नामी कलेजकाे दिक्षान्त सम्पन्न
काठमाडौं । काठमाडौंको गोकर्नेश्वरमा रहेको नामी कलेजको बुधबार दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । उक्त दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गत का बिधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी विशेष अतिथिका रुपमा उपस्थित थिए भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राण देउवाले अध्यक्षता गरेकी थिइन् । कार्यक्रममा अतिथिका रूपमा नेपालका लागि बेलायतका कायममुकायम राजदूत एड वर्ड रोवर्टको पनि उपस्थिति थिए । नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको अर्थपूर्ण साझेदारीमा नामी कलेजले विश्वस्तरिय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ ।
नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबारे अनुगमन हुने
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिएका छन् । समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ । नवीकरणकरणका लागि सबै शिक्षण संस्थाले निवेदन पेश गरे पनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुनसकेको छैन ।
निमावि शिक्षकका लागि खुल्यो विज्ञापन
फाइल फोटो काठमाडौं । सरकारले निम्न माध्यमिक तहका लागि शिक्षकको विज्ञापन खुलाएको छ । शिक्षक सेवा आयोगले बुधबार निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो जसमा २ हजार ५९८ शिक्षकका लागि आवेदन खुला गरिएको छ । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । यस्तै, मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ ।