राष्ट्रिय परीक्षा बाेर्डकाे निर्देशकमा महाश्रम शर्मा नियुक्त
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको निर्देशकमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उक्त जानकारी दिएका हुन् ।
क्लाउड कम्पुटिङ्गकाे लागि लर्ड बुद्ध र जेनेस क्लाउडबीच सहकार्य
काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्ने भएको छ । रोजगारीको संभावना रहेको क्षेत्र क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्ति उत्पादन गर्नको लागी क्याम्पसले फाउण्डेसनसँग सहकार्य गर्न लागेको हे । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बी।एससी।आईटी साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् । जेनेस क्लाउड एकेडेमी जेनेश सोलुशनको पहलमा क्लाउड कम्पुटिङ्गमा विद्यार्थीहरुलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो । जेनेस क्लाउड एकेडेमीले सुचना प्रविधी र प्रबंधनका विद्यार्थीहरुलाई विभिन्न किसीमका उपकरण तथा श्रोतहरु प्रदान गर्ने लक्ष्य राख्दछ जुन उनीहरुले क्लाउड कम्पुटिङ्गको क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुको साथै उनीहरुले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वन गर्न सक्ने छन । यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरुको कार्यसजगता निर्माण गर्ने हो, जसले उनीहरु क्लाउड कम्पुटिङ्ग क्षेत्रमा सजिलै प्रवेश गर्न सक्षम हुनेछन । जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फ्युयालले यस्तो सहकार्यको आवश्यकता माथी जोड दिदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जी सी ए र जी सी ए का सहयात्री संस्थाहरमा इन्टर्नसीप गर्न पाउने छन पनि बताएका छन् । कलेजले यस बीएससी आईटी ९आनर्स० कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुको लागी पुर्ण छात्रवृती उपलब्ध हुने जानकारी पनि गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठित छात्रवृती छनौट समितीले गर्ने कलेजका अध्यक्ष पंकज जलानले बताए । क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ । उधोग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो मागँ रहेको छ । यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादाँ अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३ प्रतिशतले रोजगार वृद्धी भएको देखिन्छ । सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको बि एससी आइटी र बिबिएम विषयमा अध्यापन गराउँदै आएको छ ।
नामी कलेजकाे दिक्षान्त सम्पन्न
काठमाडौं । काठमाडौंको गोकर्नेश्वरमा रहेको नामी कलेजको बुधबार दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । उक्त दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गत का बिधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी विशेष अतिथिका रुपमा उपस्थित थिए भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राण देउवाले अध्यक्षता गरेकी थिइन् । कार्यक्रममा अतिथिका रूपमा नेपालका लागि बेलायतका कायममुकायम राजदूत एड वर्ड रोवर्टको पनि उपस्थिति थिए । नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको अर्थपूर्ण साझेदारीमा नामी कलेजले विश्वस्तरिय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ ।