवृत्तिका बारेमा फाउण्डेशनले परामर्श गरेको हो । यसबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका निर्देशक सन्तोषकुमार चौधरीले शैक्षिक सत्र सन् २०२१/२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा आफूहरुले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज्’ अन्तर्गत सहयोग गर्ने बताए । कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्कसहित उत्तीर्ण विद्यार्थीले आगामी अगष्ट १२ तारिखसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

ग्लोबल कलेजले शुरु गर्यो करियर प्लेसमेन्ट प्रोग्राम, विद्यार्थीलाई इन्टर्न लगायत विभिन्न तालिम दिने

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले विद्यार्थीलाई इन्टर्न लगायत व्यक्तित्व विकासका तालिम दिन करियर प्लेसमेन्ट प्रोग्रामको उद्घाटन गरेको छ । व्यवस्थापन संकायमा छुट्टै पहिचान बनाएको कलेजले विभिन्नि प्रकारका व्यवस्थापकीय तथा प्रशासनिक सेवा गर्ने निश्चितता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको उद्घाटन गरेको हो । कार्यक्रममा विद्यार्थीको इन्टर्नशिप तथा व्यक्तित्व विकाश सम्बन्धी तालिमहरु जब प्लेसमेन्ट सबै कामलाई निरन्तरता दिन र समय सापेक्ष तथा प्रभावकारी रुपमा संचालन गर्न सेन्टर फर प्रोफेसनल डेभलपमेन्टको स्थापनाको घोषणा पनि गरिएको थियो । सो कार्यक्रमको उद्घाटन कलेजका प्रिन्सिपल डा. करन सिंह ठगुन्नाले गरेका थिए भने सेन्टर फर प्रोफेसनलका निर्देशक डा. अक्षय अरोराले राष्ट्रिय अन्र्तराष्ट्रिय संस्थाहरु जस संग यस कलेजले संस्थागत सम्बन्ध स्थापना गरिसकेको कुरालाई प्रष्टाए । यस कलेजको विशेष ट्रेनिङ्ग पार्टनरको रुपमा रहेको संस्था बीआईएफआईएनका कार्यकारी निर्देशक डा. बिनोद आत्रेयले बीआईएफआईएन र ग्लोबल कलेजको सम्बन्धको बारेमा प्रकाश पार्दै उक्त सम्बधले यस कलेजका विद्यार्थीहरुलाई सिपमुलक तालिमहरुका साथै जब प्लेसमेन्टमा ठूलो भुमिका खेल्दै आएको र भविष्यमा पनि खेल्ने कुराको जानकारी गराए । यस कलेजका प्रिन्सिपल ठगुन्नाले यस कलेजले गुणस्तर शिक्षा दिनको लागि सुरुवात देखिनै आफ्नो गुणस्तरियलाई कायम गदै शिक्षा मात्र होइन कि उनीहरुलाई रोजगारीको पनि सुनिश्चिता गर्ने कुराको जानकारी गराए । करिब ३०० सहभागी रहेको उक्त कार्यक्रमा पुर्व विद्यार्थीहरुले यस कलेजमा अध्यनरत हुँदा आफुले पाएको ज्ञान र सिपले आफ्नो उज्जल भविष्य प्राप्त गर्न महत्वपुर्ण भुमिका खेलेको कुरा जानकारी गराएका थिए । साथै, सो कार्यक्रमलाई कलेजका निर्देशक डा. देवराज पनेरुले संचालन गरेका थिए । काठमाडौंको वानेश्वरस्थित यो कलेजले हाल व्यवस्थापन संकायमा एमबिए, बीबीए, बिएचएम, बिटिटिएम र अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ए.लेभलका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जहाँ अध्ययनरत करिब १००० (एक हजार) विद्यार्थीहरुको शैक्षिक गुणस्तर कायम राख्न विद्यार्थीहरुको पेशागत सिकाईलाई सुनिश्चित गर्नको लागी ग्लोबल कलेज इन्टरनेशनलले अनेकौ अनुसन्धानात्मक कार्यक्रमहरु का साथै रोजगारमुखी तालिम संचालन गर्दै आएको छ । यस सँगसँगै विद्यार्थीहरुलाई रोजगारमुखी सिपहरु प्रादन गर्ने क्रममा विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रोजगारी दिने संस्थाहरु बैकिङ्क, फाइन्नाइन्स, उद्योग तथा अन्र्तराष्ट्रिय स्तरमा स्थापित विश्वविद्यालयहरु तथा दक्ष जनशक्ति तयार पार्ने पेशागत संस्थाहरुसँग संस्थागत सम्बन्ध स्थिापित गरी विद्यार्थीहरुको दक्षता अनुसार इन्टर्नशिपका साथै विभिन्नि प्रकारका व्यवस्थापकिय तथा प्रशासनिक सेवा गर्ने निश्चितता प्रदान गर्ने कलेजको उद्देश्य रहेको छ ।